Skip to content

गोरखापत्र

असफल नेताको सफल घोषणा

  • by

हेलाटालाटी लुलालङ्गडा, पटमूर्ख र पठमूर्खहरू हो हेर्दाहेर्दै देशमा पानी मरूवाको जनसङ्ख्या बढेको, भाउवेशाले जागिरे पेशामा मार परेको, सज्जन, भद्रजन लडेको, ल्वाँठ लठैत माथि चढेको, नेतृत्व गर्नेको दिमाग सढेकोले बाध्य भएर देश हैन देशवासीलाई नेता असफल भएको सफल घोषणा गर्न गइरहेको छु । सफललाई असफल पार्नमा सघाउने हरूवा चरूवा पानी मरूवालाई अघाउने गरी बधाइ ज्ञापन गर्दैछु । असफललाई सफल पार्ने कार्यक्रम अगाडि ल्याएको छु ।

सन्तुष्टि

  • by

टिन टिन घण्टी बज्यो सविताले मोबाइल फोन उठाइन्, हलो भन्न नपाउँदै उताबाट अधवैँशे पुरूषको आवाज आयो – “धुलिखेलको सधैँ भेट्ने होटेलमा छु । तिमी छिटो यहाँ आइहाल । ट्याक्सीमा आउ जति लागे पनि लागोस् म तिरीदिउँला । छिटो आउनु आज थुप्रै काम छ ।”

नक्कली चोर

  • by

दैलो हृवाङ्गै थियो ।

ऊ सरासर भित्र पस्यो । भित्रका पनि हृवाङ्गै उघ्रेका दैलाहरुले सीधै पुर्‍याउने कोठासम्म पुग्यो ऊ । त्यहाँ एकजना नकावधारी सेफ खोल्ने प्रयत्नमा जुटिरहेको थियो । पदचापसहित कोठामा पसेको दोस्रो मान्छेको उपस्थितिबोध उसलाई अवश्य भएको हुनुपर्छ तर उसले पछाडि फर्केर पुलुक्कसम्म हेरेन । बरु आफूले कम्मरमा भिरेको हात-हतियारलाई पो नियाल्यो । निहुरिएर सेफ खोल्न बस्दा उसको कमिज माथि उचालिएर ती सबै बाहिर देखिरहेको थियो ।

उहिलेका देवीप्रसाद अहिलेका डी.पी.

  • by

कमरेडहरूले नाम परिवर्तन गरेपछि आफ्नो पुरानो नाम भुसुक्कै बिर्सिएर अङ्ग्रेजी नामबाटै परिचित हुन थाल्नुभयो उहाँ पार्टीमा । पार्टीका साथीहरूले राखिदिएको नाम साहित्यमा पनि रहन पुग्यो । झण्डै साढे ६ दशकअघिको कुरो यो । यतिखेर उहाँलाई राजनीति र साहित्य दुवै क्षेत्रले पछिल्लो नामबाट समेत बिर्सन थालेको छ ।

नेपालका धन्वन्तरि मन्दिर

  • by

हाम्रा पुर्खाले नेपालको चिकित्सकीय आदर्शका रूपमा भगवान् धन्वन्तरीलाई स्थापित गरेका छन् । जगत्कल्याणको सूक्ष्मतम् भावलाई ढुङ्गामा कुदेर अमरत्व प्रदान गर्ने हाम्रा पूर्वजले भगवान् धन्वन्तरीको मन्दिर पनि बनाएका छन् तर उनका मन्दिर जताततै भने सार्वजनिक स्थलमा त्यति पाइँदैन । वैद्यहरूको पुरानो वस्तीबीच काठमाडौंको पशुपति क्षेत्रमा धन्वन्तरीको मन्दिर छ । जयवागीश्वरी स्थित नवाली टोलको ‘लुँहिटी’ ढुङ्गाबाट बनेको छ । यस मन्दिरमा राखिएको मूत्ािर् पनि ढुङ्गाकै छ ।

आरोग्यका देवता धन्वन्तरि

  • by

कात्तिक कृष्णपक्ष त्रयोदशीको दिनलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्तीको रूपमा मनाउने प्रचलन छ । यस दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबै रोगी र अन्य व्यक्तिको दीर्घायु सुस्वास्थ्यको कामना गरिन्छ ।

नेपालीका महाकवि लक्ष्मीप्रसाद देवकोटा

  • by

नेपाली भाषका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की समारोह धुमधामका साथ मनाइनु सर्वथा स्वाभाविक हो । उहाँ बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुनुहुन्थ्यो । उहाँका साहित्यिक रचना असङ्ख्य छन् । उहाँद्वारा सिर्जित केही रचना अझै अप्रकाशित छन् । शतवाषिर्की समारोहको समयावधिमा उहाँका अप्रकाशित कतिपय रचना प्रकाशन भए । यो उल्लेख्य र उदाहरणीय योगदान हुनसक्छ- नेपाली साहित्यको श्रीवृद्धिका लागि ।

महाकवि देवकोटाको सम्झना

  • by

अनार दाना दाँतका लहर खोलेर हाँस न
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन ।

प्रसिद्ध खण्डकाव्य मुनामदनको मार्मिक पङ्क्ति हो यो । वैदेशिक रोजगारीका लागि मदन धन कमाउन ल्हासा जाँदा आफ्नी प्रेयसी मुनालाई सान्त्वना दिन र हाँसोपूर्ण बिदाइको आग्रह यसमा गरिएको छ । अहिले मात्र होइन करिव ७५ वर्ष अगाडि मुनामदनको रचनाकालमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान्थे भन्ने दह्रो साहित्यिक प्रमाण पनि हो यो ।

युगकवि देवकोटा

  • by

विराट काव्य प्रतिभाका धनी विश्वका नै एउटा महान प्रतिभा, महाकवि देवकोटा (वि.सं. १९६६-२०१६) प्रजातन्त्रप्रेमी, परम राष्ट्रवादी तथा मानवतावादी कवि हुनुहुन्थ्यो । नेपाली काव्य साहित्यका सगरमाथा महाकवि देवकोटा हाम्रा राष्ट्रका गौरव हुनुका साथै अन्तर्राष्ट्रिय साहित्य जगत्का एक प्रतिभाशाली विद्वानको रूपमा चिनिने एउटा प्रख्यात विभूति ।

बुद्धि तामाङ र उत्तरआधुनिक आयाम

  • by

बुद्धि तामाङले पठाउनुभएको । ‘उत्तर आधुनिक आयाम र प्रशंसनीय दृष्टिकोण’ पुस्तकका विषयगत शीर्षकहरूले उत्सुकता जगाए । ‘उत्तर आधुनिकता’ पश्चिमी जगतमा पुरानिन लागे पनि नेपालका लागि नयाँ विषय बनेको छ । यसका व्याख्याताहरूका मतभेद र बाझाबाझ पत्रपत्रिकाहरूमा पढ्दै आएकोेले यस पुस्तकले त्यसबारे स्पष्ट धारणा व्यक्त गर्छ कि भन्ने आशा जाग्यो । विषय शिर्षक पढ्दै जाँदा यो कृति सकारात्मक र नकारात्मक सोचहरूको व्यापक निवेचनद्वारा मानिसमा सकारात्मक सोच विचार र प्रवृत्ति बढाउन सघाउने ध्येयले लेखिएको खुलासा हुँदै गयो । यस कृतिमा ‘उत्तर आधुनिकता’ शीर्षक परेपनि पूर्वेली, पश्चिमी सकारात्मक विचार र व्यवहारका विषयका साथै आदिम युगदेखि अहिलेसम्मका र सिङ्गो विश्वदेखि नेपालभित्रका विभिन्न समुदायका विचार र प्रवृत्ति कोट्याइएका रहेछन् ।

20101013_Dasain

दसैँ स्रष्टाको कलममा

जता जाउँ उतै भन्छन्
दसैं आयो । दसैं आयो ।
यही आनन्द वर्षाले
सबै सङ्कट बिर्सायो ।

नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड विजयादशमी आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रतपूणिर्मासम्म मनाइन्छ । अश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्म फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चारदिनको यो महापर्व सम्पूर्ण हिन्दूहरूले अत्यन्त खुशीयालीपूर्वक मनाउँछन् ।

सबै राम्रा सबै ठाँटी
सबै नाना तमासामा
सबैका माथमा जौका
पहेला अङ्कुरा लामा

कवि शिरोमणि लेखनाथ पौडेलले भनेजस्तै राम्रा-राम्रा पहिरनमा सजिएर निधारभरि दही अक्षताको राता टीका लगाएर शिरमा जमरा सिउरिँदै मान्यजनबाट टीका र आशीर्वाद थाप्न जानेहरूको यस अवसरमा विशेष चहलपहल देखिन्छ । त्यसैगरी ठाउँ-ठाउँमा लिङ्गे र रोटे पीङहरू हालेर त्यसको चहचहमा रमाउनेहरूको भीडले दसैंलाई थप आकर्षण प्रदान गरेको हुन्छ । भनिन्छ-दसैँ भनेको आपसी मित्रता, भेटघाट, सौहर्द्रता, मान्यजनप्रति सम्मान-सद्भाव र प्रेमजस्ता कुराको समष्टि स्वरूप नै हो ।

मेरो मने

  • by

दसैँको अष्टमीको दिन बिहानैदेखि घरघरबाट मासुको हरहर बास्ना आइरहेको थियो । ललीताका बुबा पनि मासुको स्वादको कल्पना गर्दै जिब्रो फड्कार्दै खसी काट्ने तरखरमा लागेका थिए । खसी काट्दा चाहिने खुकुरी र रक्ती हाल्न चाहिने भाँडो उनको छेउमै थियो ।

भान्साघरमा आगो धुवाइरहेको थियो । ललीताकी आमा भान्सामा बसेर लसुन अदुवा र प्याज केलाउदै थिइन् । ललीता पिङमा मच्चिँदै थिई । “बाबा हेर्नुहोस् न मैले पिङ कस्तरी मच्चाएँ ।”

थारु जनजीवनका नाचहरू

  • by

आफ्नै भाषा, संस्कृति, चालचलन, रीतिरिवाज, धर्म र संस्कार भएको थारू जातिका आफ्नै विशेष किसिमको मौलिकता र पहिचान रहेको छ । शिकार गर्ने, नाचगान गर्ने तथा खेती पशुपालनमा विशेषगरी आवद्ध यी जातिको विशेष किसिमको आफ्नै अस्तित्व तथा मौलिकता रहेको छ । मनोरञ्जनका लागि विशेष किसिमले आफ्नै गाउँघर समाजमा नाचकोर गर्ने र मनोरञ्जन लिने प्रचलन रहेको छ । यस जातिका नाचको बारेमा यहाँ चर्चा गरिएको छ ।

गौतम बुद्ध र मूर्तिपूजा हरिप्रसाद रिमाल

गौतम बुद्धका सम्बन्धमा एउटा रोचक कुरा के रहेको पाइन्छ भन्दाखेरी मान्छेहरू आफूलाई मन परेका आदर्शका कुराहरू गौतम बुद्धले भनेका हुन् भन्ठान्दारहेछन् । भारतीय वामपन्थीहरू त एक समय बुद्ध र कार्लमार्क्सलाई एउटै कोटीमा राखेर कम्युनिष्ट विचार धारालाई फैलाउनतिर लागेका थिए । तिनीहरूको त्यस प्रयत्नबाट बुद्ध धर्मको पनि विकासमा केही योगदान पुगेको थियो । बुद्धका केही यस्ता मूलभूत कुराहरू छन् जोसँग कम्युनिष्टहरूको कुरासँग ठ्याम्मै मिल्दैन र आजभोलि तिनीहरू तर्किएका छन् ।

छुच्याइँले सर्वनाश

  • by

सानाचौरका साइँलाबूढा साह्रै छुच्चा थिए । अनिकाल महाकाल पर्दा पनि आफ्ना विश्वासिला छिमेकीलाई समेत ऐँचोपैँचो त के चौपाँजे पनि दिन्नथे । एकदिन धैयारे पखीर सेजवाल आफ्ना लालबाला भोकले छट्पटिन लागेको अवस्थामा धोक्रो काँधमा राखेर सानाचौर निस्केछन् । साइँलाबूढाका घरभित्र पसेर उनलाई ढोगभेट गरेपछि आफू अनिकाल लागेर पाथीचार कोदो माग्न आएको कुरा दर्शाएछन् ।

उपन्यासको पात्रजस्तै जीवन

  • by

‘अन्त्यपछि’ बाट थालिएको यात्रा ‘अप्रिय’ सम्म आइसक्दा पनि उत्तिकै ‘प्रिय’ उपन्यासकारको पहिचान बनाउनुभएको छ उहाँले । २४ वर्षको उमेरमा २४ सालमा पहिलो उपन्यास छापिएपछि ६७ वर्षको उमेरमा ६७ सालमा उहाँको २५ औँ उपन्यास प्रकाशित भइसकेको छ । चारवटा संयुक्त उपन्याससमेत २५ वटा उपन्यास लेख्न सक्ने, त्यो पनि एकपछि अर्को उत्कृष्ट उपन्यास ।

फूलमालामा सजिने आकाश भैरव

  • by

उपत्यकामा भैरवका सयौँ मूर्तिहरू पाइन्छन् । कुनै सशरीर त कुनै टाउको मात्रै भएका । कान्तिपुरको मुख्य भित्री सहरी क्षेत्र वंधः अर्थात् इन्द्रचोकमा अवस्थित हाथु द्यः, आजु द्यः अर्थात् आकाश भैरवसँग परिचित नहुने सहरवासी कमै होलान् । आकाश भैरवको दक्षिणतिर पनि दुईवटा बडेमानका भैरवका मूर्ति छन् ।

फगत एक नजरमा ..हरिप्रसाद रिमाल

  • by

रङ्गमञ्च फेरिएको छ । दृश्य फेरिएको छ, तर पात्र उही । दैनिक मञ्चन हुने नाटकका दुई पात्र छन्, निरन्तर ५३ वर्षदेखि निरन्तर । बिहान ६ बजे सुरू भएको रङ्गमञ्च राति १० बजेसम्म चल्छ । दर्शकविहीन रङ्गमञ्चमा सम्वादभन्दा बढी मौनता छ । उनीहरू आँखाले सम्वाद बोल्छन् । मनले अभिनय गर्छन् । ८६ वर्षे नायक भन्छन्-“बूढेसकालमा तिमी नै मेरी प्राण-प्रेमी, डाक्टर, नर्स र सबैसबै ।” नायिकाले भन्छिन्-“तिमीविना मेरो जीवन निरस-निरस छ । दैवले जुराई दिएको जोडी हो हाम्रो ।”

(लघुकथा) दण्डहीनता

  • by

युवाको समूहले देशव्यापी रूपमा ‘अपराध किन बढ्छ’ भन्ने शीर्षकमा अन्तक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरे । देशमा अपराधिक क्रियाकलाप एकपछि अर्को गर्दै दिनप्रतिदिन बढिरहने क्रम जारि थियो । यसैले यो चिन्ताको विषय बन्न पुग्यो । युवाले विशेष चासो राखे । छलफलमा धेरैजसो युवाको नै सहभागिता थियो । देशको मेरुदण्ड अर्थात् विकासका कर्णधार भनेकै युवानै भएको हुँदा जोसिला र फूर्तिला युवा नै अग्रसर जागरुक देखिन्थे ।

अँध्यारोको जगमा सिर्जित उपन्यास

  • by

मार्क्सवादी फ्रेडरिक जामेसनले नव मार्क्सवाद र उत्तर आधुनिकतावादको आधारमा आफ्नो सैद्धान्तिक योजना बनाएका थिए । उनले अर्नेस्ट म्यानडेलको अनुसरण गर्दै पूँजीवादको विकासका तीन तहमा प्रकाश पारे । उत्तर आधुनिकतावादलाई जामेसनले परपूँजीवादको सांस्कृतिक तर्क ‘कलचरल लजिक अफ लेट क्यापिलटलिम्ज’ भनेर अरथ्याएका थिए । जामेसन पूँजीवादको इतिहासका तीन तहको चर्चा गर्छन् ।