Skip to content

editor

कुनै पल मनले सम्झायो

कुनै पल मनले सम्झायो कुनै पल मनलाई सम्झाएँ
बेदनाको साउने झरी पल पल नयनमा लुकाएँ

आशा जलेर राग भयो भरोषा सधैँलाई तोडियो
नाचाहँदा नाचाहँदै पनि जीवनको गोरेटो मोडियो
यात्राको हरेक मोडमा सम्झौतालाई मित बनाएँ
बेदनाको साउने झरी पल पल नयनमा लुकाएँ

भाइटीका गजल

दाजुभाइलाई भाइटीकामा, सघाइदिन नभुल्नु है
सुख समृद्धिको कामना गर्दै, जगाइदिन नभुल्नु है

नओइलाउने मखमली, सयपत्री फूलको माला
निधारभरि सप्तरङी टीका, लगाइदिन नभुल्नु है

उज्यालो भएको छैन (लघु नाटक)

(विद्यालयको छेवैमा चौतारो छ । चौतारालाई चारैतिरबाट बाटाहरूले जोडेका छन् । चौतारामा बरपीपल भएकाले बटुवाहरू भारी बिसाउछन् । बजार जाने/आउने मान्छेहरू आक्कल झुक्कल चौतारामा बसेर गफ गर्छन् । कहिलेकाही बिद्यालयका बिद्यार्थीहरू पनि टीपीनमा त्यहाँ गएर कुरा गरिरहेका भेटिन्छन् । यस्तैमा गर्मीको एकदिन एउटा अधबैशे मान्छे कतैबाट त्यहाँ आइपुग्छ र उठेर एकोहोरो फत्फताउन थाल्छ ।)

अधबैशे मान्छे – हेरियो … सबै हेरियो, राणा सासन हेरियो, पंचायत हेरियो, बहुदल हेरियो, अब यो के रे … गणतन्त्र पनि हेरिदैछ । खै के पाइयो …? (हास्न थाल्छ एकोहोरो । अनि मन्द मन्द गतिमा भुइँ हेर्दै शितलमा बस्छ ।)

ठाडो घाट जङ्घारमा

ठाडो घाट जङ्घारमा, छोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?
दोबाटोमा यात्रा अन्तै, मोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

पिरतीको चिनो भनी, रोपेका थ्यौं फूल्को बोट, फुल्ने बेला हुँदै थियो
फुल्नै अघि जरै देखि, गोडी जाने निर्मोहीको, याद्ले किन सताउछ ?

घाइतेमाथि नै खुकुरीको धार

घाइतेमाथि नै खुकुरीको धार चल्दो रैछ
अरे यहाँ त लाशको नि व्यापार चल्दो रैछ

जो होचो उस्कै मुखमा घोचो भने जस्तै देखें
गरिबमाथि धनीको अत्याचार चल्दो रैछ

बुक पर फेसबुक वर

उम्रदैकी छोरी किताब पर राख्छे
फेसबुकवाला मोवाइल वर सार्छे ।
त्यसो नगरभन्दा
फेसबुक चलाउन नपाउँदा
आत्महत्या गरेकी छोरी सम्झी भन्छे ।

उदास समयहरुलाई

किन ? प्रतीक्षा !
उदास समयहरूलाई !

पोलिरह्यो चिसो रातले
आशा बोकेर झर्दैनन् ताराहरू
मनमा विझाइरह्यो त्यो साइत
आफनै दृष्यमाथि अविश्वासी आँखाहरू,
झरनाको ढुँगाजस्तै
पखालिएको छ कि ? थिलथिलिएको ?

मेरो माइती र तिहार

सयपत्री, गोदावरी र मखमली मुस्काउदै
आँगनी, बारी, पाखाभरि ढकमक्क फुल्दा
हर्ष बिभोर हुन्छ मन

बर्षौ पछि माइती पुज्ने रहर पुरा हुन्छ भन्दै,
इन्द्रेणीको सातै रंग सोहोरी
दुना-दुनामा निखार्दै छु

20131104_KapilAnjan_News

बाँकेमा लक्ष्मी जयन्तीको अवसरमा कृति विमोचन

१०५ औं लक्ष्मी जयन्तीको अवसर पारेर बाँकेको कोहलपुरमा २ वटा कृति विमोचन गरिएको छ ।

“हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान”ले गजलकार विक्रम शिशिरको ‘शीतका फूल’ गजल संग्रह र बद्री ढकालको ‘दामको पूजा’ हाइकू संग्रह कार्यक्रमका प्रमुख अतिथि, समालोचक तथा पत्रकार टीकाराम उदासी र पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार भानुभक्त भट्टराईले कृतिको विमोचन गरेका थिए ।

तस्वीर उन्को, यी आँखाभरि

तस्वीर उन्को, यी आँखाभरि, पारेर जानु छ
नलागोस् आँखा, मायाको घर, बारेर जानु छ

छोड्दै छु घर, आगन उन्को ढोगेर पाउँमा,
छाडेर मन यो ज्यान पारि तारेर जानु छ

भन भन भाइ हो, देउसी रे

हाम्रो हिन्दु संस्कार र रीतिरिवाजका धनी हामी नेपाली, बिभिन्न धर्म ग्रन्थहरूमा छताछुल्ल गरी पोखिएका हजारौ कथा मध्य यो भाइ टीकाको पनि आफ्नै किसिमको महत्व रहेको छ ।

सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।

कलम बन्द, बोकौं डण्डा

अबदेखि गरौँ हामी अनिश्चतकालीन कलम बन्द
र बोकौँ हातमा गतिला गतिला घंगरुका डण्डा
किनभने,
दिक्दार भयौँ
पटक पटक हामीले दिएको लिखितसुझाव
नेताहरूले नमान्दा ।
तातेको फलामलाई कुट्््न किन ढिला गर्ने ?

चार मुक्तक (मुक्तक थुङ्गाहरू)

भावहरूको नौनी निकाल्ने मदानी हो, मुक्तक
अक्षरहरूको व्यंजन पकाउने ओदानी हो, मुक्तक
मुक्तकको श्रेष्ठताको कति बयान गरूँ म
चौरासी व्यंजनहरूमा स्वादिष्ट चटनी हो, मुक्तक ।

प्रष्ट बोली : स्पष्ट व्यवहार

प्रिय जनसेवक ठान्ने दाइ !

जनताको अदालतमा तँलाई स्वागत छ !

दाइ ! म अहिले असाध्यै रोगाएको छु । त्रासद दिनहरूको परिकल्पनामा डराएर बसेको छु । एक समय मैले तेरो चमत्कार धेरै नजिकबाट नियालेको थिएँ । तेरा सफलताका ती स्वर्णिम दिनहरूको प्रशंसामा मख्ख र मस्त भएको थिएँ । तँ सधैं त्यस्तै रहन सकिनस् । र, विकर्षणभावले अलमलाउँदो भएँ । हेर्, यस माटो बाहिरको तेरो सिद्धान्त त त्यति जान्दिनँ । तर, यस माटोमा हुनुपर्ने तेरो व्यवहारिक सिद्धान्त बारे दुई–चार कुरा भन्न भने पछि पर्दिनँ । तेरोजस्तो पाखा–पखेराको, कुनाकन्दराको विश्वविद्यालयमा मैले एक अक्षर पनि पढिनँ । तैंले खोलेको विश्वविद्यालयको विद्यार्थी हुनु चानचुने कुरो थिएन ।