Skip to content


मजदुरहरू सीमानामा फसेको देखेनौ र
आँखाबाट बलिन्द्र धारा खसेको देखेनौ र?

काम धन्दा गुम्यो सबै छाक टार्ने केले
भोकभोकै पटुका कसेको देखेनौ र?

आकालमा गुम्छ जीवन बर्सेनि हजारौंको
पहाड फोर्दा भीरबाट खसेको देखेनौ र?

गतिलो छैन बास हुरी बतास छ्ल्नै गार्हो
त्रिपाल टाँगी बाटो किनार बसेको देखेनौ र?

बेरोजगार छन् लाखौजना छैन आशा सरकारको
काम खोज्दै खाडीतिर पसेको देखेनौ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *