Skip to content

कविता

चेतनदीप

एक पोल्टो खुशी बटुलेर
दूधे बच्चाको ओठमा
फुलाएर मखमली
पाखामा डुल्छन् पाखुरीहरू
आँखामा झुल्छन् सौम्य कपनीहरू
रम्छन् स्निग्ध चौतारीमा
चम्कन्छन् तब ओठ दौँतरी साथमा
सपेटी पारेर पौरखमा खुट्टा टेक

आऊ हामी स्वार्थ मिलाऔं

आऊ हामी स्वार्थ मिलाऔं
मेरो एउटा स्वार्थ
तिम्रो अर्को स्वार्थ
एकै भाँडोमा खन्याएर
नापौं, जोखौं र
स्वार्थी दुनियाँमा
यसको मूल्य खोजौं ।

खुल्ला किताब

मझेरी अनि नेटका भरी मेरा छन् विचार,
खुल्लम खुल्ला आँकेको मैले शिक्षाको प्रचार ।
निःशुल्क पढ्न सबैका लागि मेरा छन् किताब,
छैन नि कतै भलाइ गर्दा पाइने खिताब ।
तैपनि भीत्रै छुनाले गर्दा गरेको लेखनी,
पढ्नू न सबै उर्जाका लागि जसरी जेगरी ।।

यो समय

यो समय कुलमान, भावुक हुने बेला होइन
नत सत्ताबाट कुलमानको बहिर्गमनमा
शोकका आँसु बगाउने
या
ठग र चोरहरुको साम्राज्यभित्र
कुलमान घुसाउन
भएभरको बल लगाउने समय हो।

BhavKesharBaral

विद्यालय जानु छ

विद्यालय जानु छविद्यालय जानु छ कसरी पो जाने हो
किताब कापी लानु छ कसरी पो लाने हो
मोटर चढी जाऊँ कि हिँडेर नै जाने हो
फर्किएर घरमा कसो गरी आउने हो ?

साथीभाइ मिलेर रमाउँदै पढेको
सम्झना छ मलाई खेल्दा खेल्दै लडेको
अब फेरि कहिले विद्यालय जाने हो
बाँडीचुँडी सबैले खाजा कैले खाने हो ?

मलाई बोल्न देऊ

मेरै मातृभाषामा मलाई बोल्न देऊ
तिमीले नबुझे पनि इशारामै बुझाउँला म
मैले ओढ्ने बर्कोमै तस्वीर खिच्न देऊ
तिमीले नचिने पनि मुस्कानले चिनाउँला म

मेरै टुङ्नामा गुनगुनाउन देऊ
तिम्रो मुटु भरिने गीत गाउन सक्छु म
मेरो बस्तीमा मेरै रीत चलाउन देऊ
जुनी जुनीसम्मलाई प्रीत लाउन सक्छु म

प्रतीक्षा

खुशी ! म कहाँ आऊ है
कति प्यारी तिमी ।

उनले भनिन् तिमी पढ म आउने छु
मैले पढे तिनी आइनन्
उनले वाचा गरिन् राम्रो जागिर खाऊ म आउने छु
मैले जागिर खाए तर तिनी आइनन्

विद्वान अब लौ भन ?

कोरोना भन्छ टाढा जा, हुन्न छुन कसै कन,
छोइएमा नुहाएर, बस शुद्ध बनी कन !

छुवाछूत निषेधै हो, हुन्छ छुन सबै जन,
भन्छ कानून केगर्ने, विद्वान अब लौ भन ?

SadhanaJha

कोही

उ पर आकाशमा नियालेर हेर्दा
ताराहरुझै मानिसहरू छरपस्ट छरिएका छन्

कोही अह्मको दुनियाँमा जलिरहेका छन्
कोही स्वार्थ सिद्धिको लागि लडिरहेका छन्

RamPrasadGautam

आज जानलाई जिद्दी नगर

गोधूलि यो साँझलाई आज मेरो साथमा
वच्चा जस्तै तिमीलाई राख्ने चाह काखमा
फेरि कहिले भेटने हो छैन केही तिम्रो भर
आज जानलाई जिद्दी नगर ।

मलाई तिम्रो प्रतिक्षामा राधा वन्ने मन छैन
सधैं तडपिरहनेलाई प्रेम भन्न तयार छैन
सँगै हुँदा साथलाई साथ दिने कुरा गर
आज जानलाई जिद्दी नगर ।

ढुङ्गाे हाे कि मन तिम्राे

ढुङ्गो हो कि मन तिम्रो, बुझ्दैन भावना यो मनका
देखाऊँ कसरी भन माया सपना मेरा यी नयनका
ढुङ्गो हो कि मन तिम्रो….

म माग्ने छैन सुख नै सुख, दुखमै बाँचौंला
कति झर्लान पिएर आँशु एक छिन हाँसौंला
गोरेटोभरि काँडा नै काँडा मेरो यो जीवनका
छ बिन्ती मेरो बुझ न भावना प्रिय यो मेरो मनका
गोरेटोभरि काँडा नै काँडा ..

मेरी धर्मपत्नी

जब दिनभरि काम गरेर
अनि रातमा गलेर
म घर आउछु ।
तब म सबैभन्दा पहिला
आफ्ना औलाहरू उठाएर
उनका ओठहरुलाई सुम्सुम्याउँछु
मायाले छुन्छु उङ्को दिल
अनि उनका हरेक सम्वेदनशील अङ्गहरू थिच्छु

पिता

म पाँच वर्षको हुँदा बुबा भनेर चिन्दथें
समुद्र भित्र प्रेमको डुवेर स्नान गर्दथें
म ढुक्कले जहाँ तहाँ घुमेर खेल्न सक्दथेँ
जहाँ विपत्ति आउदा पिता भनी पुकार्दथेँ।१।।

हजूरबासँगै म वस्तुहेर्न खूब धाउँथे।
सिकेँ अनेक ग्रन्थ पङ्क्ति छन्दमा म गाँउथे
सुने कथा अगाडिका विपत्तिका र हर्षका
अनेक यत्न पुत्रका, चरित्रका सुमार्गका।।२।।

BikashChamling

मेरो कलम

मेरो कलम
कुनै बृद्धले टेक्दै हिडेको लौरो
ढुङ्गाहरूका कापमा फसिने
लम्की नसम्झिनु,

नयाँ नियुक्त कर्मचारी
कार्यालयभित्र छिर्नासाथ
हाकिमको अगाडि
थर थर काप्ने खुट्टा नसम्झिनु,

हजुर बिना प्राण छैन

हजुर बिना प्राण छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

अरुकै बारीमा फुलेँ कि भमरासँगै झुलेँ कि
हजुरको मन दुःखाई पराईसँग भुलेँ कि
हजुर बिना चैन छैन, कसम हजुर
कसरी विश्वास दिलाऊँ, खसम हजुर

यात्रा रहेछ जिन्दगी

यात्रा रहेछ जिन्दगी
जन्मे हुर्केर बढेपछि
निरन्तर हिडिरहेछ जिन्दगी
जिन्दगी न हो,
कसैलाई थाहा छैन
कतिलाई वास्तै छैन
कहिले कहाँ पुग्छन्
कहिले कता पुग्छन्
कहाँ पुगेर अन्त्य हुने हो
अनत: जिन्दगी ।

थैली हाँस्यो मुसुक्क (बालकविता)

चोलीबाट झिकेर पैसा राख्न खुसुक्क
जुँघा तानिन् आमाले थैली हाँस्यो मुसुक्क

धान बेची बज्यैले दुईचार पैसा कमाइन्
फुर्के डोरी तानेर पैसा राखिन् रमाइन्
पैसा राख्ने बेलामा भाइ बस्यो टुसुक्क
जुँघा तान्यो भाइले थैली हाँस्यो मुसुक्क

BSNirab

कोभीड युद्ध

जप्दै अहिंसा अब बुद्ध मान्छे
लड्दैछ तेस्रो नव युद्ध मान्छे
न शस्त्र अस्त्रै न त बारुतै छ
विषाणु लड्ने पथ मारुतै छ ।।१।।

मारेर हाँसो डरको कजाइँ
पारेर पाशो यमको रजाइँ
विषाणु त्यो को भीड नाच हेर
नाच्दैछ सिङ्गो जग–मा–र–मेर ।।२।।