ks
मामाघर
साउनको महिना झरी नपरे पनि चारैतिरको थुम्काथुम्कीमा सेतो बादल देखिन्थ्यो । जस्ले गर्दा ती नाङो डाँडाहरू कपाल फुलेको मेरी हजुरआमा जस्तै देखिन्थे । साउने सक्रांति हुनु पर्छ, आमा मामाघर जान तयारीमा देखेपछि मैले नि कम्मर कसें । “बाटोमा हिँड्न सकिन्न घरैमा बस” भन्दै हुनुहुन्थ्यो आमा । म कहाँ मान्थेँ र ! आमा निस्किनु अगावै घरमाथि सालघारीमा पुगेर आमालाई कुरिरहेँ । त्यही नजिकै सालको रुखमा न्याउली कराउँदै थियो । गुलेली बिर्सेछु चुक चुक लाग्यो । आमा नि आईपुग्नु भो । चोरी औँला टोक्दै आमा पर्टी फर्केर मुस्कान दिएँ । आमा नि मुर्छा परेर हाँस्नुभो मेरो बठ्याँई देखेर र भन्नु भो, “हेर यो चोर त अघि नै आएर पो बसिराख्या रहेछ ! छि: छि: कपडा हेर यस्को चेपाङ जस्तै देखेको छ ।”
बुढेसकाल (लघुकथा)
दुध र तरकारीको झोलालाई भुइँमा राखेर हरिकृष्ण बाजे पसल अगाडिको मेचमा धर्खरिँदै बस्न खोज्छन् । ठिक त्यही बेला एक जना ठिटोले उनलाई पाखुरामा समाएर बिस्तारै मेचमा बसाइदिन्छन । त्यसपछि ती युवकको अनुहारमा हेर्दै हरिकृष्ण बाजेले सोध्छन्, “बाबुलाई मैले चिनिन नि ।”
हरिकृष्ण बाजेको कुरा सुनेपछि फेरि ती युवकले भने, “ल ! काका पनि मलाई चिन्नु भएन ? हजुरको साथी प्रेमजंगको ठुलो छोरा हो म ।”
सम्बन्ध बिच्छेद (लघु कथा)
गल्लि छेउको पुरानो घरको भित्तामा अढेस लागेर खुकुरी छापको सिगरेटको लामो सर्को तान्दै धुवाँ माथि हावातिर उढाएर रुद्रमणिले श्रीमतीसँग सम्बध बिच्छेद भएको बारेमा गहिरिएर ध्यान दिदै सोच्यो । होइन हौ ! के कारणले त्यस्ती धिप धिप बल्ने अँगाला भरिकी स्वास्नीले छोडेर गई ? दु:ख सुख खान लगाउन दिएकै थिएँ । हरेक कुरामा उसैलाई निर्णय गर्न छोडेको थिएँ । आफू हल्लुड घोटिए जस्तै काम गरे उसलाई केही लगाइन । किन त्यसले त्यसरी छोडेर गई ? मान्छे खराब चरित्रकी पनि थिइन । हो महत्वाकांक्ष बढी थियो । त्यसैले त होइन ?
गजलमय पल्लव साहित्यिक कार्यक्रम
सोधखोज गर्दै पुगियो लायन्स चोक स्थित लायन्स भवनमा । म र अरविन्दकुमार यादव त्यहाँ १० बजे विहान पुग्दा पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइलो’ अतिथिहरूलाई स्वागत गर्न तम्तयार भेटिए । उनले अनौपचारिक कुराकानीमै मझेरी डट कम पहिलो ठूलो ईपत्रिका भएको र दोस्रो स्थानमा पल्लव डट कम डट एनपी रहेको जानकारी दिए । पल्लव साहित्यिक पत्रिका, पल्लव साहित्य प्रतिष्ठान र पल्लव डट कम डट एनपी (ईपत्रिका) बेग्लाबेग्लै नभएर एक अर्काका परिपुरक रहेको अभिमत जाहेर गर्न समेत उनी पछि परेनन् । मझेरी डट कमले चिनाइदिएका गोर्खे साइलो र ठिस बुढा दुबैलाई एक साथ भौतिक रूपले साक्षात्कार गर्न पाउँदा धन्य, धन्य भएँ र मझेरीलाई मनमनै धन्यवाद टक्र्याएँ ।

माईती अनि चेलीको मायाप्रीत खै त तीज ?
ऊ अरूलाई चिन्दैन
घरबाहिर
धन्य छौ भगवान तिमी
राजपरिवारले ढलीमली गर्ने राजदरबारको साटो
कति रोए मन्दिरमा ढुंगा इश्वर हुन्थ्यो भने
पक्कै भेट्न आउँछे यो, गजल पढी मलाई