Skip to content

ks

दुई मुक्तक (दिन्छु, दिनु)

  • by

एक)
झर्नै परे आँखाबाट बरु झरी दिन्छु
तर मायाँ तिमीलाई मुटुभरि दिन्छु
किन खोज्छौ घर जग्ग पेन्सन्पट्टा भन ?
जिन्दगी नै तिम्रो नाम सारी गरी दिन्छु

मच्चिएर खेल्छ आज पिङ

  • by

मच्चिएर खेल्छ आज पिङ मन्ले चहचह
अँधेरीलाई मास्न होला जून लाग्यो टहटह

मासिएर अध्यारो उज्यालोले टेक्यो दैलो
थेग्न खुसी नसकेर अँश्रुभेल बन्यो दह

म जुद्धे चिडियाखानाको बूढो काकातुवा बाँचिरहेछु

मान्छेलाई सबैभन्दा प्यारो सायद
उसको स्वतन्त्रता हो
स्वतन्त्रता नहुनु भनेको निश्चास हो,
उनीहरूलाई मैले भनेको थिएँ
मलाई तिमीहरू जुहारत दिन्छौ
र मेरो अस्तित्व माग्छौ भने म मान्दिन
मलाई तिमीहरू सम्पत्तिहरू दिन्छौ

खोला सरी आ’थ्यौ तिमी

  • by

खोला सरी आ’थ्यौ तिमी बह सुसाएर
गयौ तिमी धेरै टाढा आज रुवाएर

किन गर्‍यौ अनविश्वास् तिम्ले मैमाथि नै
ख्वाकै थियौ कसम् तामा कलश् छुवाएर

मैथिलीमा रुने स्रष्टा धीरेन्द्र प्रेमर्षि

  • by

मिथिलाञ्चल कला–संस्कृति, रहनसहन, पर्व मेलामा धनी छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा मिथिलाञ्चलले ओगटेको छ । मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको निजी सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ । जानकी मन्दिर, शखडेश्वरी भगवती मन्दिर, राजदेवी मन्दिर, कंकालनी मन्दिरजस्ता मन्दिरहरू विश्व हिन्दू धर्मावलम्बीकै पवित्र तीर्थस्थल हुन् । मधेशका रत्नपुत्रपुत्रीहरूले नेपालको मान र सान उच्च बनाएको जिउँदो इतिहास हाम्रा सामु छँदैछ ।

पर्खाई

करिब दश वर्ष पहिले देखेकी त्यही केरलाइट महिलालाई मैले फेरि त्यसै साँगुरो गल्लीबाट तीन चार वर्षको छोरो डोर्याउदै अगाडि बढेको देखें । उसमा खासै फरक नदेखिए पनि अलि उमेर त गएको हो कि जस्तो छ । शरीर पनि निकै झोलिएछ । यू ए ईको दुबई स्थित देरा भन्ने ठाउँको ठूलो मस्जिद नजिकै तिनीहरू बस्छन् । मैले उसलाई एउटा साँझमा सिल्कको साडीमा सजिएर गएको बेला देखें र आजसम्म पनि उसैलाई दिनको एक पटक हेर्न त्यो गल्लीमा चिया पिउने बहानामा बस्ने गरेको छु ।

पसिना

  • by

भित्ता छेड्दै छालाको रिसाइ
देखाउँछ बाहिर सबलाई टल्पलाई
सहारा सबलाई बन्छ थकाइको
पग्ली पानी पानी बनी तप्किन्छ यो
विकार बोकी निस्कन्छ दुर्गन्ध लिएर
स्वच्छ बनाउन जीवन ऊ हो पसिना

पुष्प मुना बोलाँदा

  • by

पुष्पमुना बोलाउँदा भाग्ने पर पर
मलजल राखिदिन्छु आऊ वर वर

मायामा नै यो संसार अडेको छ हेर
प्रेम गर छाती भर विशाल छ घर

निर्णय (सामाजिक-कथा)

  • by

… अन्त्यमा मैले छोडिदिएँ उस्लाई ।

लेख्न के नै बाँकी रह्यो र अब । अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि । तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु । भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला । तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि । हो यही प्रयाप्त हुनेछ किनकि एउटा शरीरको लागि तीन बित्ता जमिन भए पुग्छ पुरै ब्रम्हाण्ड चाहिँदैन ।

पाठ्यक्रममा साहित्यिक कृति र नेपालबाहिरको नेपाली साहित्य

  • by

नेपालबाहिरको नेपाली साहित्यलाई सही ढंगबाट परिभाषित गर्नु पर्ने र यसको सही मूल्याङ्कन हुनु पर्ने विचारकासाथ दक्षिण एशियाली मुलुकबाहेकका साहित्यकारहरू गृहकार्य गरी रहेको अवस्थामा मधुपर्कले आफ्नो २०६९ जेठ अङ्कमा पाठ्यक्रममा साहित्यिक कृति शीर्षकको अनुसन्धानात्मक लेखप्रति अचानक ध्यान मोडियो । नेपालको प्राथमिक कक्षादेखि स्नातकोत्तर तहसम्म नेपाली विषय अन्तर्गत नेपाली साहित्यमा कलम चलाउने विभिन्न साहित्यकारहरूका रचना/कृतिहरूलाई पाठ्यक्रममा राखिएका छन् ।

काम गर्न नसक्नेले

  • by

काम गर्न नसक्नेले एउटा राज्य चाहियो भन्छन्
जस्ले पनि पार्टी खोली नेपाल भरी छाइयो भन्छन् ।

मरेकोलाई ब्युउँताउने रे अझैकति पुगेन र
चार वर्ष नेपालीको रगत टन्ऩ खाइयो भन्छन् ।

प्रण (लघु कथा)

बिहे गरेर बुढी घर भित्र्याईवरी १५ महिनापछि ससुराली जानु पर्ने काम पर्यो । काखमा नानी हुनाले एक्लै जानु परेको थियो । त्यसैले बुढी ठुस्की रहेकी थिइन् । तर पनि भन्दै थिइन, “आमासँग २ हजार पैसा मागेर ल्याउनु है बाख्रा माउ किनेर पाल्नु पर्ला ।”

“पैसा माग्नलाई मलाई लाज हुन्न कि क्या हो ? चिठी लेख म आमाकै हातमा दिइदिम्ला,” भनें ।

सागरका निश्चल ती

  • by

सागरका निश्चल ती, लहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ !

मधुरय संगीतम, समलाको ताल’हौं तिमी
प्राण मेरो जीवनको, ढुकढुकी चाल’हौं तिमी
जिन्दगीका अनगिन्ती, रहरमा तिम्रै नाम छ
मेरो गीत गजलका, बहरमा तिम्रै नाम छ ;

वसन्त आएन, बाटो नै पाएन (सवाल-जवाफ कविता)

  • by

सवाल कविता : वसन्त आएन
-रामविक्रम थापा

न्यानो आएन
उज्यालो आएन
नाङ्गालाई कपास आएन
भोकालाई भात आएन
रोगीलाई औषधि आएन
बैशाख एक्लै आयो
बसन्त आएन ।

जवाफ कविता : बाटो नै पाएन
-नन्दलाल आचार्य

आएन हैन आयो
न्यानो असहज भएर आयो
भविष्य धरमरिएर आयो
नाङ्गालाई झन् पीडा आयो
भोकालाई अझ हैरान आयो
रोगीलाई चाँडो मृत्यु आयो
बैशाखसँगै घनघोर चट्याङ्ग आयो
रोग, भोक र शोक अझ थप भएर आयो
त्यही बाटो हुँदै आउनुपर्ने
बसन्तले चाहिँ बाटो नै पाएन ।

कहिले कहाँ के हुने हो

कहिले कहाँ के हुने हो जान्नु मैले कसो गरी ?
कुन आफ्नो को बिरानो छान्नु मैले कसो गरी ?

सल्लाह त सबै दिन्छन् सुन्दा सुन्दा थकित भएँ
सुने जति सबै कुरा मान्नु मैले कसो गरी ?