Skip to content

गोरखापत्र

वनकी चरी

  • by

अदालत परिसरमा गम्भीर मुद्रामा बसेको यिो ऊ । झुस्स दाह्री पालेको उसले घँडामा चिउँडो अडाएको थियो । मलाई देख्नासाथ फिस्स हाँस्यो ऊ, एउटा खल्लो हाँसो । धेरै वर्षपछि भेट भएको थियो ऊसँग मेरो ।

‘अनि आज कताबाट यहाँ ?’ मैले सोधेँ ।

“सानो काम थियो ।” अप्ठयारो मान्दै छोटो उत्तर दियो उसले ।

“हिँडिस्योस् ।” केही छिनपछि एउटी सुन्दर महिला हतारिँदै ऊ नजिक आई । ऊसँगै अर्की एउटी महिला पनि थिई ।

“एकछिन है !’ असहजता अनुभूत गर्दै ऊ महिलाहरू सँगसँगै लाग्यो ।

सम र उनको ‘आगो र पानी’

  • by

बालकृष्ण सम (वि.सं.१९५९- २०३८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले नेपाली कवितामा नयाँ विचार र दर्शनबाट मानव इतिहासको व्याख्या गरेका छन् । समले नेपाली साहित्यको नाटक विधामा सगरमाथाको शिखर चुमेका छन्, त्यसका अतिरिक्त उनका कथा, कविता, निबन्ध पनि बेजोड मानिन्छ । कलम र कुची दुवैमा सम बेजोड मानिने समको आफ्नै शैली र शिल्प परिष्कृत छ । आफ्नो सात दशकलामो साहित्यिक साधनाको यात्रामा उनी अविच्छिन्न बग्ने महानदी हुन् । उनका पद्य र गद्य नाटक, कविता,कथा, निबन्ध, खण्डकाव्य ‘आगो र पानी’ र महाकाव्य ‘चिसो चूल्हो’ का प्रवृत्तिका भावभूमिमा समका समग्र प्रवृत्तिलाई केलाइकुलाई गर्न सकिन्छ ।

महाकवि अझै अनुसन्धान बाँकी

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटानै त्यस्ता साहित्यिक युगपुरुष हुन् जसका परिचय दिँदा राष्ट्रले गौरव अनुभव गर्छ । उनी राष्ट्रको आलोक हुन्, नेपाली साहित्य इतिहासका सुनौला पृष्ठ हुन् । ती गौरवशाली व्यक्तिलाई समयमै राष्ट्रले चिन्न नसकेको तितो यथार्थ भने नेपाली समाज र साहित्य प्रेमीहरूलाई सदैव विझाइरहने कुरा हो । उनको विलक्षण प्रतिभालाई कम आँक्ने हिम्मत कसैमा थिएन, त्यसैले उनी कदरका पात्र भए । राज्यले उनलाई जुनप्रकारको सहयोग पुर्‍याउनुपर्दथ्यो र सम्मान प्रकट गर्नुपर्दथ्यो त्यो चाहिँ गर्नसकेन । दुःख र विडम्बनाको कुरा त्यही नै हो ।

पानी परेन भने अपनाउने अनौठो प्रथाहरू

आजभोलि दिनहूँ समाचारमा सुन्न र पढ्न पाउँछौ पानी नपरेर कुनै ठाउँ पानी भित्र बसेर अनसन बसेको त कतै भ्यागुतोको बिहे गरेको, कहीँ हरहर महादेव भनेर जुलुल निकालेको आदि ।

गयो, ठूलो पहिरो गयो

  • by

असारको अन्तिम साता झरी पानीले पहिरो जाने बेलैको कुरो हो । अविरल वर्षाले राजमार्गहरूमा पहिरो गएको, जनधनको क्षति भएको समाचार आउन पनि पाएको थिएन, साहित्यिक क्षेत्रमा ठूलो पहिरो गयो । निबन्ध जगत्का एउटा धरोहर, समालोचना क्षेत्रका एउटा स्तम्भ ढलेको सुन्दा धेरैको मनबाट अनायाशै आएको हुनुपर्छ -“लौ नेपाली निबन्ध साहित्यमा ठूलै पहिरो गयो ।” धेरैको मनमा गहिरो पीडा बोकाएर जानुभयो, पहिरो आउनेगरी नै जानुभयो उहाँ २०६७ सालको असार १७ गते ।

आन्दोलनको अध्ययन

  • by

विद्यार्थी आन्दोलनमा नेतापुत्र पनि जोशिएर भाग लिइरहेका थिए । शुल्कवृद्धिलाई लिएर त्यसको विरोधमा आन्दोलन चलिरहेको थियो । आन्दोलन विस्तारै चर्कंदै जान थाल्यो । दिनहुँ जसो प्रहरीसित आमनेसामने हुन्थ्यो तर आज त मुठभेडको स्थिति नै आयो । विद्यार्थीमाथि अश्रुग्यास र लाठी प्रहारले गर्दा आन्दोलनले अब क्रमशः राजनैतिक चोला हाल्दै गयो।

घुर्की

  • by

त्यो रात, कुन्नि के भो, रमाले आफूलाई सधैँझैँ संयमित राख्न सकिनन् । उनको अविनाशसँगको वैवाहिक जीवनको तीस वर्षको लामो अवधिमा यति साह्रो नैराश्य भाव आएको थिएन । हिजोसम्म बडो प्यारो लाग्ने उनको दश बाई एघारको कोठा, कोठामा रहेको छ बाई तीनको एक पलङ्ग, पलङ्गमा अभावको पीडा खेपिरहने तन्ना र सिरानी आदि दुःख दिने साधन लाग्न थाले ।

अविरको पर्दा र पनौतीको जात्रा

  • by

जेष्ठ शुक्ल पूणिर्माका दिन प्रत्येक वर्ष झैँ काभ्रेस्थित ऐतिहासिक सहर पनौतीमा सांस्कृतिक महत्त्वको प्रसिद्ध पनौतीजात्रा अर्थात् भैरवभद्रकालीजात्रा हुँदैछ । पनौती आफैमा एक प्राचीन धार्मिक स्थल हो । पुण्यमती र रोशी नदीको सङ्गमस्थलमा रहेको पनौतीमा इन्द्रेश्वर महादेवको मन्दिर सबैभन्दा प्राचीन, ठूलो र महत्त्वपूर्ण मन्दिर मानिन्छ ।

नेवार जातिको परम्परागत गहना

  • by

कुनै पनि समाज वा सभ्यताको स्तर कति उच्च छ भन्ने कुरा समाजका मानिसहरूको जीवन प्रकृया, संस्कृति, लगाउने पहिरन एवं विभिन्न समयमा गरिने संंस्कारहरूमा लगाइने गहनाहरूबाट थाहा पाउन सकिन्छ । यो सन्दर्भमा नेवार समाज एक उच्चस्तरको समाज हो भन्ने कुरा नेवार समुदायमा प्रयोग हुने पहिरन, गहनाहरू एवं श्रृंगारबाट पनि स्पष्ट हुन आउँछ ।

कायम रहेन जता माया उतै नजर

  • by

बेनीको बजार गीति सङ्कथनमा एउटी युवतीको आत्मगत प्रस्तुति छ । यसमा विशिष्ट लयले युवतीको संवेगात्मक स्थितिलाई प्रखर बनाएको छ । यस संकथनकी समाख्याता युवतीको आत्मकथनबाट सामाजिक जटिलतामा जेलिएको पारिवारिक द्वन्द्वको अवस्था उद्घाटित भएको छ ।

गीतकारले छोपिदियो

  • by

त्यतिखेरै नारायणगोपाल सँगसँगै गीतकार नगेन्द्र थापाको पनि त्यत्तिकै चर्चा हुनेगर्थ्यो । यतिखेर नगेन्द्र थापाको त्यति चर्चा हुँदैन । गीतकार व्यक्तित्वले मर्कामा पारेको छ उहाँलाई । अर्थात् कवि व्यक्तित्व, लोक सङ्गीतका अध्येता नगेन्द्र थापालाई गीतकार नगेन्द्र थापा भनेर घ्वाप्लाक्क छोपिदिएको छ ।

आक्रोश

  • by

सुमेरु पर्वतको चार सय कोस लामो बरफको चट्टानमा हिँड्दै गर्दा मेरा गोडा फतक्कै गले । अति भएपछि तिनले मलाई थामिदिएनन् । म ढलेँ ।

सुरक्षाको सँग्रालो

  • by

हातमा छडी । शिरमा थुप्रै तारा खुकुरी चिन्ह अङ्कित फुलझडी । कम्मरमा चाक्लो पेटी । आङमा बाक्लो चिप्लेटी । काँधभरी फुली पाउमा बर्मे बुट । फिटफाट पोशाक । रसिलो, भरिलो, चिल्लो मुहार । टल्ल आँखा । डम्म शरीर ।

कवि कै रूपमा सक्रिय उहाँ

  • by

नेपाली कविताको फाँटमा एकताका सक्रिय नाम उपेन्द्र श्रेष्ठ लेखनमा निरन्तर सक्रिय रहनुभयो । कवि भनेर धेरैले चिन्छन् उहाँलाई कवितामै बढी केन्दि्रत हुनुभयो उहाँ । निरन्तर लेखिरहने, निरन्तर साहित्यिक सभा समारोहमा देखापर्ने कवि उहाँ । यस सन्दर्भमा आफ्ना समकालीन कवि कवयत्रीभन्दा फरक हुनुहुन्थ्यो ।

एउटा अविस्मरणीय यात्रा

२०६५ साल मङ्सिरको महिना थियो । रम्घा, लमजुङ, न्यौपाने वेसी माइतीघरको आँगनबाटसाँझको बेलामा गहु्रङ्गो मन लिएर म आफ्नो गाडीतर्फ लागें । मन भक्कानिएर आयो । आँखाबाट आँसुका बलिन्द्रधारा बषिर्न थाले । हातगोडा शिथिल हुँदाहुँदै पनि मैले गाडी दु्रत गतिमा कुदाएँ ।आफ्नो माइती गाउँबाट ज्यामिरे खोलासम्म पुग्दा झमक्कै साँझ परिसकेको थियो । त्यस जङ्गलमा चराचुरूङ्गीहरू कराइरहेका थिए ।

रेडियोबाटै उदाएकाहरू

  • by

आधुनिक नेपाली सङ्गीतको विकासमा रेडियो नेपालले जुन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, त्यो हिजोआज ओझेलमा परेको जस्तो देखिएको छ । वास्तवमा स्थापनाकालदेखि नै रेडियो नेपालले आधुनिक, लोक, शास्त्रीय, स्वदेश गान तथा भक्ति-सङ्गीत रेकर्डका साथै प्रसारणमा विशेष जोड दिएको देखिन्छ ।

मृत्युको घण्टी

  • by

जङ्गलमा एउटा उद्दण्ड सिंह बस्थ्यो ।
“म यो वनको राजा हुँ, मेरो आदेश सबेले मान्नुपर्छ ।” उसको आदेश कडा हुन्थ्यो । जनावरहरूको जथाभावी हत्या गर्नु उसको शोखको विषय थियो । कसको कुन बेला काल आउने हो, कुनै ठेगान थिएन । यसले गर्दा सबै प्राणीहरू साह्रै चिन्तित थिए ।

थैलाहरूको खैलावैला

  • by

हेगेनकोप नाउँको एकादेशको सुन्दर टापुमा विश्वभरिका अभागी भेला भएर रमाइलो मेला जमाउँदै रहेछन् । नौरङ्गी अनुहारका सत्रथरी बर्ग, समुदाय र दिक, काल, स्थानविशेषबाट आएकाले रङ्गीचङ्गी लाग्थे अभागीहरू । कोही समुद्रले निल्दै गएकाले पानीपीडित बनेका थिए ।

लुकेका महादेव निकाल्ने जात्रा पाहाँ चःह्रे

  • by

पाहाँ चःह्रे भन्नाले लुकमाध लुकेको महादेवलाई पूजा गरि मनाइने पर्व हो । लुकमाःद्य भनेको क्षेत्रपाल हुन् । आ-आफ्नो घरको मूलढोका अगाडि स्थापना गरिराखेको देवता नै क्षेत्रपाल हुन् । क्षेत्रपालले घर तथा घर वरिपरिको क्षेत्रलाई रक्षा गर्ने जनविश्वास छ । यिनै क्षेत्रपाललाई पूजा गरी वर्षको एकपटक काठमाडौँवासी पाहाँचःर्‍हे मनाउँछन् ।

बेड नम्बर …

  • by

‘डाक्टर, हेर्नुस् त ! पाँच नम्बरको ब्लड-ग्यासको रिपोर्ट र अरु प्यारामिटर्स । भेन्टिलेटर अफ गर्न अझै मिल्दैन कि ?’

‘लौ, छिट्छिटो १०१ लाई लेबर-रुम कुदाउँ ! ऊ त सेकेण्ड स्टेजमा पुगेजस्तो छ, बल गर्न थालिसक्यो ।’