Skip to content

ks

अर्को साल आउँछु भन्थे

  • by

अर्को साल आउँछु भन्थे पोहर साल भन्दा बैनी
आउने दिन बाँकी रैछ साहुले मिति गन्दा बैनी ।

गाउँबेसी डाँडाकाँडा गुन्जिदा हुन तीजका गीतले
भक्कानिदै रुदै हौली नमान न धन्दा बैनी ।

20120910_ManojDhungana_News

लायन्स क्लव हेटौडाद्वारा एकल गजल सन्ध्या तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

हेटौडा बजार लायन्स क्लवले भाद्र २३ गते एकल गजल सन्ध्या तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

हेटौडा-४ स्थित ड्रिमटच रेस्टुरेन्टमा क्लव अध्यक्ष मनोज ढुंगानाको सभापतित्व तथा गजल मंच मकवानपुरका अध्यक्ष मुस्कान तिमल्सिनाको प्रमुख आतिथ्यता एवं प्रकाश सुन्दर श्रेष्ठको संयोजकत्वमा संचालित कार्यक्रम क्लव सचिव गंगा पौडेलले संचालन गरेका थिए ।

डा. ब्राईनलाई

  • by

तिमी आकाशमा
उड्दा उड्दै तिम्रा आँखाहरू
पक्कै पनि ठोक्किए,
ती हिमालका धारीला धारीला चट्टानहरूमा
छरपष्टै भए जता ततै
पोखिए तिम्रा नजर ,
अनगिन्ती सुरम्य सुन्दर
हिमालका ताँतीहरूमा,

डडेलधुरा अति राम्रो

  • by

डडेलधुरा अति राम्रो हेर देवजी
मन मुग्ध भयो हाम्रो हेर देवजी

सानो सानो बजारमा सबै खाले माल
भाऊ भने अति चाम्रो हेर देवजी

सुन्दरछन् घर गोठ चारैतिर हेर्दा
कृषक पेट रैछ दाम्रो हेर देवजी

जान्न भन्थ्यो खाडी ऊ

जान्न भन्थ्यो खाडी ऊ त खेती गर्छ अरे
भकारीमा मुरी मुरी अन्न भर्छ अरे

उन्नत् जातको बाख्रा पाल्छ गाई-भैँसीसँगै
बजार भाउ बुझ्न आफै फेदि झर्छ अरे

बिकासको बिउ (लघु-कथा)

हरेक पन्ध्र बर्षमा गरिने समिक्षात्मक बैठकमा संसारभरका सरकार प्रमुखहरूलाई स्वर्गलोकका राजा इन्द्रले निमन्त्रणा गरेछन् । नेपाल नामक देशको तर्फबाट पनि प्रतिनिधि सहभागी भए । बैठकमा नेपालमा पन्ध्र बर्षदेखि यता विकासको गति जस्ताको तस्तै रहेको र अन्य मुलुकहरूले भने यस वीचमा थुप्रै प्रगति गरेको कुरा निर्क्योल गरियो । यो अवस्थाबाट राजा इन्द्र निकै चिन्तित भए ।

फरक् फरक् सोच हाम्रो

  • by

फरक् फरक् सोच हाम्रो फरक् जिन्दगानी
छोड अब डाहा ईर्ष्या अनि अभिमानी

प्राणी मध्ये सर्वश्रेष्ठ मान्छे भन्ने जात
हुनु पर्छ दया माया करुणाको खानी

मेरी आमा मेलापातकै संसारमा

  • by

मेरी आमा मेलापातकै संसारमा देखे
बाबा फेरि छाक टार्ने हतारमा देखे

बुढ्यौलीले सतायो नि हजुरबाको चिन्ता
हजुरआमा जिन्दगीकै किनारमा देखे

जता हेरूँ खिचातानी चल्दै छ नि अचेल
गाउलेहरू आफ्ना आफ्नै बिचारमा देखे

शहिदको सपना

उनलाई मानिसहरूले शुरुमा पण्डित मोतीखर भनेर चिन्थे । पण्डित्याइँ काम खासै गरेनन् । पूर्खाले कमाएको नै अथाह सम्पति थियो । पहाडमा आँखाले भ्याएसम्म जग्गा जमिन थियो । मधेशमा पनि एउटा मौजा नै समालेर बसेका थिए । उनी पंचायत कालको गाससदेखि लिएर लोकतन्त्रको मन्त्रीसम्म भए । मन सेतो भएको हुनाले मोतिखरको कपडामा कहिल्यै कालो दाग लागेन । बरु उनले अरुलाई दिएर खाए अरुको लिएर खाएनन् ।

RabindraKumarMandal

प्रेमको खोजी

  • by

मेरो मनको तस्विर अब, कागजमा कोर्नु पर्यो
को हो? कुन्नि थाहा छैन, अब मलाई खोज्नु पर्यो

रातको सपनामा, उनको माया पाएको छु
विपनामा माया पाउन, अब मैले खोज्नु पर्यो

UshaNeupane

तीन मुक्तकहरू (थिएँ, खुवाउँदैछ, भएँ रे)

बा-आमा त्यागी आएँ सानैमा तिमी नै सर्वस्व ठानेकी थिएँ
बुहार्तन हप्की खेपेर पनि आदर र सत्कारले मानेकी थिएँ
के कमी भयो र? छेड्यौ यो मुटु बाँचेमा जीवनको अन्तिमैसम्म
राख्नेथेँ शीर पाउमा तिम्रो बुहारी धर्म त जानेकी थिएँ ।।

फोस्रा मान्छेले चिल्लो सपना

  • by

फोस्रा मान्छेले चिल्लो सपना तुन्छन
सोझालाई मास्न फेरि जालो बुन्छन

पोशाक फेर्छन्, बोली पनि फेर्छन्
कोहि छैन भन्दै आफ्नो मान्छे चुन्छन्

दाइजो र छोरी

  • by

मान्छे हो अति दुष्ट छौ किन अहो सार्‍है नराम्रो खुनी ।
तिम्रो त्यो मति भ्रष्ट भो अनि भयौ राँगो सरी वैगुणी ।।
राम्राको नगरी विचार तिमिले खाली नराम्रा छ जो ।
हत्या लुट छलै गरेर नपुगी माग्यौ अरे दाइजो ।।१।।

बाबाको करमा परेर पनि ती छोरी पढेरै रहे ।
आमाले ममता गरेर सुखले छोरी बढेरै गए ।।
पूर्णिमा जुनकै समान कसरी ठूला भये ति वरा ।
छोडी जानु बाबुका घर कठै क्यै छैन झै बीचरा ।।२।।

तँजस्तै म

प्रिय महाशून्यजी,

आज म तँसँग मन खोल्दै छु । मैले तेरो माध्यम भेट्टाएको छु । तँलाई मनैदेखि माया गरेको डेढ दशक वित्न लाग्यो । आजसम्म बाटो हेरेँ । चारैतिरबाट अवसर आउला कि भनेर प्रतीक्षारत् रहेँ । कतैकतैबाट आउँदा भने द्विविधामा परेँ । देशले पनि शान्तिको श्वास फेर्यो । लामो द्वन्द्वबाट एउटा चरणमा चढ्यो । तर, जल्दाबल्दा दर्जनौँ समस्याहरू छन् । समाधानहरू पनि साथमै छन् । सरल छन्, सहज छन् । जसले पनि सहजै भन्न सक्छ । लामो फेहरिस्त खुरुखुरु प्रस्तुत गर्न सक्छ । म पनि त्यहीँ नजिक उभिएको छु, देखिरहेको छु– म चक्रब्यूहमा फँस्दै छु, फँस्दै छु । ‘फँसेँ, फँसेँ’ भन्न सक्छु । फँसेको आभाष पाउँछु तर निस्कने ठाउँको भेउ पाउदिनँ । मरिकाट्टे चक्रब्यूह तोड्न सक्दिनँ ।