Skip to content

मेरी प्यारी PRINTER तिमी कहाँ गयौ ?


मेरी प्यारी PRINTER तिमी कहाँ गयौ ?
म फ्याट्ट ENTER PRESS गर्छु
तिमी मेरा मनका भावनाहरू सरर पोख्छौ ।

तिमी कहाँ गयौ ?
तिमी रिसाउँछौ अनि PRINT दिन्नौ
म आएर तिमीलाई प्याट्ट हिर्काउँछु,
अनि बल्ल मान्छ्यौ ।

तिमी कहाँ गयौ ?
कहिले काही तिमी मेरो PAPER खाइदिन्छ्यौ
म रिसाउँछु अनि तिम्रा सब बस्त्र खोलिदिन्छु
अनि बल्ल ठाउँमा आउँछ्यौ ।

तिमी कहाँ गयौ ?
कहिले तिमी बिरामी हुदा धमिलो PRINT दिन्छौ
म तिम्रो आँखामा गाजलको पोको भरिदिन्छु
अनि ठिक हुन्छ्यौ ।

तिमी कहाँ गयौ ?
चाँडै आऊ मेरी प्यारी PRINTER चाँडै आऊ
मेरो धेरै काम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *