Skip to content

दिलकी रानी चुनेर बसेँ प्रिया

  • by


यादहरूलाई फूल बनाई उनेर बसेँ प्रिया ,
तिमीलाई नै दिलकी रानी चुनेर बसेँ प्रिया ।

छचल्केर पोखिँदा नि, मदमत्त बैँस यो,
तिम्रै माया बाँध लगाइ, धुनेर बसेँ प्रिया ।

छुराले झैँ कुरा काटे, जताततै तिम्रा मेरा,
ती छुराको घाउ आफैँ, तुनेर बसेँ प्रिया ।

रोमियो-जुलियट, लैला-मञ्नु अमर प्रेमकथा,
तिनै कथा मनमनै, गुनेर बसेँ प्रिया ।

विरक्तिँदा मेरो मन, अताल्लिँदा झन्,
सम्झनाको जाली रुमाल, बुनेर वसेँ प्रिया ।

सुनसान एकलरातमा, सङ्गीत भरी पातमा,
तिनै पातमा भरेको धुन, सुनेर बसेँ प्रिया ।

-नारीकोट-३, प्यूठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *