Skip to content

भट्टीतेल आफ्नै लिभरफ्राईमा


चुरोट, बियर यो
जन संख्या कन्ट्रोलर हो
देशको आयश्रोत हो…

र, सायद – त्यसैले…
आज, कविता फुर्दैछ भट्टीतेलमा –
अलिकति नुन चाट्दै,
आफ्नै लिभरफ्राईमा…

अनि, जहाँ डङरङ लड्यो,
त्यहीँ नै ओछ्यान…
यस्तै छ पुरानो नेपालीको –
नयाँ नेपाल

अनि,
बीर अस्पतालको नाम –
किन “बीर” था छ ?
सहिद बन्न जाने “बीर”हरूको नाममा…

त्यसैले,
आज, कविता फुर्दै छ भट्टीतेलमा
अलिकति नुन चाट्दै
आफ्नै लिभरफ्राईमा…

1 thought on “भट्टीतेल आफ्नै लिभरफ्राईमा”

  1. भट्टीतेल आफ्नै लिभरफ्राईमा
    शब्दचयन र सन्देश साह्रै मिलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *