अचेल तिम्रो यादले दिग्दार बनाएको छ
यहाँ कसैले मायालाई व्यापार बनाएको छ
मान्छेले जे कुराको जति नै घमण्ड गरोस्
आज जीवाणुले विश्व हाहाकार बनाएको छ
मर्दा केही लानु छैन भन्ने बुझेर पनि
पीडालाई कमाउने आधार बनाएको छ
नून महङ्गिन्दाको पीडा उसले के बुझोस्
महङ्गो सुन किनेर जसले हार बनाएको छ
तबसम्म यस्ता महामारी आइरहने छन्
हेर्नुस् मान्छेले हिंसात्मक विचार बनाएको छ
गोपाल खनाल
नुवाकोट, तारकेश्वर गाउँपालिका–१, दाङसिङ
२०७६–१२–३०
