बोलेर थाक्न पाइन्न अज्ञान जति मेट्नुछ
ज्ञानको सार पल्टाई सबको मन हर्नुछ ।।
सुतेका कोपिला फक्रे नामको जग बस्दछ
तिनै बिग्री सडेमा नै सराप आँसु लाग्दछ ।।१।।
उकालीतिरको होस् वा ओरालीको मुहार होस्
मानवता उचाल्नेको एकैनासे पुकार होस् ।।
सबैलाई एकै ठाउँ समेट्ने परिवार होस्
सत्रुभाव दबेकै होस् मन खाने व्यवहार होस् ।।२।।
होसको ओखती खाई पाइला अघि चालेमा
आनन्द दिएर जित्छ पेशाको यश राखेमा ।।
एकले सबलाई नै दायाँबायाँ लगाउँछ
उसको सामुमा पर्दा बेहोस् सबै भगाउँछ ।।३।।
–श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।
मो.नं. ९८४२८२९२०६

मन छुने
मन छुने मार्मिक कविता