प्राय : चुलै नबल्ने घरमा
कसैगरी बलिहाले पनि
उही एउटै परिकार
केवल खोले पाक्ने घरमा
कुनै दिन यदि
मासु मगमगायो भने
बुझ्नु–
त्यो दशैं हो
आखिर अर्को अर्थमा
दशैं भनेको
मिठो–मसिनो केही खाने दिन त हो ।
भो चुनाव म लडिदन, दुई तिहाई बहमत आउँछ
सर्बहित बिधान लेखी संसद भवन को धाउँछ
साथीहरू संसद पसी केही स्वद चाखिसके
मधुमख्खी प्यारी छन् भन्दै मोहनी मन्त्र को लाउँछ
बनेको महलभित्र आफ्नो बास नदेखे पछि
जोडेछन् नानाथरीका बहानाहरू
गौण र मौन जतनाको बस्तीभित्र
छिर्दैछन् फेरि मशाल बोकी मुर्दाहरू ।
किन बनेनन् संविधान ?
न कुनै समीक्षा न कुनै ग्यारेन्टी
फेरि निर्वाचनको हुरी चुलिएछन्
जहाँ केवल छ विदेशीको ग्यारेन्टी ।
जब !
तिम्रो मुहार हेर्छु
के चम्किन्छ र ? दशैं त्यहाँ
शुभकामनाहरूका प्रकाशले ।
बर्षा याममा पानीले चुटिएको पहाडझैं
हरक्षण पखालिएर बगेका छन् अपूरा खुशीहरू