Skip to content


लक्ष्मीप्रसाद देवकोटा नेपालको इतिहासमा अत्यन्तै गरिमामय ऐतिहासिक राष्ट्रिय व्यक्तिका रूपमा प्रतिष्ठापित छन् । पाँच दशकको जीवनावधिमा उनले आर्थिक विपन्नता, गरिबी, अभाव, विभिन्न शारीरिक र मानसिक पीडाकाबीच रहेर पनि नेपाली जनताको चेतना जगाउने, नेपाली शिक्षण संस्था स्थापना गर्ने, पत्रपत्रिका प्रकाशन गर्ने, शिक्षण गर्ने, सम्पादन गर्ने पाठ्यपुस्तक तयार गर्ने जागिरे लेखकको रूपमा, राजनीतिक क्रान्तिमा सामेल हुने, सल्लाहाकार सभामा विपक्षी दलको नेता हुने, शिक्षा तथा स्वायत्त शासन मन्त्रीसम्म हुने जिम्मेवारी बहन गरे ।

अङ्ग्रेजी, संस्कृत, हिन्दी, बङ्गाली विज्ञान, पढेका देवकोटा तात्कालीन राजनीतिक परिस्थितिका कारण स्वच्छन्दतावादी कवि, निबन्धकार बने, तर कानून अध्ययनले राजनैतिक व्यक्तित्वको निर्माण क्रान्तिकारी व्यङ्ग्यकार, विद्रोही, बौद्धिक, तार्किक कविता र निबन्धमा उल्लेखनीय प्रभाव पार्‍यो ।

देवकोटाको मनमा भावनाको विशाल भण्डार रहेकाले उनको मनका भावना अटेसमटेस भई साहित्यिक विधा मध्ये कविता आशुकविको रूपमा प्रवाहशील रूपमा ओइरिए भने साहित्यका अन्य विधा पनि त्यत्तिकै लाभान्वित रहे । तात्कालीन पारिवारिक, आर्थिक, राजनैतिक स्थितिले उनको मानसिक स्थितिमा केही प्रभाव शारीरिक स्थितिमा २००४ पछि विस्तारै दुर्बल -३८ वर्षदेखि) बन्दै गए पनि सिर्जना निरन्तरतामा संलग्न रहेको तथ्य छ ।

देवकोटाले कविताको क्षेत्रमा आधादर्जन महाकाव्य, तीनदर्जन जति खण्डकाव्य र छ सयभन्दा बढी फुटकर कविताका माध्यमबाट नेपाली साहित्य भण्डार स्वच्छन्दतावादी भावधारा, प्रगतिवादी भावधाराबाट अलग्गै युग स्थापना गरेका छन् ।

बहुभाषा ज्ञाता देवकोटाका ६ भाषामा प्रकाशित कविताहरु यहाँ प्रस्तुत गरिएका छन् ः-

नेपाली
आज छ हाम्रो खुसियाली, आज छ हाम्रो श्री उजियाली
आज उदाए अंशुमाली रविकुलनृपमणि पथ प्रभा ली
नजर छ हाम्रा सुलजल थाली हृदय हाम्रो सुकोमल डाली
स्वदेशका प्रभु उन्नतिमाली समुदित हुनुभो देश उचाली
विहिग प्रजाले स्वागत गायाँ प्रातः सुनौलो प्रभुकी पायाँ
आदर्श जगत्को दिव्य भनायाँ जन्मोत्सवमा हर्ष उडायाँ
दसरथा सूत्रले पारुन् चिरायु, हनुमान बलिया पारुन् स्नायु
शिवाले शासन पारुन् शतायु, भक्त प्रजा हुन् मानो जटायु
कान्तिपुरी हुन् फेरि अयाध्या बलि सुग्रीवझैं प्रभूका योद्धा
रावणरिपुका कर सब काढी दिव्य चलाई नयाँ परिपाटी
चाल पुराना भद्दा छाँटी न्याय सबैमा स्वीकार आँटी
चिर शासनले सारालाई मुदित गरी होस् देश मलाई
यसत शुभच्छ पुष्पाञ्जलि होस् प्रभुको अगणित भक्त मलाई ।

हिन्दी
आज हमारा स्वर्ग प्रभात, आज हमारा अमुदित प्रातः
तुहिन शिखर मै कीर्ति चमकती सुरभित बहना प्रातप्रभात
हृदयगमनमे तुंग तरंग बनता स्वणिर्म पद्य प्रताप
उदित हुवे है भारत नभमे नवनृपमणि जो अविजित आप
रजपुतो के उन्नत रवि सम
जय जय गाते हैं अव सव हम्
उन्नत निता हो जगमय हरदम
नयपालो के ताप
द्धिज गो रखकर धर्म बढाओ
नव उन्नतिके पाठ पढाओ
मारो अरि मे चांप ।
दरिद्रताको दुर हटाओ
हिन्दू राष्ट्र मिलाओ गठाओ
जटिल समस्या सभि घटाओ हरा प्रजाके ताप ।
सागर भार चलाओ नाँका
यश से गरमर यह है मौका
फैलाओ स्वर्ग प्रताप
भगभर जलकण उरभर सौरभ
युग युग रखेङ्गे गरिव
“कैसे पथ फुलेथे कहेंगे”
भविष्य युगों के आलाप ।

नेवारी
थो उदिन उच्च गगने पद्य संशेर महाराज ।
गुलि प्रतापी, गुलि वीर,
फुकं जुजुया ताजा ।
नेपाल देशया हृदय विराज ।
फुर्क प्रजा हषिर्त जुया
स्वर्ण रवि सद्दश वया,
प्रजाया भक्त हृदय च्वन, सुन्दर आर्यया ताज ।
राजषिर् जुद्ध विरागी बन, तषया आसने सुद्दढ च्वन,
श्री पद्द प्रचुत वं वियावन
श्रीपेंच शक्तिया साज
शिक्षया उन्नति अन्यन्त जुइगु ।
राष्ट्रिय जोश प्रजाए पुइगु
नेपालयां झ समोच्च जुइगु
सकल देशया माझ
जय जुइमा जय जुइमा श्री पद्ममहांराज
एक कीजा स्वांही ए कीजा ताय हों ।
श्री तीन पझवा जन्मोत्सव सिने
पूजा वाय झिपिसं हर्सित मने
प्रजायां बुवा
जुजुया जुजु
श्री पद्ममहाराज ।

बंगला
अमार देशे नृषतिवेशे श्री ३ महाराज
पद्म संशेर जङ
पद्म संशेर जङ
स्वर्णप्राते मधुरवाते धन यशेर संघाते
उड् रै हद् विहंग ।
आज आमार स्वण युगेर तुलिया गेल स्वर्ग द्वार ।
धारेके हे पद्म संशेर । आज हमारा देशमा
आमारा झरे हर्ष अश्रु, करिते जयनिनाद
नृप मणिके उपहार
आज आमार स्वर्ण भाष, आज आमार बिहंगा आशा
आज हृदय चढते शिखर
तुङ्ग तुहिन सार ।
रामराज्य आज खुल्छे पुर्व कनकद्वार ।
चाहिछे नृपेरमणि रावल देशोद्वार
उन्नति अपार
साहिन्यर सोना खानी, दरिद्रेर कर्ण दानी,
विदुर शदृश सत्यज्ञानी, जनेत सोचेर पानी,
वीरता अभिमानी,
प्रजार प्रजा राजार राज साधु द्विजेर मर्मज्ञानी,
दयार अवतार
पद्म संशेर प्रभु हन रघुनाथ प्रकार ।
आपनार देशेर सेवक सुन्दर, प्रजार मृत्येर पार
उन्नतिपथे चालावो देश, करो हे उद्धार
आज स्वर्ण प्र्रभाते अमार हृदयोद्धार

उर्दू
जहांके ताज हे शाहा । बनाओ मुल्क जन्नतसा
खुदाके नुरसा भमके तुम्हारे ताजे नूरानी
सुनो फरियाद बेकसका करो इन्साफ दुन्यामे
बुर जो रश्मे देरीना गढे बे अपने काब्रो में
सवेरा है तुम् सूरज हो-बनो चीडीया सभीके दिल
नये ख्वाबांे मे उडते है हब है जोस पंलो मंे
तुम्हारा राज हो लंबा तुम्हारा ताज हो जगमग
बढेंगे हम् बढेंगे हम तुम्हान आशराओ मंे
मिले खिलअत जहा लायक
कुसूर मे मार इन्साफी
मुवार हो मुवारक हो
जो दिलमे रखते हो साफी

उपर्युक्त कविताहरुबाट देवकोटा यौटै विषयलाई कसरी भाव प्रवाहको रूपमा नदोहोर्‍याइकन वा दोर्‍याएर अभिव्यक्त गर्छन् भन्ने कुरा छर्लङ्ग गर्न सहयोग पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *