Skip to content

सफलताको ताज


सफलताको ताज शिरमा हरेकको हुन्छ
बिराएमा बाटो,जीवन भिरमा हरेकको हुन्छ

आँखै पिच्छे फरक हुन्छ दृश्य,
टिलपिल अँश्रु, पिरमा हरेकको हुन्छ

योजना र कार्यान्वयन नमिलेसी हरे!
क्यै लाग्दैन, खुट्टा भिरमा हरेकको हुन्छ

को चाहन्छ र खान तितो, टर्रो,
लोभी आँखा खिरमा हरेकको हुन्छ

वारि र पारिको रोजाइ फरक,
निर्णय खोलिको तिरमा हरेकको हुन्छ

छिटो र छरितोभन्दा पनि उपायहरु,
कर्तव्यनिष्ठ भएपछि, मन थिरमा हरेकको हुन्छ

सफलताको ताज शिरमा हरेकको हुन्छ
बिराएमा बाटो,जीवन भिरमा हरेकको हुन्छ

-Sky©

Leave a Reply

Your email address will not be published. Required fields are marked *