ks
लायन्स क्लव हेटौडाद्वारा एकल गजल सन्ध्या तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न
हेटौडा बजार लायन्स क्लवले भाद्र २३ गते एकल गजल सन्ध्या तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
हेटौडा-४ स्थित ड्रिमटच रेस्टुरेन्टमा क्लव अध्यक्ष मनोज ढुंगानाको सभापतित्व तथा गजल मंच मकवानपुरका अध्यक्ष मुस्कान तिमल्सिनाको प्रमुख आतिथ्यता एवं प्रकाश सुन्दर श्रेष्ठको संयोजकत्वमा संचालित कार्यक्रम क्लव सचिव गंगा पौडेलले संचालन गरेका थिए ।
बिकासको बिउ (लघु-कथा)
हरेक पन्ध्र बर्षमा गरिने समिक्षात्मक बैठकमा संसारभरका सरकार प्रमुखहरूलाई स्वर्गलोकका राजा इन्द्रले निमन्त्रणा गरेछन् । नेपाल नामक देशको तर्फबाट पनि प्रतिनिधि सहभागी भए । बैठकमा नेपालमा पन्ध्र बर्षदेखि यता विकासको गति जस्ताको तस्तै रहेको र अन्य मुलुकहरूले भने यस वीचमा थुप्रै प्रगति गरेको कुरा निर्क्योल गरियो । यो अवस्थाबाट राजा इन्द्र निकै चिन्तित भए ।
शहिदको सपना
उनलाई मानिसहरूले शुरुमा पण्डित मोतीखर भनेर चिन्थे । पण्डित्याइँ काम खासै गरेनन् । पूर्खाले कमाएको नै अथाह सम्पति थियो । पहाडमा आँखाले भ्याएसम्म जग्गा जमिन थियो । मधेशमा पनि एउटा मौजा नै समालेर बसेका थिए । उनी पंचायत कालको गाससदेखि लिएर लोकतन्त्रको मन्त्रीसम्म भए । मन सेतो भएको हुनाले मोतिखरको कपडामा कहिल्यै कालो दाग लागेन । बरु उनले अरुलाई दिएर खाए अरुको लिएर खाएनन् ।
दाइजो र छोरी
मान्छे हो अति दुष्ट छौ किन अहो सार्है नराम्रो खुनी ।
तिम्रो त्यो मति भ्रष्ट भो अनि भयौ राँगो सरी वैगुणी ।।
राम्राको नगरी विचार तिमिले खाली नराम्रा छ जो ।
हत्या लुट छलै गरेर नपुगी माग्यौ अरे दाइजो ।।१।।
बाबाको करमा परेर पनि ती छोरी पढेरै रहे ।
आमाले ममता गरेर सुखले छोरी बढेरै गए ।।
पूर्णिमा जुनकै समान कसरी ठूला भये ति वरा ।
छोडी जानु बाबुका घर कठै क्यै छैन झै बीचरा ।।२।।
तँजस्तै म
प्रिय महाशून्यजी,
आज म तँसँग मन खोल्दै छु । मैले तेरो माध्यम भेट्टाएको छु । तँलाई मनैदेखि माया गरेको डेढ दशक वित्न लाग्यो । आजसम्म बाटो हेरेँ । चारैतिरबाट अवसर आउला कि भनेर प्रतीक्षारत् रहेँ । कतैकतैबाट आउँदा भने द्विविधामा परेँ । देशले पनि शान्तिको श्वास फेर्यो । लामो द्वन्द्वबाट एउटा चरणमा चढ्यो । तर, जल्दाबल्दा दर्जनौँ समस्याहरू छन् । समाधानहरू पनि साथमै छन् । सरल छन्, सहज छन् । जसले पनि सहजै भन्न सक्छ । लामो फेहरिस्त खुरुखुरु प्रस्तुत गर्न सक्छ । म पनि त्यहीँ नजिक उभिएको छु, देखिरहेको छु– म चक्रब्यूहमा फँस्दै छु, फँस्दै छु । ‘फँसेँ, फँसेँ’ भन्न सक्छु । फँसेको आभाष पाउँछु तर निस्कने ठाउँको भेउ पाउदिनँ । मरिकाट्टे चक्रब्यूह तोड्न सक्दिनँ ।

म
अर्को साल आउँछु भन्थे पोहर साल भन्दा बैनी
तिमी आकाशमा
तिम्रो आगमनमा
जान्न भन्थ्यो खाडी ऊ त खेती गर्छ अरे
फरक् फरक् सोच हाम्रो फरक् जिन्दगानी
मेरी आमा मेलापातकै संसारमा देखे
मेरो मनको तस्विर अब, कागजमा कोर्नु पर्यो
बा-आमा त्यागी आएँ सानैमा तिमी नै सर्वस्व ठानेकी थिएँ
फोस्रा मान्छेले चिल्लो सपना तुन्छन