Skip to content


मनका एकान्तका तलाउमाझ
अनायासै तरंग उठ्छ
लाग्छ कुनै अतृप्त रागले
संगीतको कर्णपि्रय स्वर पाएको छ
सम्बन्धका सीमा
कृत्रिम बगैँचाका स्पर्शभित्र
जब कतै सन्त्रस्त रुन्छ
लाग्छ फेरि कुनै मौसम छरपस्ट हुँदै मरेको छ
मृत संवेदनाहरूको देश उस्तै छ
मान्छेका अभिशप्त कथा
फेरि असंख्य शिलालेखहरूमा
उसरी नै लेखिन्छन्
कहीँ पुग्न नसकिने यात्रा उस्तै छ
मान्छेका शापित उमंगहरू
फेरि अनन्त बाटाहरूमाझ
फेरि उसरी नै भेटिन्छन्
यातनाका शृंखला उस्तै छन्
यातनागृहभित्र परेका मस्तिष्कहरू
प्रताडित उस्तै छन्
बलात्कृत सपनाहरूका
चिहान उस्तै छन्
सपना देख्ने आँखाहरू
प्रतिबन्धित उस्तै छन् ।
परविर्तनका लागि लड्ने हातहरूमा
फेर िपनि थमाइएको रत्तिो रत्तिो मौनता छ
अपरभिाषित अर्थहरूका
अर्थहीन स्पर्शहरू उस्तै छन्
कालो साम्राज्यको विरुद्धमा
उज्यालो खोज्दै पाइलाहरू
गतिशील हुँदा नहुँदै चर्को हस्तक्षेपका कारण
उत्साहित विम्बहरूका
असामयिक मरण उस्तै छन्
पुरानो रक्सी छचल्किरहने नयाँ बोतल उस्तै छ
छेपारोले फेर्ने रंगको कथा उस्तै छ
अँगेनामा कहिल्यै बल्न नसकेको
आगोको भर उस्तै छ
हिँड्दाहिँड्दैका पाइलालाई
अपहरणको डर उस्तै छ ।
उपचार नपाएर कुनै रोगी
जब सडकमा लड्छ
समयले फेर िएकपल्ट देश थला परेको
सगर्व घोषणा गर्छ
कुपोषणले खाएको अनुहारलाई लिएर
जब पोस्टमार्टम सुरु हुन्छ
समयले फेरिएकपल्ट
देश भोकमरीमा परेको
तात्तातो समाचार छर्छ
शताब्दीयौँदेखिको रीत उस्तै छ
मान्छेले मान्छेलाई गर्ने प्रीत उस्तै छ
इतिहास लेख्ने कलमको गीत उस्तै छ
कुर्सी प्राप्त गर्दाको जित उस्तै छ ।

1 thought on “उस्तै छ”

  1. संगीत जी ! तपाईको कविता
    संगीत जी ! तपाईको कविता ले विगत र वर्तमान नेपाल को यथार्थता मन छुने गरि प्रतिबिम्वित गरेको छ , फेरी पनि यस्तै राम्रो कविता पढ़न पाईयोस !!!

    जे.बी. शेर्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *