Skip to content

editor

बाल बाल बाँचेको म

  • by
LokmaniGiriSarthak

सिरानी भित्तामा अडेस लगाई अर्धचेत अवस्थामा म पल्टिरहेको छु । तर मेरो शरीरमा आधुनिक विज्ञानका अस्त्र र यन्त्र प्रयोग भैरहेको तथा दाँया हातमा सलाइन चढिरहेको बारेमा सचेत छु । Read More »बाल बाल बाँचेको म

GovindaOjha

यति मिठो मुस्कान

यति मिठो मुस्कान दियौ तिमीले मलाई
विगतका पलहरु सबै सम्झायौ मलाई

यो मेरो जिन्दगीको रक्षक थियौ तिमी
जिन्दगी क्षणक्षणको सहयात्री भयौ तिमी

केही दिन अझै पर्खौँ

टाढा थियौँ पहिले हामी नजिक हुँदै आयौँ
धेरैपछि स्कुलमा भेट्ने मौका पायौंँ

रोगव्याधि आउँदा रै´छन् कस्ता-कस्ता खाले
हामीलाई नि अत्यायो लौ पापी कोरोनाले
कान दुखिन्जेल मास्क लगाई हिँड्ने गर्थेँ मैले
हात मिलाउन डराउँथेँ साथीसँग पैले

20210131_ChandraMadenAnchhan-Lekh

रुदिना र शिव प्रधान

हङकङमा नियमित हुने साझा साहित्यको ९९ औं शृंखलामा साहित्यकार दाजु गुरुङ मार्फत साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास “रुदिना” हामी उपस्थितहरुलाई निशुल्क वितरण गर्नुभयो । जस्मा दुई-तीन जना साथीहरुको हस्तलिखित नामै सम्बोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएको रहेछ, तर वहाँहरू व्यस्तताले नै होला यो धारावाहिक कार्यक्रममा कहिल्यै उपस्थित हुनुभएन ।

तीन मुक्तक (नेपाली जनताको नियति)

भोको पेट बन्द छ मुख आय गुमाएसी
पत्ता लाग्छ कोरोनाको काय गुमाएसी
सर्कार काँछ यता जन्ता रोगभोक, शोकले
कोठा भित्रै मर्न बाध्य उपाय गुमाएसी

नेपाल मेरो घर

आकाशभन्दा माथि पर्छ क्षितिजभन्दा पर
स्वर्गभन्दा पनि सुन्दर नेपाल मेरो घर
घामको झुल्के पहिलो किरण सुनको मेरो बिहान
दिउँसोभरि चाँदी फल्छ शीरको मेरो हिमाल

हाम्रा चेलीहरूले भ्याएकै हुन्

हाम्रा चेलीहरू अरु हेरि
निकै फर्वाड छन्,
पढे लेखेका छन्,
कामधन्दा सबै जानेका छन्,
बिहे बटुलमा पुगेका छन्,
मरौपरौमा पनि सघाएका छन्,
सिँगारपटार जानेका छन्,
घर सजाएर राखेका छन्,

घरायसी कामकाज

  • by
NandaLalAcharya-09


गाउँघरमा लुम्रे नामले चिनिएको ऊ कमलो मनको छ । भरदिन सहरमा पसिना बेच्छ । दिन सिद्धिनासाथ घर फर्कन्छ । पत्नीले दिएको रुखोसुखो खान्छ । विस्तरामा पल्टन्छ ।

Read More »घरायसी कामकाज

नयाँ साल

वसन्त आऔ हिमाल पहाड तराईमे
फरफर पत्ता हालथै हाबासे रूखामे
इते उते लोग बैएर सब खुशीसे नाचथै
सबै मिलके खुशीसे नयाँ साल मनाथै

माघि और मेला मानथै होरी नाच गाइके
दिदी बहिनीया ददाभैया एकठिन आइके
शान्तिको सन्देश फैलामै अब सबै मिलके
अग्गु बडै राना थारू सबै भेदभाव भुलके

भुइँमान्छेका छायाँहरू

प्रचन्ड घामको रापमुनि
बेल्चा र खन्ती बोकेका
सयौं ख्याउटे छायाँहरू
चट्टानी पहरा फोडिरहन्छन्
उबडखाबड डाँडा सम्याइरहन्छन्
ती भोका र मरञ्च्याँसे छायाँहरुको
पसिनाले भिजेको भूमिमाथि

चार मुक्तक (हानाहान भो)

१)
देशमा खुब हाजिरी जवाफ प्रतियोगिता चलेको छ
चेसमा प्युसा अगाडि बढाएर आफू पछि सरेको छ
संघ संस्था र नेता च्याउ उम्रे झै उमृएको छ देशमा
तपाई हैन मपाई पुरस्कृत आफैमा हात जोडेको छ ।

प्रेमवाद अविश्वास र अस्तित्व

सुन्दर युवती राधाको चाह थियो
कि जीवनमा एउटा इमान्दार
केटासँग प्रेमविवाह गरेर।
परिवार बसाउने ।

असङ्गख्य पुरुषहरू आए
नारीवादी कुराहरू सुनाए
अनि उनलाई फकाए फुल्याए
र बिस्तारै उनलाई आफ्नो
मायाजालमा फँसाए ।

सुन्दर नगरी पोखरा

  • by
GopalKhanal


सुन्दरको अर्थ राम्रो, आकर्षक, मनोरम, बेस वा उत्तम हुन्छ । नगरीले सानो सहरलाई सङ्केत गर्छ । सुन्दर, शान्त विशाल नेपालका थुप्रै सुन्दर परिवेशहरू मध्ये पोखरा पनि एक हो ।

Read More »सुन्दर नगरी पोखरा