Skip to content


म जान्छु भन्छु तिमी अघि सरेर आउँछौ किन
म जान्छु भन्छु तिमी अघि परेर आउँछौ किन

कर्म गर्नु छ सधैं जनसेवा गर्नु छ हर्दम
म जान्छु भन्छु तिमी अघि गरेर आउँछौ किन

रोएकाको आँशु पुछेर भोकाको छाक टार्नु छ
म जान्छु भन्छु तिमी अघि टारेर आउँछौ किन

सेवामा नै खुसी देखेर सेवा समर्पण अर्पण
म जान्छु भन्छु तिमी अघि अर्पेर आउँछौ किन

Leave a Reply

Your email address will not be published. Required fields are marked *