editor
सुन्नु छैन देशको बदनाम (छन्द कविता)
साथी गर्छु म कामना हर घडी, नेपाल नौलो हुने,
नेतानै यसका महान हुन जो, त्यै प्रभु पाऊ छुने ।
यौटा क्वै वबुरो पराइ घरको, आयो ति जम्मा भई,
चाप्लूसी तिनकै गरेर उपमा, बन्ने त कम्जोर् रही ।।१।।
पैला देश निसासियो वचन त्यो, बोल्नै नपाई धक,
मान्छेको अधिकार् सबै कुपितभै, खोस्थे जहाँ शासक ।
बारम्बार भयो संघर्ष अनि पो, क्रान्तीहरु थालिए,
धोकाभो भनि ती मसाल करमा बोकेर नै बालिए ।।२।।
पैसामा धर्मलाई लिलाम गर्नेहरू
आँखामा पट्टि लगाएर हिड्ने मानिसलाई त केही भन्नु छैन । जसले जन्म त चेतन मानव प्राणीको रुपमा लिए, तर चेष्टा मात्र पशु झैँ गर्दछन । जसरी पशुले बाटोमा हिड्दा कसैको खेत बारीमा लगाएको हरियो घासलाई सासले टिपुला झैँ घाटी लम्काउदै जति डोरी ताने पनि, कत्तिकै पिट्दा पनि आफ्नो मालिकलाई भनाइ सुनाउछ र नोक्सान पुर्याएर छाड्छ । त्यस्तै हिजो आज आफ्नो धर्मलाई अनेकौ नाम दिई जन्म दिने आमा बुवाको मर्यादालाई, संस्कारलाई कुल्चेर आफ्नो एस् आराममा खुनको आँसु रुवाउने सन्तान धेरै देखिन्छन ।
गहना
आरोहै अवरोहमा अटल भै शिक्षा दिएका गुरु
खम्बा देश विदेशका अधिक नै निर्माणका हे गुरु
वृत्ती साथ निवृत्त भै पथ नयाँ खोजी रहेका गुरु
तिम्रो देन अजम्बरी अजरता फैलीरहोस् हे गुरु
चौतारी वरवोट झैं पिपलको खाँचो समीको हुने
गर्मीमा अति शीतलै पथिकले विश्राम त्यस्मै लिने
त्यागी हे नव जोशका प्रखरता अन्धोपना हर्दिने
हैरानी नभनी सधैं समयमा शिक्षा दियो बाल्दिने
भोटको करामत (लघुकथा)
चुनाव आयो । भोट खसे । नेताजीले चुनाव जितेर सभासद भए । संसदबाट उनी एकदुई पटक मन्त्री बने । उनको आर्थिक हैसियत ऊकासियो । देश दोश्रो गरीव राष्ट्रबाट उनकै पालामा संसारको एक नम्वर गरीव देश बन्यो । नेपाल आमाको रगत र पसिना उनले अरुहरूले जस्तै तन्तनी पिए ।
फेरि चुनाव आयो । सबैले उनलाई अब गाउँ र आफ्नो क्षेत्रमा टेक्न नदिने भनी प्रण गरे । नेताहरूप्रति सबैको नकारात्मक भावना थियो । तर उनले यसपटक पनि आफ्नै क्षेत्रबाट चुनाव लड्ने निर्णय लिए ।

१)
१)
मान्छे त परिस्थितिको दास बन्दो रहेछ,
राम्रा फूल प्राय जसो अप्ठ्यरोमा फुल्ने गर्छ
“नेपाल ।”
नेपाली दाजुभाइ हामीले आज विकास गर्नु छ
चुनाबी चर्चा
जुन माटोमा टेके पनि हाम्रो मुटुमा नेपाल छ
रगत हुन्छ रातै दलित कोही छैन