Skip to content

जीवनमा
कविताजस्तै जिउन नसकेर
मृत्युलाई उज्यालोले पखाल्न
लासहरू
समयसग
कात्रो हैन कविताहरू माग्छन् ।

बस्तीमा ठूलो भेल पसेको छ आतङ्कको
पाखाहरूमा अनियन्त्रित पहिरो गइरहेको छ पीडाको ः
अघि राखेर तस्बिरका आखाहरू
अनुहार हर्ेछ ऐनामा
समयका पर्वतमालाहरू,
यो शोकाकुल मुस्कानको सौर्न्दर्य
जमिनझै चर्किएर
चहकिलो घाउहरूको लालपर्ुजा मागिरहन्छ,

सहरमा असाधारण जुलुस हिडेको छ भोकको
सपनाहरू सपना टिपेर खान आतुर छन् सपनाहरूमा,
ज्यादै नुनिलो स्वरमा गीत गाउछ जङ्गल

गाउ निचोरेर
सपनाको भोजनजस्तै
सहर निल्छु भन्छ,
सहरको किनाराहरू फाटेर
समाधिलीन हिमालको छाती टेक्छु भन्छ
जताततै घाउ छ लासको खुट्टामा
जीवनविरुद्धको नींदजस्तै
योजना भत्किएको परम्पराजस्तै,

जीवनमा
कविताजस्तै जिउन नसकेर
मृत्युलाई उज्यालो पखाल्न
समयको आखाछेउ उभिएर
कम्प्युटरसग पनि
आजभोलि
कात्रो हैन कविताहरू माग्छन्
लासहरू ।

नेपाल साप्ताहिक
अंक ११४

Leave a Reply

Your email address will not be published. Required fields are marked *