पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा भनिन्छ । पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरेको समयको प्रमाणहरूलाई हेर्दा दोलखा, रामेछाप र सिन्धुली वल्लो किरातमा पर्छ भने सुनकोसी देखि अरुण नदिसम्मका भाग माँझ किरातमा पर्दछ । अरुणदेखि पूर्व मेचि नदीसम्मको भूभाग लिम्बुवान भित्रपर्दछ । वेद, पुराण, रामायण, महाभारत आदिमा अनार्यहरू सवैलाई किराती समुदायभित्र समेटेको देखिन्छ । यसरी हेर्दा चिनियाँ, तिव्वती र नेपालका गुरुड,तामाड, थकाली, शेर्पा, मगर आदि सवै किराती सम्प्रदायभित्र पर्दछन् । तर यी जातिहरूले आफूलाई किराती जातिको रूपमा स्विकार गर्दैनन् । किराती सम्प्रदायभित्र आफू परेको प्रष्टरूपमा स्वीकार गर्ने जातिहरू सुनुवार, राई, याक्खा र लिम्बू हुन् । वल्लो किरातमा भाषिक दृष्टिकोणले किराती विशेषता देखाउने भाषाहरूमा हायू र सुनुवार छन् । हायू रामेछाप र सिन्धुलीमा थोरै सख्याका वक्ताहरूले बोल्छन् । त्यसैगरि सुनुवार भाषा सुनकोसी वरिपरि सुनुवार जातिका मानिसहरूले बोल्दछन् । सुनुवार जस्तो हायुहरू आफूलाई प्रष्टरूपमा किराँती भन्दैनन् । तर उनीहरूको भाषाको वर्ण निर्माण, क्रियारूपावली र वाक्य सरचना हेर्दा उनीहरूको भाषाको नाता किराती भाषाहरूसँग भएको स्पष्ट हुन्छ । यो भाषामा अन्य किराती भाषाहरूमा नपाइने अघोष, कण्ठय उष्ण वर्ण पाइन्छ ।

माझ किराँतको सुदुर पश्चिम ओखलढुङ्गा जिल्लामा उम्बुले वा वाम्बुले र बाहिड राई बोलिन्छ । उम्बुले राईमा अन्य किराती भाषाहरूमा नपाइने अन्तस्फोट द्वयोष्ठय वर्ण र अन्तस्फोट दन्त्य वर्ण पाइन्छ । उत्तर पश्चिम सोलुखुम्बु जिल्लामा खालिङ् र थुलुङ् बोलिन्छ । यी भाषाहरू टोनल हुन् । खोटाड जिल्लाको उत्तर पश्चिममा नाच्छिरिङ्, दुमी आदि भाषाहरू बोलिन्छन् । यिनीहरू मध्ये दुमी ज्यादै कम त्यस्तामा पनि पाका वक्ताहरूले मात्र बोल्दछन् । खोटाड जिल्लाकै दक्षिणी भागमा भने चाम्लिड र पुमा भाषा बोलिन्छ । करेन एवर्टका अनुसार चाम्लिड भाषामा अरू किराती भाषाहरूमा नपाइने दन्त्योष्ठय उष्णवर्ण पाइन्छ । भोजपुर जिल्लाको दक्षिण भाग र पूर्वी भागमा वान्तवा राई बोलिन्छ । यसबाहेक दुङ्माली राई, साङ्पाङ् राई, कुलुङ् राई पनि यो जिल्लामा बोलिन्छ ।

पल्लो किरात वा लिम्बुवानको पश्चिम क्षेत्रमा छिन्ताड राई बोलिन्छ । वीच भागमा बेलहारे राई र आठपरे राई बोलिन्छ । छिन्ताङ् गाउँ विकास समिति र बेलहरा गाउँ विकास समितिमा बोलिने राई भाषा भएकाले यिनीहरूलाई क्रमशः छिन्ताड राई र बेलाहारे राई भाषा भनिएको हो । आठपरे राई सदरमुकाम वरिपरि र भिर गाउँ गाउँ विकास समितिमा बसोबास गर्दछन् । पूर्वतिर धनकुटा जिल्लाका केहि भागहरू ताङ्खुवा, तेलिया, परेवादिन, मुर्तिढुङ्गा, हात्तिखर्क आदि गाउँ विकास समितिहरूमा र तेह्रथुम जिल्लाका सुदाप, ओख्रे, बसन्तपुर, हमर्जुड, पञ्चकन्या पोखरी जस्ता केहि गाउँ विकास समितिहरूछत्थरे लिम्बू बोलिन्छ । फेदापे, पान्थरे र तमरखोले लिम्बुहरू तेह्रथुम, पाँचथर र ताप्लेजुडमा बोलिन्छ । उत्तर तर्फ सङ्खुवासभा जिल्लामा याम्फे, लोहोरुङ् र मेवाहाङ् भाषाहरू बोलिन्छ ।

नेपालमा बोलिने किराती भाषाहरू क्रमशः लोप हुँदै जाँदैछन् । धनकुटा जिल्ला सदरमुकामबाट उत्तर तर्फ बोलिने मुगाली, फाङ्दुवाली र लुम्बा याक्खाहरू अहिले बोलिन छोडिएका छन् । आठपरिया, साम, बुङ्लाबा, मेवाहाङ्, तिल्लुङ् भाषाहरूका वक्ताहरू पनि ५०० भन्दा कमै सङ्ख्यामा देखिन्छन् । तुलनात्मकरूपमा राम्रो वक्ता सडख्या भएको चाम्लिड राई भाषाको स्थितिमा समेत चिन्ता व्यक्त गर्नु थालिएको छ । अहिलेसम्म भएका किराँती भाषाहरूमा वान्तवा राई र लिम्बू मात्र १ प्रतिशत भन्दा बढि मातृभाषीहरूले बोल्दछन् । यी भाषाहरूमा पाठ्य पुस्तक, सन्दर्भ सामाग्री, साहित्यिक रचना आदि लेखन भइरहेकेको छ र रेडियोमा समचार र गोरखापत्रमा लेखहरू आइरहेका छन् । यति हुँदाहुँदै पनि यी भाषाहरूको स्थिति पनि दिनानुदिन कमजोर हुँदै गइरहेको छ ।

पृथ्वीनारायण शाहको समय राणा शासन र पञ्चायतीतन्त्रमा राज्यले अवलम्बन गरेको एकल भाषा नीतिको कारणबाट शासक इतरका भाषाहरू विकसित हुन नसकेको कुरा प्रष्ट छ । त्यसैले मुलुकमा वहुदलीय व्यवस्था आएपछि नेपाल अधिराज्यको सविधान २०४७ र सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालको अन्तरिम संविधान २०६३ ले मातृभाषामा प्राथमिक शिक्षण ग्रहण गर्न पाउने अधिकारको व्यवस्था गरेको हो । आज हरेक मातृभाषी उनीहरूको जातीय सस्थादेखि लिएर राजनीतिक दल सबै नै मातृभाषाको सम्बर्धन र विकास गर्नुपर्छ भन्दछन । तर व्यवहारमा भने मातृभाषाको विकासमा आसातित परिणाम देखिएको छैन ।

वास्तवमा कुन व्यक्तिले कुन भाषा बोल्छ र बोल्न चाहन्छ त्यो उसको आवश्यकताले निर्धारण गर्ने हो । मानिसको मुख्य उद्देश्य भनेको सुखी र समृद्धशाली जीवन यापन गर्नु भएकाले यसको निम्ति उसले अवसरहरू खोज्नुपर्ने हुन्छ । यो प्राप्त गर्ने शिलशिलामा जुन भाषा सहयोगी हुन्छ उसले त्यहि भाषा सिक्छ । छिमेकी मुलुक भारतको उदाहरण लिने हो भने भारतीयहरू अङ्ग्रेजहरूको गुलाम भएर सताव्दियौ बिताउनु पर्दा उनीहरूको अङ्ग्रेज प्रति, उनीहरूको चालचलन र भाषाप्रति ज्यादै घृणा थियो । तर भारतबाट अङ्ग्रेजहरू हटेपनि आवश्यकताले गर्दा अङ्ग्रेजी भाषा भने हटेन । त्यहाँ अङ्ग्रेजी भाषा नै धेरैले सिके र अझै पनि सिक्दैछन् । अर्कोतर्फ बजारको दृष्टिले कम सम्भावना भएका भाषाहरूमा विद्यार्थीहरूको रूचि नहुने कुरा नेपाल सस्कृत विश्वविद्यालयको स्थितिले पनि प्रष्ट पार्छ ।

भाषा मानव सभ्यताको अमूल्य नीधि हो । एउटा भाषा हराउनु भनको एउटा जाति हराउनु जस्तै हो । यसले त्यो भाषाभित्र रहेका मौलिक कुराहरूको ज्ञानबाट मानव जातिलाई बिमुख गराउँछ । अतः यसको सरक्षणको राज्य तहबाटनै कोशिश हुन जरुरी छ र अहिले त्यसको निम्ति उपयुक्त समय पनि आइसकेको छ । भाषाको निम्ति वातावरण स्थानीय तहमा वाहुल्यता रहेको भाषालाई प्रादेशिक वा राज्यको कामकाजको भाषा, स्थानीय तहमा सवैले वुझ्ने भाषालाई सम्पर्क भाषा र केन्द्रीय तहमा नेपाली भाषालाई कामकाजको भाषा बनाएर निर्माण गर्न सकिन्छ । मातृभाषामा प्राथमिक तहसम्म शिक्षा र त्यसपछि क्रमशः नेपाली र अङ्ग्रेजीमा शिक्षा प्रदान गर्ने नीति राज्यले अघि सार्नुपर्छ । मातृभाषा सिकाउने शिक्षकहरू मातृभाषी नै नियुत्ती गर्नु पर्छ ।

Leave a Reply

Your email address will not be published.