Skip to content

तालु खुइल्यो बुढेसकालले….


तालु खुइल्यो बुढेसकालले
दारी जुँगा फेदमै काटी,
कति बस्छौ अन लाइनमा
दुनियाको दिमाग चाटी !

कता मात्रै भ्याउँछौ दाज्यू
चारैतिर सानी भन्छ्यौ,
आधा दर्जन बच्चा हुँदै
कुमारै हुँ लानी भन्छ्यौ !!

माया गरे जस्तो गर्छौ
अर्ती बुद्धि दिने गर्छौ,
निक्कै ठुलो काम गरे झैँ
अरुलाई नि सुनाई हिड्ने गर्छौ !

मान्छे हेर्दा भलाद्मी छौ
कुरा पनि त्यस्तै गर्छौ
घरको बुढी भुलेर
बोका जस्तै किन चर्छौ ?

हँसाई हिंड्छौ दुनियाँलाई
कुरा काट्छौ त्यहीं केटीको,
रतिभर नि चिन्ता छैन
आफ्नो घरको त्यो जेठीको !!

मान्नुपर्छ तिमीलाई दाजु
नयाँ नयाँ फसाउँछौ
आफ्नो बसमा पारेर
रुवौनी र हाँसौ छौ !!

राजेश रुम्बा लामा “अतृप्त”

2 thoughts on “तालु खुइल्यो बुढेसकालले….”

  1. ठिस बुढा

    तालु खुइल्यो बुढेसकालले… मार्मिक छ!
    तालु खुईले चिन्या चिन्या जस्तो लाग्यो।

    फेरि त्यस्तै सँग के देखेर लड्कि फस्छिन कुन्नि? ट्युसन लिन पर्ला… मिल्ला?

    🙂

    1. tnx
      hahaha A baa….lu hun6 ni ta aaunus mo kura chalai din6u..huna sak6 tyo taalu khuele chinnu hun6….hajurle..
      -“atript”

Leave a Reply

Your email address will not be published. Required fields are marked *