गोरखापत्र

म अमेरिकी थामी

  • by

मार्टिन चौतारीको सानो हल । भुइँमा हरियो रङको कार्पेट । त्यस माथि स-साना पिर्के चट्टाचकटी । चट्टा माथि पलेटी कसेका २५-३० जना जति थामी । अगाडि छ, सेतो पर्दा । प्रोजेक्टरको सहायताले पर्दामा दृश्य दौडिरहेको छ । त्यही दृश्य हेर्न मग्न छन्, पलेँटी कसेका सबै थामी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रेमको तह

  • by

ईडिथ टेलरलाई आफूजस्तो सौभाग्यशाली स्त्री कोही छैन भन्ने कुरामा विश्वास थियो । कार्लसित उसको बिहे भएको तेईस वर्ष भइसकेको थियो । आफ्नो लोग्नेलाई देखेर अहिले पनि यदाकदा उसको मुटु ढुकढुक गर्न बन्द गथ्र्यो र मन्त्रमुग्ध भएर ऊ हेरिराख्थी । कार्ल पनि उसलाई ज्यादै प्रेम गथ्र्यो । अफिसको कामले कुनै अर्कै सहर जाँदा हरदिन उ ईडिथलाई चिठी लेख्थ्यो र कुनै न कुनै उपहार पनि पठाउँथ्यो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लेखनमा उत्तिकै तागत

  • by

सिर्जनाजस्तै सशक्त व्यक्तित्व लिएर अहिले पनि ठमठम हिँडने उहाँलाई देख्दा एउटा सिङ्गो नेपालीको झलक पाइन्छ । ढाकाटोपी र राष्ट्रिय पोशाकको पहिरन त छँदैछ । उमेर अनुसार बृद्धावस्था नदेखिने रातो पिरो अनुहार अनि बोल्दै जाँदा जोशिँदै बोल्न सक्ने तागत छ उहाँमा । अझ ठूलो तागत त उहाँको सिर्जनामा छ । कैयौँ पाठक स्रोताले मुखाग्रभन्नसक्ने कविता रच्न सक्नु कम्ति तागतको कुरो होइन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आत्मकथाको बढ्दो मोल

  • by

नेपाली साहित्यमा यस्ता जीवन, आत्मकथा, दैनिकी (डायरी) संस्मरण लेख्ने चलन प्रारम्भदेखि नै हुँदै आएका छन् । सिधै नलेखेर कतिपयले पत्रात्मक, यात्रा वर्णनका रूपमा तथा कतिपयले कवितात्मक रूपमा पनि यसलाई अङ्गिकार गर्ने गरिएको पाइन्छ । नेपाली साहित्यमा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’लाई आत्मकथाको प्रथम कृति मान्ने गरिन्छ । यो स्वयम् बडामहाराजाले नलेखेर अरूलाई भनेर लेखाइएको कृतिका रूपमा लिइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

(लघुकथा) कामना

  • by

म हिँड्दै थिएँ, बजारको पेटीबाट ।

रक्सी पसलेले मतिर हेर्‍यो र मनमनै कामना गर्‍यो यसले पुरा बोतल रक्सी किने हुन्थ्यो नि !

अलिपर पगेपछि मासु पसलेले मतर्फ हेर्‍यो र आशा गर्‍यो दुईचार किलो मासु किनेर बहुनी गरेपनि हुन्थ्यो नि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मन कार्यशाला

  • by

दुई अक्षर ‘म’ र ‘न’को मिलानबाट मन एउटा शव्द बन्छ । जसको अर्थ भावार्थलाई व्याख्या गर्न सार्‍है कठिन छ । मन के हो ? यो कहाँ छ ?को सँग हुन्छ ? कस्तो हुन्छ ? आदि इत्यादि कुराहरूको उत्तर पाउन सकिदैन । तर पनि मन हुन्छ । मनका वारेमा धेरै कथा लेखिएका छन् । पुराण र उपनिषदमा व्याख्या भएका छन् । ज्ञानी-महाज्ञानी, सन्त-महन्त, तपस्वी-यशस्वीहरूले प्रवचन गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दोलखामा कुमारी भैरव जात्रा

  • by

सत्ता कुर्सीको लागि वाक युद्ध, ध्वंसात्मकयुद्ध अहिले मात्र होइन पौराणिक कालमा पनि बराबर हुने गर्दथ्यो भन्ने कुरा हिन्दु ग्रन्थ पुराणहरूबाट थाहा पाइन्छ । देवगण र असुरगणको युद्ध वर्णन ग्रन्थको आधारमा हाम्रो धर्म, संस्कृति र जात्रा पर्व चलिरहेको छ । दोलखामा यही गन्थको आधारमा केही जात्रा पर्व वाषिर्क रूपमा सञ्चालन भइरहेको छ त्यसमध्ये एक हो कुमारी भैरव जात्रा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

निदाएँ (लघुकथा)

  • by

मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु – केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु – त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु – त्यहाँ एकसाथ आँसु र विछोडको भय छ । आफ्नो शिरबाट अभिभावकको हात सदाका लागि छुट्दा के होला – सोचेर, कलिला नानीहरूको हृदयमा तूफान छ, चोट छ, व्यथा छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भानु चेत जयन्तीमा बाहुन बनाइँदा

  • by

२०६७ आषाढ २९ मङ्गलबार। भानु जयन्ती । भानु चेतलाई बोकेर घर बाहिरिएँ । बिहान ९ः३० तिरै । भक्तपुर, कान्तिपुर, ललितपुर, तीनधाम । यमपुर अन्तिम धाम । यमपुर सायद भानुको पनि पुर । साझा पुरस्कार वितरण त्यही दिन पारिएको । कृष्णचन्द्रसिंह प्रधान साझाको पूर्व अध्यक्ष व्यवस्थापक । दिवंगत प्रधान प्रति १ मिनेट मौन श्रद्धाञ्जली अर्पण । त्यसै अवसरको औसर बन्यो । साझा प्रकाशनले प्रधानप्रति अर्पेको मौन श्रद्धाञ्जली । भानु चेतभित्रबाट टप्केका श्रद्धाभाव । लोकको गरौँ हित भनी ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

घान्द्रुकमा रमाउँदाको क्षण

  • by

वरिपरि डाँडाकाँडाले घेरिएको उच्च पर्वतीय गाउँ घान्द्रुक एकातर्फ डाँडा भरिभरि लालीगुराँस फुलेर रमितलाग्दो देखिन्छ भने अर्कोतर्फ अन्नपूर्ण र धौलागिरि हिमालका श्रृङ्खलाले छरेको शोभाको अनुभूति हुन्छ । त्यहाँको हरियो वनजङ्गलको स्वच्छ प्राकृतिक सौन्दर्य,नागबेली बाटाहरूको दृश्यलाई कुन शब्दमा पो उतार्न सकिनेरहेछ र !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनोरञ्जनको पर्व गाईजात्रा

  • by

नेपालमा वर्षभरि थुप्रै चाडपर्व जात्राहरू मनाउने गरिन्छ । नेपालमा श्रावण शुल्क पूणिर्माको दिन मनाइने चाड हो जनै पूणिर्मा जनै पूणिर्मालाई रक्षाबन्धन पनि भन्ने गरिन्छ । मलमास परेका वर्षमा भने जनै पूणिर्मा भाद्रमा पर्छ । जनै पूणिर्मालाई उपत्यकामा गुंपुन्हिको नामले मनाउने गर्दछन् । यसलाई उपत्यकाबासीहरूले क्वाँटि पुन्हि पनि भन्ने गर्छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सेता गुराँस

  • by

वसन्तपुर (तेह्रथुम) बाट करिव २ किलोमिटरको सडक यात्रा गरिसके पछि हल्का उकालो पहाड सुरू हुन्छ । दिउसोको मध्यान्ह समय भएकाले घाम र पसिनाले उकालोको हिडाइ झन् दुरुह बनाइदिन्छ । रुख आउने वित्तिकै त्यसैमा टाँसिएर उभिने, शितल ताप्ने, पसिना पुछ्ने क्रम वढ्न थाल्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एकताको प्रवचन

  • by

एकता नरूचाउने को होला ? को होला एकताको विरोध गर्ने वा एकता भाँड्ने ! यतिबेला त एकता र मेलमिलापको घनघोर विरोधी पनि एकताको बारेमा अत्यन्त सकारात्मक भएको दावी गर्छ । त्यो पनि यस्तो बेला जतिबेला एकताको व्यापक चर्चा परिचर्चा चलिरहेको होस् ! यस्तो बेला त वर्षौं झगडा गरेर बसेकाहरू पनि एकताको आवश्यकतामा एकजुट हुन्छन्, जुरमुराउँछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नागालैण्डमा कट्टुजात्रा

  • by

लेख्नेहरू हृवात्तै बढेका छन्, हास्य व्यङग्य लेख्नेहरू चाहि स्वात्तै घटेका छन् । हास्य व्यङग्यमै नाम कमाएर राम्रो ठाम पाएकाहरू नै यसैमा लागिरहन सकेनन् । हास्य व्यङग्यमै मात्र लागिरहने स्रष्टा खोज्नुपर्दा त उही बासुदेव लुइँटेल, सूर्यबहादुर पिवा, श्याम गोतामे, प्रकाशपे्रमी आदि जस्तालाई मात्र अघि सार्दा हुने अरू त … यी पनि बितिसके । हास्य व्यङग्यमै नाम कमाएका भैरव अर्याल, केशवराज पिंडाली, श्रीधर खनाल, रामकुमार पाँडे आदिजस्ता स्रष्टाले पनि कसैले कविता, समालोचना, कसैले उपन्यास, पत्रकारिता त कसैले भूगोल र अन्य क्षेत्र समातेर फुल टाइमर हास्य व्यङग्यकार हुन सकेनन् । र पनि अझै पनि भैरव अर्याल, केशवराज पिँडालीको नाम अब्बल नै ठहराइन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जताततै एस.पी. र सिंहदरबारमा शङ्कर सर

  • by

‘सिम्प्ली पास्ड’ को ट्यागमा लघुताभास गर्दै ‘एस.पी.’ हुनुभएको होइन उहाँ ।न त शङ्करप्रसादको पुरातन आग्रहले खुम्चिएर आधुनिक संस्करणमा भयङ्कर कवि ठहरिन नै उहाँले आफूलाई ‘एस्पी’ को स्वरूपमा उभ्याउनुभएको हो । त्यसैले उहाँलाई बुझ्दै जाँदा र खोतल्दै गर्दा ‘सक्सेस एण्ड पपुलारिटी’ को स्वरूपमा उहाँ ‘एस्पी’ भएझैँ देखिनुहुन्छ । अथवा यसो भनौ सफलताको प्रतीकमा उहाँले शङ्करप्रसादलाई एस.पी. बनाए झैँ लाग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भीर-पहिरो

  • by

मुसलधारे पानी परिरहेको थियो । बाङ्गोटिङ्गो चिप्लो पहाडको बाटोमा मानिसहरूको लस्कर हिँडिरहेको थियो – हजारौँ लाखौँ । अग्रभागमा उमेर पाकेका, अनुभवी जस्ता देखिने, हँसिला जाज्वल्यमान अनुहार बोकेका मानिस थिए, पछाडि सर्वसाधारण – हामी जस्ता । मसंग भर्खरै हुम्लाबाट झरेका, चप्पल लगाएका, घुर्मैलो कपडा भिरेका, नेपाली नै बोले पनि त्यति प्रष्ट नबुझिने तर प्रसन्न साथी थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नयराज पन्तको सम्झना

  • by

नेपाली गणित वाङ्मयको क्षेत्रका वरद् पुत्र नयराज पन्त वि.सं. १९७० श्रावण २६ गते आइतवारका दिन पिता कृष्णदत्त पन्त र माता यज्ञपि्रयाको कोखबाट जन्मनु भएको थियो । उहाँ वि.सं. १९९६ देखि अनवरत रूपमा क्रियाशील भएर आफ्नो अन्तिम अवस्था २०५९ कार्तिक १८ सम्म नै शिक्षाको क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँ आफ्नो सम्पूर्ण जीवन शिक्षाको विकास, उन्नयन, प्रगति र नेपाली इतिहासको खोजी, शुद्धिकरण तथा संशोधनमा नै व्यतीत गर्नु भएको थियो । विभिन्न विद्वानहरूका कृतिबाटै प्रष्ट्याइनु भएका नयराज पन्त नेपालका मात्र नभई विश्वकै एक अद्वितीय अन्वेषक, वैज्ञानिक, ज्योतिष तथा पञ्चाङ्गवेत्ता हुनुहुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काष्ठमण्डप कि होममण्डप

नेपालको राजधानी काठमाडौँको नाम काष्ठमण्डपसँग सम्वन्धित छ । प्रचलित कुनै पनि भाषामा ‘काठमाडौँ’ को सोझो अर्थ लाग्दैन तसर्थ पनि काष्ठमण्डप शब्दकै अपभ्रंश वा अङ्ग्रेजी लवज हो भन्न सकिन्छ । यस शब्दको व्यापक प्रयोग अङ्ग्रेजीभाषामा भएको थियो भने पछिमात्रै नेपालीहरूले पनि काठमाडौँ भन्न थालेका हुन् । काठमाडौँको पूर्वरूप काष्ठमण्डप भएपछि यो कति पुरानो वा कहिलेदेखि प्रचलनमा आएको भन्ने सन्दर्भमा विमर्श गर्नु पर्ने हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म्याङ्लुङ अर्थात् बिराले ढुङ्गा

  • by

नेपालको पूर्वाञ्चल क्षेत्रमा पर्ने कतिपय जिल्ला, जिल्ला सदरमुकाम, गाउँ विकास समिति तथा विभिन्न नठाउँका नाम स्थानीय भाषा र संस्कृतिका आधारमा राखिएका छन् । यस्ता ठाउँका नाममा स्थानीय जातिका मिथकहरू जोडिएका छन् । पूर्वाञ्चल विशेषगरी लिम्बू जातिको बाहुल्य भएको क्षेत्र हो । यसैले पनि यहाँका धेरैजसो स्थानका नाममा यही जातिको भाषा, सस्कृति र मिथकमा आधारित छन् । यी ठाउँका नाममा एक किसिमको मिथक जोडिएका कुरा स्थानीय तहमा मौखिक रूपमा हस्तान्तरित हुँदै आएको किम्बदन्तीहरूबाट थाहा पाइन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कमाउन गाह्रो खर्च गर्न सजिलो

  • by

यो संसारमा धनसम्पत्ति कमाउन पक्कै सजिलो छैन । आफ्नो रगत पसिना बगाएर दुःख गरी मात्र दुइचार पैसा कमाउन सकिन्छ । यसको तुलनामा मानिसहरूले आफूसँग भएको धनसम्पत्ति खर्च गर्न भने धेरै सजिलो हुन्छ । धनको विनाश त कतिखेर कहाँ कसरी भइसकेको हुन्छ, चालै पनि पाउँदैन । आफूसँग धनमात्र हुनुपर्छ, त्यसलाई सिध्याउनमा साथ दिनेहरू पनि यहाँ जति पनि भेटिन्छन् । आफ्नो छरछिमेकीदेखि लिएर बाटोमा पाउने मानिसलेसमेत यस कार्यमा हाँसी हाँसी साथ दिन्छन्, खुशी खुशी साथ दिन्छन् । कस्तो मज्जा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •