editor
उज्यालो भएको छैन (लघु नाटक)
(विद्यालयको छेवैमा चौतारो छ । चौतारालाई चारैतिरबाट बाटाहरूले जोडेका छन् । चौतारामा बरपीपल भएकाले बटुवाहरू भारी बिसाउछन् । बजार जाने/आउने मान्छेहरू आक्कल झुक्कल चौतारामा बसेर गफ गर्छन् । कहिलेकाही बिद्यालयका बिद्यार्थीहरू पनि टीपीनमा त्यहाँ गएर कुरा गरिरहेका भेटिन्छन् । यस्तैमा गर्मीको एकदिन एउटा अधबैशे मान्छे कतैबाट त्यहाँ आइपुग्छ र उठेर एकोहोरो फत्फताउन थाल्छ ।)
अधबैशे मान्छे – हेरियो … सबै हेरियो, राणा सासन हेरियो, पंचायत हेरियो, बहुदल हेरियो, अब यो के रे … गणतन्त्र पनि हेरिदैछ । खै के पाइयो …? (हास्न थाल्छ एकोहोरो । अनि मन्द मन्द गतिमा भुइँ हेर्दै शितलमा बस्छ ।)
बाँकेमा लक्ष्मी जयन्तीको अवसरमा कृति विमोचन
१०५ औं लक्ष्मी जयन्तीको अवसर पारेर बाँकेको कोहलपुरमा २ वटा कृति विमोचन गरिएको छ ।
“हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान”ले गजलकार विक्रम शिशिरको ‘शीतका फूल’ गजल संग्रह र बद्री ढकालको ‘दामको पूजा’ हाइकू संग्रह कार्यक्रमका प्रमुख अतिथि, समालोचक तथा पत्रकार टीकाराम उदासी र पूर्णिमा साहित्य प्रतिष्ठानका सल्लाहकार भानुभक्त भट्टराईले कृतिको विमोचन गरेका थिए ।

भन भन भाइ हो, देउसी रे
हाम्रो हिन्दु संस्कार र रीतिरिवाजका धनी हामी नेपाली, बिभिन्न धर्म ग्रन्थहरूमा छताछुल्ल गरी पोखिएका हजारौ कथा मध्य यो भाइ टीकाको पनि आफ्नै किसिमको महत्व रहेको छ ।
सत्य युगको कुरा हो पृथ्वीमा बलि नाम गरेका बढो प्रतापी, दानी राजा थिए । उनको भण्डार द्रब्यले सधै भरी पूर्ण भरिएको हुन्थ्यो । जो केही पनि माग्न गए खाली हात फर्काउदैनथे । उनको कीर्ति चारैतिर फैलिएको थियो । उनको यो प्रतापले स्वर्गको इन्द्र नै डगमगायो ।
प्रष्ट बोली : स्पष्ट व्यवहार
प्रिय जनसेवक ठान्ने दाइ !
जनताको अदालतमा तँलाई स्वागत छ !
दाइ ! म अहिले असाध्यै रोगाएको छु । त्रासद दिनहरूको परिकल्पनामा डराएर बसेको छु । एक समय मैले तेरो चमत्कार धेरै नजिकबाट नियालेको थिएँ । तेरा सफलताका ती स्वर्णिम दिनहरूको प्रशंसामा मख्ख र मस्त भएको थिएँ । तँ सधैं त्यस्तै रहन सकिनस् । र, विकर्षणभावले अलमलाउँदो भएँ । हेर्, यस माटो बाहिरको तेरो सिद्धान्त त त्यति जान्दिनँ । तर, यस माटोमा हुनुपर्ने तेरो व्यवहारिक सिद्धान्त बारे दुई–चार कुरा भन्न भने पछि पर्दिनँ । तेरोजस्तो पाखा–पखेराको, कुनाकन्दराको विश्वविद्यालयमा मैले एक अक्षर पनि पढिनँ । तैंले खोलेको विश्वविद्यालयको विद्यार्थी हुनु चानचुने कुरो थिएन ।

कुनै पल मनले सम्झायो कुनै पल मनलाई सम्झाएँ
नभन्दै रुवाएर आयो तिहार
मौसम यो फूलको
दाजुभाइलाई भाइटीकामा, सघाइदिन नभुल्नु है
घाइतेमाथि नै खुकुरीको धार चल्दो रैछ
उम्रदैकी छोरी किताब पर राख्छे
किन ? प्रतीक्षा !
सयपत्री, गोदावरी र मखमली मुस्काउदै
जस्तो तिहार देख्नुथ्यो त्यो देख्न पाइन
अबदेखि गरौँ हामी अनिश्चतकालीन कलम बन्द