फूल-
बोटमै फुलिरहन दिनु कि,
जीवनका उत्तापलाई छुन दिनु
अर्थको बोध
साँघुरो बासनाको ओतमा
लत्रक्क नुहिएर घाममा
भ्रममा उडेका उडनतस्तरी भएर
बरालिन्छ-मनसँग ।
सौन्दर्य-पर्यटक-यात्रा,
फूलको बोलावाला-
सघन मस्ती-
हर्लक्क सप्रेको- मलिलो जमिनमा-
सुन्दरताको अपरिमेय बटुलेर ।
फूल-आँखा भरिभरिहरूमा
सम्हाल्नुपर्ने बिस्कुन Û
फूल- धेरै वर्ष पहिले
बारीमै – फोटो खिचेर
शुभकामना कार्ड बनाई
बेचियो पटककौँ पटक
गुलामहरूको हातबाट
सलामी सौगातको नाममा ।
पत्रिकाका रङ्गनि पृष्ठहरू
आज पनि फूलको स्वागत गर्छन् ।
फूलसँग साइनो जोड्दा
मान्छेहरू-
कुम उचाल्दै खिलखिलाउँछन् ।
फूलको रङमा
रङ्गाउँछ चित्र चित्रकारले
अललिल्लिने कलाकारितामा
कत्ति महँगो बन्छ सघन पोटे्रट
यतिखेर
उत्ताउलिँदारहेछन नाङ्गा क्यानभासहरू पनि ।
बूढो पत्रकार-
फूलको ओइलाउँदो जवानीलाई
चाउरी परेका हातले
सुम्सुम्याउँछ-मायालु स्पर्श ।
कठैबरा र्झन लागेछ
उसको सहानुभूतिले
फूलका पत्रदलहरू चलमलाउँछन्-
बित्थामा-फगत् बित्थामा ।
गलामा फूलको माला सजाएर
मुसुक्क हाँस्छन् सब कोही
ओइलाउँदै जाँदा फूल
फैलिँदै जान्छन् खुसीहरू
पहिरेर मालालाई भोग्नेहरूका ।
सूत्राधार वाल्ल पर्छ
फूल टिप्नु कि,
बोटमै रहन दिनु ?
फूलले पूजा गर्नु कि,
फूललाई पूजा गर्नु ?

-विराटनगर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *