नेपाली संङ्गीतको यस बर्ष
नेपाली आधुनिक सङ्गीतको आरम्भ भएको एक सय वर्ष पूरा भएको छ । यसबीचमा थुप्रै सुरकर्मीहरू आए र नेपाली आधुनिक सङ्गीतलाई विकसित बनाउन ठूलै योगदान पनि पुर्याए । अनेकौँ शैली, ढाँचा र परम्परा स्थापित भई प्रयोगादि पनि भए । वर्तमान नेपाली सङ्गीतमा यति धेरै विविधता पाइनुमा हिजोको परिश्रम, आजको व्यावसायिक प्रयोग र सङ्गीत उद्योगको स्थापना नै हो । यदि हिजोलाई दृष्टिगत नगर्ने हो भने कुनै पनि विषयको आज यकिन हुन सक्दैन र अधुरो रहन सक्दछ । त्यसैले सय वर्षको अवधिमा भएका साङ्गीतिक सिर्जनालाई यस लेखमार्फत उजार गर्ने जमर्को गरिएको छ ।
