Skip to content

नबोलाऊ कसैलाई यहाँ राति राति

  • by
BhimBirag


नबोलाऊ कसैलाई यहाँ राति राति
होशमा हुँदैनन् कोही राति राति

गन्दैन एक्लो जूनलाई कसैले
तारा गन्ने चलन यहाँ राति राति

हुँदैन जसको बिपना नै आफ्नो
आउँदैन सपना पनि राति राति

उज्यालोमा बदनाम आँखाहरू हुन्छ
नहुने के रैछ यहाँ राति राति

दिनभरि खाएँ तिमीसँग कसम
लड्खडाउँदै आएँ सधैँ राति राति

शब्द, संगीत – भीम बिराग
स्वर – रामकृष्ण ढकाल
एल्बम – शैली

Leave a Reply

Your email address will not be published. Required fields are marked *