पद्य कविता
साझा चाहना
बाहिर बतासले रुख फेंद देखि नै हल्लाइरहेका बेला
चराहरु चिरबिर गर्दै एक हाँगा देखि अर्को हाँगा चलिरहेका बेला
म आफ्नो पल्टिएको शरीर उठाएर झ्याल छेउ उभिन्छु
अनि दुवै हात फैलाएर हावाको स्पर्श प्रत्येक अङ्गमा पुर्याउन चाहन्छु
आँखा चिम्म गरेर त्यस ठाउँ बाट हराउन चाहन्छु
अनि अझै धेरै रुखहरु माझ, अझै अरु चराहरु छेउ
आफुलाई राखेर सबै चिजबाट मुक्त भएर मुस्कुराउन चाहन्छु
एकछिनमा आँखा खोल्छु र आफुलाई भर्खरै सोचेजस्तै ठाउँमा पाउछु
वरिपरीका दृश्य नियाल्न खोज्छु, रुखहरुको हरियोपन अनि
चराहरुको पखेटाको गतिमा समेटिएको सुन्दरता कस्तो होला
तर मेरो आश्चर्य, त्यहाँ अरु मानिसहरु पनि कुम फैलाएर
म कसरी भुल्न सक्छु र आमा?
मलाई काखीभरि अटाएर,
आफ्नै छातीमा अठ्याएर,
शैलुङ्गको बतासबाट बचाई,
हिमालको चिसोबाट जोगाई,
तराईको गर्मीबाट टढाई,
सुन्तला, जुनार र काफल खुवाई,
ऐँसेलु, घँघेरु र गुराँस खुवाई,
आफ्नो औँलामा नौनी दलेर चुसाई,
तातेताते गर्दै हिँडन सिकाएको,
आफ्नै माटोमा हुर्काएको,
मेरो प्यारो रामेछापलाई,
मेरो प्यारो जन्मभूमीलाई,
म कसरी भुल्न सक्छु र आमा?
पहाड झै स्थिर हुन सिकाउने,
बतासले झैँ कूरितिको सिमा तोड्न सिकाउने,
नदिले झैँ निरन्तर सँघर्ष गर्न सिकाउने,
र,
समाज बिरुद्द,
मेरा हातहरुले हतियार समाँउदा,
कलम थमाई,
शिक्षा क्रान्तिको पाठ सिकाउने,
बिचार क्रान्तिको पाठ सिकाउने,
सिंहवाहिनी -२६- छब्बीसौं अध्याय (सुरथ राजा र वैश्यलाई देवीको वरदान)
मेधा ऋषि भन्न थाल्छन् सुरथ बैश्यलाई
सारा देवी हामात्म्य यो दुबैमा सुनाइ
त्रिलोक धारणकर्र्ती निकै प्रभावशाली
यो संसार पालेकी छन् मोहित बनाइ
यिनै गर्छिन् ज्ञान सृष्टि यिनै पार्छिन् मोहीत
प्रभातको रवि किरणमा यिनै छर्छिन् रोहित
विष्णुकी हुन् मायास्वरूपा यिनै महामाया
त्रिलोकलाई मोहित पार्दै गर्छिन् सब–स्वहीत

चण्ड मुण्ड मरेको जब खवर गयो
अपार-संसार-समुद्रमाहाँ
‘आयो—आयो’ वचन सुनियो काल जस्तै करायो
भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो