पहाडको फेदीमा छ मेरो सानो गाउँ
प्यारो लाग्छ मलाई आफ्नै जन्मिएको ठाउँ ।
सानोसानो गाउँ रमाइलो छ ठाउँ
अहिले नि रमाइलो लाग्छ कठजोर गाउँ ।
चरैतिर हरियाली यस्तो राम्रो गाउँ
मेरो प्यारो जन्मभूमि कठजोर गाउँ ।
रातो माटो कमेरोले पोतिएको घर
कठजोरको चिसो हावा पीपल र वर ।
घामजस्तै डाँडापारि हिमालचुली खुल्छ
धनको बाला लरीबरी खेतैभरि झुल्छ ।
स्कुल पनि गाउँमै छ, पढ्न सबले पाउने
रानीवनको बीचतिर कोइली गीत गाउने ।
स्कुलभन्दा अलिमाथि रानीवनको घारी
डाँडापाखा हरियाली गाउँको वारिपारि ।
धरै जाति बसोबास गर्छन् सराबरी
चारजात छत्तीस वर्ण, साझा फूलबारी ।
रमाइलो लाग्छ मलाई मातृभूमि ठाउँ
बिर्सनै सक्दिनँ है ! मेरो कठजोर गाउँ ।
केशरी श्रेष्ठ
कक्षा : ११, मन्थली उमावि ।
