हिलोको बीचमा फक्रेको पङ्कज
अनि आँखामा देखापरेको चाँदीको घेरा
बादलमा रुमल्लिएको मन
मनका मन्दिरहरू
मन्दिरजस्तै अरू पनि मनहरू
फूल र भँवराको सम्बन्धमा
तेत्तीसकोटी देवताहरू!
म त केबल एउटा घण्ट
धूप, बत्ती र नैवेद्यको बेलामा
कसैले रालोले हिर्काइदिँदा
एकछिन थर्कन्छु
ढ्वाङ…..
अनि केहीबेर गुञ्जन्छु
रिनिनिनी….
सबैको असीम खुसीका लागि ।
गाउने रहर हुँदाहुँदै पनि
कसैको भक्तिगीतमा भरेको सङ्गीतसँगै
रालो हल्लाइदिँदा
एकछिन थर्कने अनि केहीबेर गुञ्जनेबाहेक
के नै पो गर्न सकेको छु र
बबुरो निर्जीव घण्ट Û
सबै मनले कल्पेका कल्पनाहरू
देवी, देउराली भाकेका भाकलहरू
पूरा गराउन वा भइसकेपछि पनि
मन्दिर धाउने मन मन्दिरहरूको
धूप, बत्ती र नैवेद्यको बेला
कसैले रालो हल्लाएपछि
ढ्वाङ्ङ…..
रिनिनिनी….
मुक साक्षीको रूपमा
तथास्तुको गुञ्जन दिनु मेरो कर्तव्य
गीत र सङ्गीतले लुकामारी
म केबल एउटा घण्ट!

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *