आजका नेपाली विद्यालयमा मूल्यशिक्षा र ध्यानको महत्व
हरेक शिक्षकले आफ्ना विद्यार्थीहरू असल बनून भन्ने चाहन्छन् अनि हरेक अभिभावकले पनि आफ्ना सन्तानहरू राम्रा बनून भन्ने चाहना राख्नु स्वभाविकै हो तर आज ती कोमल मस्तिष्कका बालबालिकाहरूलाई हामीले कस्तो शिक्षा दिइरहेका छौं, त्यो पक्ष विचारणीय छ । एउटा बिरुवा रोपेपछि त्यसलाई सप्रनका लागि नियमित रूपमा मलजल गर्नु पर्ने हुन्छ तर त्यो मलजल हामीले बिरुवाको जरामा गर्नुको साटो बिरुवाको पातमा हालेर हुँदैन । बिरुवाको जरामा मलजल गर्नु र पातमा गर्नु धेरै फरक पर्छ ।

वि.सं. २०६४ को आशपासमा मैले धरती स्पर्श गर्दा देश संवैधानिक राजतन्त्र त्यागेर गणतन्त्रात्मक मुलुकमा परिणत भएको प्रशव व्यथा आलै रहेछ । दुई शताब्दीभन्दा बढी राजतन्त्रको कथाव्यथा खेप्ताखेप्ता आजित जनता पुनः आफ्नै नेतानेतृको वैयक्तिकस्वार्थको दुष्चक्रमा पस्न पुगेछन् । राजतन्त्रसँगको अधिकारवादी लडाइँले निकास पाइसकेको परिप्रेक्ष्यमा पनि राज्यसञ्चालनमा जनताले अपनत्वको भावना अनुभूत गर्न सकेका रहेनछन् ।
श्रीशिक्षकज्यू ! आज अचाक्ली मन दुखेको छ । सारा सपनाहरू तुहेर जालान् भनी डरले मुटु काप्न थालेको छ । अबको सहरा केवल तपाईं नै हुनुहुन्छ भनी लेख्न बसेको छु । यो विश्वास र भरोसा मैले कसैबाट सिकेको हैन, अभिभावककै हैसियतले अनुभूत गरेको हुँ । आशा छ, मैले तपाईंमाथि राखेका अपेक्षा पूरा गर्न कुनै कसर बाँकिरहने छैन ।
सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्र्तिक १५ गते शुक्रबार गोलबजार–२, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिब डेढ शताव्दिपूर्व दिक्तेलको दिङलुङबाट लालपुर–३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमिका कारण उनका हजुरबुबा र बुबाहरूले गरिबीमै जन्मेर गरिबीमै बिदा भए । उनले भने मामाहरू लक्ष्मण राई र भरत राईको मद्दत र संरक्षणमा राम्रो संस्कार र शैक्षिक वातावरण पाए । फलस्वरूप गरिबीलाई घटाउँदै र हटाउँदै गए ।
हामी २१औँ सताब्दीको प्रविधि हस्तक्षेप र विश्वव्यापीकरणको प्रभावस्वरुप परिवर्तन वा यथास्थितिको तनावमा छौँ । दुनियाँ क्षणभरमै ठूलो परिवर्तन र छलाङ मार्दै अघि बढेको छ । यस्ता परिवर्तनहरू प्रविधियुक्त गुणस्तरीय शिक्षामार्फत् सम्भव भएका दृष्टान्त विकसित देशहरुबाट हेर्न र ग्रहण गर्न सकिन्छ । लोकतन्त्रलाई अहिलेको विश्वले लगभग विकल्पहीन शासन व्यवस्था मानेर राज्यव्यवस्थाहरू चलेका छन् । विधिको शासन (rule of law) र योग्यताक्रम (merit) लोकतन्त्रका आधारभूत सिद्धान्त हुन् । तर पछिल्लो १ दशक नेपालमा आरक्षण र समावेशीतालाई सस्तो राजनीतिक लोकप्रियताको लागि लोकतन्त्रकै नाममा प्रयोग गरिएको छ ।
म सानो छँदा हाम्रो बाले दूध खानलाई एउटा गाई किनेर ल्याउनु भएको थियो । त्यस गाईलाई दुहुनु अगाडि मीठामीठो घाँस दिएर अघाउँजी पार्नुपर्थ्यो । अगाडि नै घाँस र खोले नदिएमा दूध दुहुन दिँदैनथ्यो । बिहान व्यूँझिने बित्तिकै गोठ पुग्नुहुन्थ्यो र गाईलाई घाँस हालिदिनु हुन्थ्यो । दुहुने बेलासम्म गाईलाई अघाउँजी पारेन भने बाँच्छालाई नै दूध दिँदैनथ्यो । कहिलेकाहीँ गाईले दूध दुहुन दिई नै हाल्यो भने पनि थुनबाट एकथोपो दूध आँउदैनथ्यो । अनि बा रीसले बम्किनु हुन्थ्यो –“साँडीले दूध लुकाइ हाल्यो नि ।” दाजुको दुहुने पालीमा त दूध लुकाउँदाखेरि ढुङ्गैढुङ्ग्राले कुटेर गाईलाई गाली बक्नुहुन्थ्यो –“अलच्छिनी पड्के । त्यत्रो पैसाओइर्याएर ल्याएको दूध लुकाएर मर्छ ।”
श्रीमान् शिक्षाविद्ज्यू,
पढेलेखेका मानिस जुत्ता सिउन मन गर्दैनन् किन ? मोटर वा छाता बनाउन चाहँदैनन् किन ? विद्वान् मानिस बिग्रिएका ग्याँस, प्रेसरकुकुर बनाउन चटपटी, खरभुजा र काँक्रो बेच्न, साइकल साथै मोटर साइकलका ग्यारेजहरू संचालन गर्न चाहदैनन् किन ? उत्तर स्पष्ट छ । पढेपछि सानोतिनो काम गर्नु हुँदैन भन्ने गरिब नेपाली संस्कार जो हामीमा झुन्डिएको छ । झुर मानसिकता र प्रमाणपत्रहरू काखी च्यापेर हामी पढेका भनिएका मानिसहरू बाँचिरहेका छौं । यो खराब मानसिकता हो । तर कुरो यसो होइन ।
शिक्षा शब्द सुन्दा नै गहन छ । वास्तवमा विद्यालय, महाविद्यालय तथा घरमै बसेर पनि अध्ययनको व्यवस्था मिलाउने तथा ज्ञान लिने अर्थले बुझ्न सकिन्छ । किनकि शिक्षा हाँसिल गर्न विद्यालय महाविद्यालय गएर नै हुन्छ भन्ने छैन । घरमै बसेर स्वअध्ययन गरेर पनि शिक्षा हाँसिल गर्न सकिन्छ । घरमा बसेर स्वअध्ययन गर्दा र विद्यालयमा गएर शिक्षा हाँसिल गर्दा प्रमाणिकमा फरक भने अवश्य पर्दछ । विद्यालयमा अध्ययन गर्दा शैक्षिक प्रमाणपत्र प्राप्त गर्न सकिन्छ भने स्वअध्ययन जे जति ज्ञान हाँसिल गरे पनि प्रमाणपत्र प्राप्त गर्न सकिदैन । ज्ञानी बन्नको लागि स्वअध्ययनले पनि मानिसलाई उच्चाइमा पुर्याउँछ ।
वि. सं. २००९ सालमा स्थापित भएर एक समय सप्तरी जिल्लाकै प्रख्यात विद्यालयको लहरमा गनिएको तर हाल केही दशकदेखि स्तरकायम गरिरहँन नसकेको श्रीमहावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीमा शिक्षणरत् हुने अवसर प्राप्त हुँदा भिन्नाभिन्नै किसिमका अनुभवहरू सँगाल्दै आएको छु । त्यसमध्ये कक्षा–७मा अध्ययनरत् करिष्मा यादव नाम गरेकी एक छात्रामा भेटिएको अनौठो क्षमता र पठनपाठनमा देखिएको कमजोरीले आफू स्वयम्ले एउटा गतिलो पाठ सिक्न पाएको कुरा यस लेखमा समेट्ने प्रयास गरेको छु ।
नेपाल वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा जगत्को सुधारका लागि हालै एउटा प्रतिबद्धता–पत्र जाहेर गरेका छन् जसमा भनिएको छ– ‘नेपालमा सदियौंदेखि सामन्ति शोषण, दमन, अन्याय, अत्याचार, उत्पीडन तथा सामाजिक विभेदमा परेका नेपाली जनताको निरन्तर संघर्ष तथा बलिदानबाट स्थापित संविधानसभामार्फत् नेपालको संविधान घोषणा भए सँगसँगै राजनैतिक रुपमा ऐतिहासिक परिवर्तन भएको छ । यस परिवर्तनलाई संस्थागत गर्न तथा नेपाली समाजलाई नयाँ नेपालको आलोकमा रुपान्तरण गर्न शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन गर्न आवश्यक रहेको छ । त्यसैले नयाँ संविधान घोषणा भए पछिको पहिलो शिक्षामन्त्रीका हैसियतले न्यायपूर्ण, समानता तथा समतामुलक शिक्षा प्रणालीको स्थापना गरी गुणस्तरीय, प्रतिस्पर्धात्मक, जनमुखी, रोजगार मुलक बहुप्राविधिक, व्यवसायिक शिक्षालाई लागू गर्ने ध्येय उद्देश्यका साथ कार्यक्रमहरू तर्जुमा गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक भएकाले यो प्रतिबद्धता पत्र जारी गरिएको छ ।’