Skip to content

लाग्यो आखिर ठूलै बात
समाउँदा मैले तिम्रो हात

देखिनँ आँखा प्यास लाग्दा
पिएर पानी सोधेँछु जात

पहिले लाग्थ्यो पैसाको नशा
अचेल लाग्छ रूपको मात

कमाएँ बदनामी यो कस्तो मैले ?
नचले नि हावा हल्लिन्छ पात

मायाको बदला नदिएर माया
गरेकै हो तिमीले अन्तरघात

नसोध बित्छ कसरी दिन ?
लाग्छ किन प्यारो रात ?

फोर्न नजान्दा मौकाँ हीरा
खायो ‘ज्ञानु’ले समयको लात ।

नेपाल साप्ताहिक ३६२

Leave a Reply

Your email address will not be published. Required fields are marked *