निराशाको बादलले छेकेपछि जून पनि
मुल्यविहीन हुन्छ याहा, एक नम्बरी सुन पनि
मुटु बाट झिक्नु परे तिम्रो चोखो मायालाई
अशृदूध नै हुन्छ होला, चल्ने सबै खुन पनि
था’ छ तिम्लाई मेरो साथ सुख दिन सक्दिन म
न त सक्छु हाँस्न यहाँ, सक्दिन म रुन पनि
प्रकाशोन्मुख गजल संग्रह बादल माथिका संसार
