Skip to content

ks

मृत्यु दैव समयलाई

  • by

मृत्यु दैव समयलाई छेक्छु भन्दा छेकिदैन
आफ्नो भाग्य आज आफै लेख्छु भन्दा लेखिदैन ।

नियतिको खेल नै हो कर्मको फल भोग्नु पर्छ
त्यसैले म आज स्वर्ग देख्छु भन्दा देखिदैन ।

अनुभूति

  • by

अकल्पनीय थियो त्यो हाम्रो भेट । मैले कहिल्यै सोचिन ऊसँग फेरि दोर्‍याएर यो जुनिमा भेट हुन्छ भनेर । झण्डै झण्डै स्मृतिका गर्तमा पुगिसकेको थियो त्यो बिम्ब । सायद त्यस् दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो सानु फुच्चेस्कुटीलाई वर्कसपमा थन्क्याएर कलकींदेखि चावहिलसम्म माईक्रो बसको कठिन यात्रामा होमिएकी थिएँ बसभित्रको कुनापट्टि एउटा सिट बाँकी रहेछ । म त्यही टुसुक्क बसें ।

मेरो माया आजभोलि

  • by

मेरो माया आजभोलि पराई हुन थाल्यो
हिमालसँग छुट्टिएर तराई हुन थाल्यो

भेट्दिन म आँखाभरि कता तिमी गाकी छौ?
आफ्नै मायासामू पनि हराई हुन थाल्यो

बालाई चिठी परदेशबाट

  • by

बा ! परदेश भन्ने बित्तिकै मन दुख्छ
परदेश सम्झने बित्तिकै ओठ, मुख सुक्छ
तर पनि म यहाँ छु
भित्र रोएर पनि बाहिर मुश्कुराएको छु
बा ! त्यहाँ त धान, गहु, तोरी झुलिरहेको होला
त्यहाँ त मखमली, सयपत्री, चमेली फक्रिरहेको होला

मायाँ भन्ने चिज

  • by

मायाँ भन्ने चिज साँच्चै ! यस्तै हुँदो रै’छ
यौटालाई चोट लाग्दा अर्को रूँदो रै’छ

जति सुकै घाम पानी लागोस तगारो
मुटू-मुटु मिले पछी छुट्टाउन गाह्रो
छुट्टे पनि सम्झनाले तड्पाउँदो रै’छ
यौटालाई चोट लाग्दा अर्को रूँदो रै’छ

RamKrishnaPoudelAnayas-02

पराईको सिंदुरले सिउँदो सजाई जाँदा

  • by

पराईको सिंदुरले सिउँदो सजाई जाँदा तिमी
कराउदै रुदै हेँरे मुटु जलाई जाँदा तिमी ।

मलाई सेतो कपडाले बेर्दै शंख बज्दा आखिर
खुशी हुन्छौ मेरो लाशमा आगो लगाई जाँदा तिमी ।

तीन मुक्तकहरू (लेराईदे, हुन सक्छ, मान्छेहरू)

  • by


हराएको मूल्यवान त्यो भेष लेराईदे
लौ न चरी प्रियतमको सन्देश लेराईदे
नयनहरू विछ्याएर पर्खिबस्छे आमा
भेटाउन तिन्को छोरा घरदेश लेराईदे

बाँसको तामा

  • by

बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई बुबाले रित्तो हात फर्काउनुभएको थियो ।

त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । कस्को बच्चा भन्दै म त्यता दौडन लागेको थिएँ, आमाले रोक्नुभयो र मरेको बच्चा रोएको हो, जान हुँदैन भनेर घरभित्र लगेर झ्यालढोका बन्द गर्नुभयो ।

विषाक्तका पाथीहरू

  • by

विषाक्तका पाथीहरू चुलिदैछन् धेर
गरिएका गल्तीहरू भुलिदैछन् धेर

पृथिवीको शयनमा झुल्नै पर्छ झुल
अग्रगामी बाटो छोडी डुलिदैछन् धेर

परेलीमा आँशु राखी

  • by

परेलीमा आँशु राखी हाँस्न सिकाउने खोज्दैछु
दिलमाथि पत्थर् राखी बाँच्न सिकाउने खोज्दैछु

खुसी फुल्ने डाली अनि हाँसो फल्ने हाँगो भाँच्दा
भरोसाको धागो लिई गाँस्न सिकाउने खोज्दैछु

बग्दा बग्दै अडिएकी

बग्दा बग्दै अडिएकी, मझधारको डुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ

मेरो पनि मुटु छ नि, चल्छ बरु सुस्त सुस्त
देखिंदैन बलेको यो, जल्छ बरु सुस्त सुस्त
बिर्स्यौ क्यारे म पनि, फूलको एउटा थुङ्गा हुँ
यस्तो वचन लायौ सानु, मानौ म त ढुङ्गा हुँ

पोहर साल आएन भाइ

  • by

पोहर साल आएन भाइ अहिले लिन पठाउ आमा
घरमै बसी तिजको दिन कसो गरी कटाउँ आमा ।

रातो साडी रातो पोते साईली माईली आँगनीमा
तेरा माईती खोई भन्दा के भनेर बताउँ आमा ।

शुभ दिन बिहानीको

  • by

शुभ दिन बिहानीको, शित बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी !

नाता जोडी अँधेरीको, तारा अनी जुनसँग
भाव पोख्दै संगीतको, सुर ताल धुनसँग
मन मुटु स्पर्श गर्ने, गीत बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी;

वनकाली

  • by

एक दिन ढुङ्गामा देउता हुन्छन् भनेर मानिसहरूले ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन ।

‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ ।

तिमीले धेका दिएर त

  • by

तिमीले धेका दिएर त, गजल मेरो सहारा भो
तिम्रो यादमा पिएर त, गजल मेरो सहारा भो

सारा खुसी सपनाहरू, आँशु बनेर बहिदिँदा
फलाम जस्तै खिएर त, गजल मेरो सहारा भो