कस्तो रहेछ भन्दै हेरेँ मैले ऐनामा
‘छाया’ मात्रै देखियो तर ‘छायाँ’ त हैन म
ऐना एउटा ‘सत्य’ रहेछ ‘माध्यम’ भए पनि
ऐना एउटा ‘भ्रम’ रहेछ, ‘सत्य’ भए पनि
‘सत्य’ देखि डर लाग्छ तर ऐना हेर्न मन लाग्छ
ऐना अगाडि उभिएर प्रश्न गरेको हुन्छु
म को हुँ ? के म यै हुँ ? कि अर्कै हुँ ?
यस्तै थिएँ र पहिले ?
के सधैँ यस्तै रहन्छु ?
बोल्दै बोल्दैन ऐना, रिसाएर हान्छु
टुक्रिन्छ तर बोल्दैन, फेरि भुइँमा फाल्छु
फुटालेँ ऐना झन् धेरै भएँ म
मेरै थिएँ म, आखिर मेरै भएँ म
धेरै देखिएँ टुक्राहरूमा तर धेरै रहेँनछ
ऐना मात्रै फुटेछ, टुक्राटुक्रा त भएँछु
‘आकृति’ मात्रै पो देखियो खै म कहाँ देखिएँ
खोज्दै आफूलाई, धेरै बेर ऐना अगाडि उभिइरहेँ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *