समृद्धि सपना

जब समृद्धिको कुरा नारामा सीमित हुन्छ
जब न्याय र अधिकारका कुरा
संविधानका धारामा सीमित हुन्छ
तब बन्न सक्दैनन् रहरका सपनाहरू
विपना कहिल्यै ।।

जब समृद्धिको कुरा नारामा सीमित हुन्छ
जब न्याय र अधिकारका कुरा
संविधानका धारामा सीमित हुन्छ
तब बन्न सक्दैनन् रहरका सपनाहरू
विपना कहिल्यै ।।

१) हमरो निंद कहाँ ?
जागल रहलौ अँहा तँ हमरो निंद कहाँ ?
व्यक्त कलैछी अँहा हमरा शब्द कहाँ?
बिन डोरेके कसल इ मजगुत गिरह
बिनु अँहाके धडकने हमरो साँस कहाँ?

कुकुरको अन्तिम संस्कारको विषयमा कुनै कथा लेखिनु उचित हुन्छ ? कथा लेख्न सकिने थुप्रै विषय छन् । हजारौँ, लाखौँ, करोडौँ वा त्योभन्दा बढी वा मानिसको संख्या जति नै । लेखक किन कुकुरको विषयमा लेखिरहेछ ।
Read More »अन्तिम संस्कार
राधा आँखामा राखे पनि बिझाउन्नथी । पीडाको दहमा हर्दम पौडी खेल्नु परे पनि अत्तालिन्नथी । ऊ आफ्ना दुई बहिनीकी दु:ख नासिनी दिदी थिई । छोरीछोरी मात्र जन्माई भनेर हजुरआमाले आमासँग गरेको गनगनले भने उसको मुटुमा बज्र हानिरहन्थ्यो । अँझ बाबुको कुटपिट र लछारपछार असह्य हुन्थ्यो उसलाई ।
Read More »पोइलको भ्रम(क) सप्तरीमा पनि आफ्नो साहित्यिक–सांस्कृतिक परम्परा थियो । त्यस परम्परालाई स्थानीय स्कुल तथा कलेजका शिक्षक–प्राध्यापक तथा विद्यार्थीहरूले अघि बढाउँदै आएका थिए । पञ्चायती शासन आरम्भ भएपछि त्यसमा गतिशीलता आएको र त्यहाँ खासखास अवसरमा साहित्यिक–सांस्कृतिक कार्यक्रम हुँदै आएको कुरा मैले त्यहाँ गएर बस्न थालेपछि थाहा पाएको थिएँ ।
Read More »राजविराज बसाइका थरीथरीका अनुभव
बौवा चोरी कैरक, केलकै पास
आइ रोडप छिलैय घाँस ।
माइ बाबुक, छल कतेक आस
तोइर देलक, सब विश्वास ।

जीवनका प्रत्येक क्षणहरुसँग मैले तिमीलाई संघर्ष गर भनेकै हुँ । मैले व्यतीत गर्ने समय सीमा र तिमीले पाएको अवसरलाई एउटै पाटोबाट नहेर्दा तिमी र ममा फरक देख्नु कुनै अनौठो विषय लागेको थिएन मलाई । मैले मन पराएर व्यतीत गरेका अवसरहरुले तिमीलाई पनि कुनै क्षणले पछ्याएका थिए होलान ।
Read More »शहर
१)
जसरी खाली र फोहोर जमिनमा झार उम्रिन्छ
उसै गरी दुषित दिमाखमा खराब विचार उम्रिन्छ
पैला चट्टानमा खियाऊ आफूलाई काममा लगाऊ
तिमी फलाम हौ, र तिमीमा आफै धार उम्रिन्छ

भाग् कुहिरो भाग्
भाग् कुहिरो भाग्
हेर्दा आकार छैन
छेक्छ देखिँदैन
आफ्नो बाटो लाग्
भाग् कुहिरो भाग्

विहानी जवान हुँदासम्म पनि मन खुम्च्याएर घाम झुल्किएको थियो । अघि बिहानी पख मलिन स्वर पारेर कुखुराका भालेहरू बासिरहेका थिए । पहिलाजस्तो लामो श्वास फेरेर र ठुलो आवाज पारेर बास्न नसकेको प्रतित हुन्थ्यो । पोथीहरू खोरमै अत्तालिएका थिए । आफ्नो स्वभाविक स्वभावभन्दा दबेको र निरीह चालमा थिए ।
Read More »इन्द्र शयन
कति मान्छेहरू भेटिए, छुटिए मान्छेकै बजार छ
कैयो हराएको छ यहा, कोही सम्झनामा हजार छ

जीवनका कुनै मोडहरुमा कुलिन भट्ट दम्पतीले आफ्ना छोराछोरीलाई सुखी राख्न कुनै कसर बाँकी राख्दैनथे । गाउँमा शान शौकत र इज्जतको बास बसेको त्यो ऐस्वर्य घरमा एकदिन एउटा काल पस्छ र भट्टीनीलाई चुँडाएर लैजान्छ । सह र ममताकी खानी भट्टीनीको महाप्रस्थानपछि जीवनका सरल मोडहरुले नागबेली मार्गमा बिचरण गर्न थाल्छन् ।
Read More »जीवनका मोडहरू
हाम्रो गाउँ सहरदेखि
दिन प्रतिदिन
चेलीबेटीहरू हराउन थालेका छन्,
नराम्रीहरूलाई नलगेर
राम्री राम्रीलाई
छानी छानी लगेका छन्,Read More »चेलीबेटी हराउँदा

हो जिन्दगी अद्भुत एक सृष्टि
चल्ने कुनै आकृति तुल्य दृष्टि
आरोह हुन् या अवरोह धेर
बन्यो यही जीवन गाँसिएर

आजभोलि के भो मलाई गुडुगुडूँ लाग्छ
पुतलीको पंख चोरी भुरभुर उडूँ लाग्छ
उसले हेरेदेखि मायाले बेरेदेखि
हाम्रो सम्बन्धमा दुनियाँले केरेदेखि
पिरतीको आगोमा त्यसैत्यसै सल्कूँ लाग्छ
चन्द्रमाको ज्योति चोरी टलटल टल्कूँ लाग्छ

पिरतीमा औकात खोज्ने सुनकी माया रैछौ तिमी
बादलुमा हराई हाल्ने जुनकी छाँया रैछौ तिमी
हेरिरहँदा शीतल दिन्छौ छुन खोज्दा टाढा भाग्ने
पराई हौ कि आफ्नै तिमी रिसाएनी माया लाग्ने
राजधानीमा एक समारोहबीच सुरेन्द्र महर्जन”अमर” को २८ औं कृति छायाँ गीतिएल्बम सार्वजनिक भएको छ ।


न्यानु वात्सल्यले जन्म भो देहको
धर्म संस्कारको ज्ञानले सिन्चियो
देवता जीवकी स्नेह गंगासरी
मातृमायाँ मिठो संझना मन्जरी ।।१।।