Skip to content

editor

आज छ भोलि छैन (तीन मुक्तक)

१)

आज छ भोलि छैन चर्चा न हो जिन्दगी
आशाको डोरी बाट्ने चर्खा न हो जिन्दगी
कैले हास्छ, कैले बोल्छ, कैले त्यसै रिसाउछ
प्रेम अनि इर्ष्याको बर्षा न हो जिन्दगी ।

सुन्नु छैन देशको बदनाम (छन्द कविता)

साथी गर्छु म कामना हर घडी, नेपाल नौलो हुने,
नेतानै यसका महान हुन जो, त्यै प्रभु पाऊ छुने ।
यौटा क्वै वबुरो पराइ घरको, आयो ति जम्मा भई,
चाप्लूसी तिनकै गरेर उपमा, बन्ने त कम्जोर् रही ।।१।।

पैला देश निसासियो वचन त्यो, बोल्नै नपाई धक,
मान्छेको अधिकार् सबै कुपितभै, खोस्थे जहाँ शासक ।
बारम्बार भयो संघर्ष अनि पो, क्रान्तीहरु थालिए,
धोकाभो भनि ती मसाल करमा बोकेर नै बालिए ।।२।।

परिस्थिति

मान्छे त परिस्थितिको दास बन्दो रहेछ,
परिस्थितिले जे अह्रायो त्यै गर्दो रहेछ,
गति हेर उसको आफ्नै तालले गुड्छ
आफ्नै तालमा हिड्दाहिड्दै ठुलो काम पनि छुट्छ ।

चोर बन्छ, साधु बन्छ, डाँकु पनि बनिहाल्छ,
परिस्थितिले भन्यो भने पापै पनि गर्न थाल्छ ।
प्रेम गर्छ बाध्न नसक्ने हुन्छ,
परिस्थितिले धोकेबाज बन्छ ।

राम्रा फूल प्राय जसो अप्ठ्यरोमा फुल्ने गर्छ

राम्रा फूल प्राय जसो अप्ठ्यरोमा फुल्ने गर्छ
लोभ्याउँदै सारा जगत् कन्दरामा झुल्ने गर्छ

दम्भ हुन्छ एकार्कामा चिनी अनि नूनको पनि
नबिर्स ती दुवै आखिर पानीमा नै घुल्ने गर्छ

दश मुक्तक (कहिलेकाँही यस्तै हुन्छ)

मुक्तक – १

कहिलेकाँही यस्तै हुन्छ, आफूले खनेको खाडलमा आफै परिन्छ
पहिला नै बिचार पुर्याउनु थियो, विवेकको प्रयोग कहाँ गरिन्छ
मानिस मानिस नै हो, पराकर्मी हुनसक्छ, ईश्वरीय शक्ति होइन
कर्मकर्तु, दुर्वल चच्छु, झटपट गर्दा मानव विवेक त्यहाँ हरिन्छ

मिस एलिजा

“नेपाल ।”

नाम सुन्न बित्तिकै उनले भनिन । “ए नेपाल हिमालय, सगरमाथाको देश !”

मैले गर्वले छाती फुलाउदै “हो” भनेँ ।

उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पढ्न कोरिया आएकी ।

“तिमी पनि पढ्न आएका हौ ?” उनको प्रश्न तेर्सियो मतिर ।

पैसामा धर्मलाई लिलाम गर्नेहरू

आँखामा पट्टि लगाएर हिड्ने मानिसलाई त केही भन्नु छैन । जसले जन्म त चेतन मानव प्राणीको रुपमा लिए, तर चेष्टा मात्र पशु झैँ गर्दछन । जसरी पशुले बाटोमा हिड्दा कसैको खेत बारीमा लगाएको हरियो घासलाई सासले टिपुला झैँ घाटी लम्काउदै जति डोरी ताने पनि, कत्तिकै पिट्दा पनि आफ्नो मालिकलाई भनाइ सुनाउछ र नोक्सान पुर्याएर छाड्छ । त्यस्तै हिजो आज आफ्नो धर्मलाई अनेकौ नाम दिई जन्म दिने आमा बुवाको मर्यादालाई, संस्कारलाई कुल्चेर आफ्नो एस् आराममा खुनको आँसु रुवाउने सन्तान धेरै देखिन्छन ।

नेपाली दाजुभाइ हामीले आज

नेपाली दाजुभाइ हामीले आज विकास गर्नु छ
यहीँ नै जन्मी यहीँ बढी यहीँ नै मर्नु छ
देशको लागि केही काम गरी मर्नु छ हामीले
पसिना चुहाई मेहनत गर्नु पर्छ है हामीले

नेपाली…………………………..
यहीँ नै…………………………….

गहना

आरोहै अवरोहमा अटल भै शिक्षा दिएका गुरु
खम्बा देश विदेशका अधिक नै निर्माणका हे गुरु
वृत्ती साथ निवृत्त भै पथ नयाँ खोजी रहेका गुरु
तिम्रो देन अजम्बरी अजरता फैलीरहोस् हे गुरु

चौतारी वरवोट झैं पिपलको खाँचो समीको हुने
गर्मीमा अति शीतलै पथिकले विश्राम त्यस्मै लिने
त्यागी हे नव जोशका प्रखरता अन्धोपना हर्दिने
हैरानी नभनी सधैं समयमा शिक्षा दियो बाल्दिने

जुन माटोमा टेके पनि

जुन माटोमा टेके पनि हाम्रो मुटुमा नेपाल छ
हामीले लगाएको टोपीमा सगरमाथा हिमाल छ

स्वदेश छोडी बिदेशिनु हाम्रो रहर होइन
पराई रंगीचंगी हाम्रो मनको शहर होइन
हाम्रो देश नेपालको आफ्नै भाषा भेष छ
हामीलाई प्यारो लाग्ने संस्कृति परिवेश छ

मलाई माफ गर

मेरो प्रियतम !
तिम्रो पसिनामा
मेरो असीमित रहरहरू
हुर्काउने चाह कत्ति छैन,
तिम्रो बुइ चढेर
सुखको पलहरू बटुल्दै
आफ्नो अस्तित्व बिर्सिएर
जिन्दगीको कुनै भोग विलास गर्ने चाह छैन,

भोटको करामत (लघुकथा)

चुनाव आयो । भोट खसे । नेताजीले चुनाव जितेर सभासद भए । संसदबाट उनी एकदुई पटक मन्त्री बने । उनको आर्थिक हैसियत ऊकासियो । देश दोश्रो गरीव राष्ट्रबाट उनकै पालामा संसारको एक नम्वर गरीव देश बन्यो । नेपाल आमाको रगत र पसिना उनले अरुहरूले जस्तै तन्तनी पिए ।

फेरि चुनाव आयो । सबैले उनलाई अब गाउँ र आफ्नो क्षेत्रमा टेक्न नदिने भनी प्रण गरे । नेताहरूप्रति सबैको नकारात्मक भावना थियो । तर उनले यसपटक पनि आफ्नै क्षेत्रबाट चुनाव लड्ने निर्णय लिए ।

दश मुक्तक (कति लाउनु माया)

मुक्तक-१

कति लाउनु माया पिरती आगाको कौलासँग
असल कर्म गर्छु भन्ने हस्त-बूढी औंलासँग
एकताको खाँचो टार्न जीवन-गीत गाउँभन्दा
को नै बन्ला प्रिय मित्र पोखरीको त्यो मौलासँग