Skip to content

editor

नयाँ बाटो

नडराऊ है मन
सन्ताप गर्दै पिडोलिनु पर्दैन
किनकि हरेक अन्त्यपछि
फेरि
नयाँ सुरुवात हुन्छ !

ठुलोभन्दा ठुलो दुर्घटनाले पनि
कसैको अस्तित्व कहाँ मेटाएको छ र ?
बरु नियालेर हेर न
दुर्घटनाहरूले मान्छेलाई अरु सचेत बनाउदै
अस्तित्वको खोजी गर्न प्रेरित गरेको छ !

भगवान (लघुकथा)

क्या हो नेताज्यू ! खोला तर्यो लौरो बिर्स्यो भने झैं हामीलाई चटक्कै बिर्सने ?

किन के भो र साहुजी ! किन त्यसरी एक्कासी झोक्किनु भो ?

यसो बन्द सन्दको कार्यक्रम पनि ल्याउनु नि नेताज्यू !

ए … मैले बुझें । हुन्छ तपाईंको यो प्रस्ताब माथि विचार हुने छ ।

कुम्भकर्ण हिमाल

मलाई काट्टीकुट्टी
ऊ जस्तै उभ्याएर
कुम्भकर्ण हिमाल हिडेको धेरै भयो ।

म टन्न अघाएको थिए
र स्थिर थिए
क्रमश बढ्दो थियो मेरो बैभबताको उचाई
क्रमश चुलिदो थियो मेरो अह म ।

सम्मान

ऊ एउटा होनहार कवि थियो । कम पढेलेखेको भएतापनि तापनि उसका कविताहरू वजनदार थिए । सिगरेटको खोल कागजका फ्याकिएका टुक्रा वा एकातर्फ लेखी अर्कोतर्फ खालिरहेका पेजहरू उसका कृति कोर्ने माध्यम बन्थे । कविता छपाउनु उसको शौख र सामर्थ्यभन्दा धेरै टाढा थियो । उसलाई कसैकसैले लक्ष्मीप्रसादको नयाँ अवतारका रुपमा पनि हेर्थे । तर ऊसँग न त काठमाण्डौमा घर र शिक्षामन्त्रीको तुजुक रहने कल्पना नै गर्न सकिन्थ्यो । उसका कविता चोरेर धेरैले पुरस्कार टप्काए, साहित्यकार र मुर्धन्य कविका उपमा लिए अँझ कतिले त उसका कविता संकलन गरेर सो को बिक्रीबाट महलहरू ठड्याए ।

नून चुक दले झैँ बल्झेको घाउ

नून चुक दले झैँ बल्झेको घाउ, आजकल अतिनै चर्याउन थाल्यो
टोलाइरहन्छन् कहिले यी आँखा, एकान्तमै दिल हराउन थाल्यो

उखानै छ अगुल्टोले हानेको कुकुर, बिजुली देखेर चम्किन्छ
माया भन्ने शब्दले नै आज, सुन्दैमा मन डराउन थाल्यो

बसन्त

बसन्तको हराभरा सौन्दर्य कति राम्रो आहा
थामिएन मेरो मन एउटा गीत लेखे मैले जहा

स्वर्ग जस्तै लाग्छ मलाई सधै यस्तो भए हुन्थ्यो ।
बसन्त नै जीवनमा भइदिए शिशिरमा मन किन रुन्थ्यो ।

शैक्षिक भ्रमण एक संक्षिप्त विवेचना

नेपाली बृहत शब्दकोषले शिक्षालाई यसरी परिभाषित गरेको पाइन्छ – पहिलो परिभाषामा‘ विद्यालय, महाविद्यालय आदिमा र घरैैमा पनि नियमित रूपले अध्ययनगर्नेगराउने वा पढाइको चाँजोपाँजो मिलाउने काम ज्ञान दिने वा लिने काम, विद्या’ । दोस्रो परिभाषामा -‘ शिकेर, सुनेर वा अन्य कुनै पनि प्रकारले समाज र प्रकृतिद्वारा ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध । तेस्रो परिभाषा-‘ कुनै कुराको उचित तालिम तथा अर्तिउपदेश । माथिका परिभाषाले शिक्षाका औपचारिक तथा अनौपचारिक दुवै पक्षलाई समेटेको देखिन्छ । औपचारिक शिक्षामा शिक्षण संस्थामा गएर अध्ययन गरेर प्राप्त हुने ज्ञान हो । यस प्रकारको ज्ञान पाठशालामा दिइन्छ/हुन्छ । अनौपचरिक शिक्षामा कस्तो प्रकारको ज्ञान दिने हो त्यही उदेश्य अनुरूप सञ्चालन गरिन्छ र यसको लागि पाठशाला भवन चाँहिदैन ज्ञान प्रदान गरिने स्थल नै पाठशालाको रूपमा लिइन्छ ।

पोखराको परिचय भित्र लुकेको विरक्ती

साह्रै सुन्दर पोखरा छ नगरी, झल्किन्छ धार्मिक् पन
भित्रै—भित्र धसी अचम्म सितले, सेती बगेकी छिन
पैला नै चहकी थियो नि नगरी, अहिले अझै जग्मग
द्यौता कै रुपमा त्यहाँ गुरुथिए, ती आश्रमैका जग ।।१।।

छन् धेरै अति हेर्न लायक गुफा, फेवा छ ताल् पश्चिम
ओडारै रुपका गुफा पनि त्यहाँ, खोज्दै थिए अन्तिम
गुप्तेश्वर् छ गुफा विशाल परतक्, डेभीड् फलै मुन्तिर
चमेरे र महेन्द्र त्यो पनि गुफा, हेर्दै हुने खातिर ।।२।।

ए ! रेकुटे

एफिल टावरतिर हालिएका फालहरू
मनले बर्लिन पर्खाल भत्काउदै
धरहराको टुप्पो चुम्दै
सगरमाथाको घनचक्कर लगायो ।

देशले मलाई सोध्यो
ए ! रेकुटे
तलाई देशको माया लाग्दैन ?

पुँजीवादी प्रेमको व्यंग्यात्मक व्याख्या

नेपालगन्जजस्ता तराई भेगका कथालाई चपक्कै समाएर साहित्यिक रंगरोगन गर्ने नयनराज पाण्डेपछिल्लो समय घामकिरीसँगै उड्दै छन् ।