Skip to content
MediniPrasadSharma


अधिक मासका साथ, प्रमादी नाम संवत
नाम सार्थक पार्दैछ, देखाई शक्ति वर्कत ।।
कोरुना रूप दावाग्नि, लागेको छ भवाटवी
पुटपाक भएको छ, उत्साही भावना दवी ।।१।।

दैवी प्रकोप भू-कम्प, बाढी पैह्रो र कोरुना
गन्तव्यस्थलमा पुग्न, चलेका यात्रु वाहन ।।
भई दुर्घटना कोही, भएका छन् हताहत
कोही गम्भीर घाईते, भए कोही दिवंगत ।।२।।

विस्थापित भई कोही, सक्दैनन् पोख्न वेदना
सुनी भन्छन् दुई कान, क्षणभङ्गुर जीवन ।।
पुनर्जीवनका लागि, मिर्गौला मुटु फेर्दिने
लामो दुरी हटाएर, धर्ती आकाश जोड्दिने ।।३।।

वस्ती लायक छ छैन, चन्द्र मङ्गल हेरने
सामरिक हतियार, नव-निर्माण गर्दिने
वैज्ञनिक चमत्कार, देख्दा प्रकृति नै जिते
ईश लिला कहाँ कस्ले, कसरी जित्न सक्दथे रु।।४।।

वैज्ञानिक गए कहाँ रु वुद्धि तौल्दै छ कोरुना
नगरे औषधी खोज, विज्ञता के प्रयोजन रु
गरी औषधिको खोज, गर चाँडो परीक्षण
गरिँदैछ भने खोज, पूर्ण होस् शुभकामना ।।५।।

नआत्तिई लिए धैर्य, शान्त हुन्छ सँधै मन
उपन्यास कथा काव्य, पढे छ मनरञ्जन ।।
चिन्तामा जिउँदो जल्छ, चितामा लास जल्दछ
सावधान भई पैल्यै, कोरुना जित्न पर्दछ ।।६।।

हिन्दुको छ महान् चाड, नेपाली घर आँगन
आङमा घाम लाग्दैनन्, त्रस्त पार्दैछ कोरुना ।।
नेपाली सबको पीर, चिन्ता र दुःख पीडन
हटाई तिमिले देवी १, गर मङ्गल रक्षण ।।७।।

मेदीनी प्रसाद शर्मा
चुँदेली, भानु-६, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *