Skip to content

कविता

हामी नेपाली हाम्रो नेपाल

नेपाल हाम्रो साझा फुलबारी हामी नेपाली सयौंमा थरी
अनेक रङ्ग विरङ्ग भएकै सौन्दर्य भर्ने भाव हो एउटै
अनेकतामा एकता ल्याउने शान्त र सभ्य देश बनाउने
दाजु र भाइ, दिदी र बहिनी एउटै परिवार हामी नेपाली
सुन्दर र शान्त हाम्रो यो देश, हाम्रो नेपाल हाम्रो छहारी ।

बाह्र महिना

वैशाख लाग्दा रुखैरुखमा
पालुवाको खानी
जेठ हिँड्छ चर्को घाममा
न्यास्रो मानी मानी

पानी पर्दा ओढ्ने छाता
असारमा चाहिन्छ
साउनको सङ्क्रान्तिमा
तिउरी लाउन पाइन्छ

प्रवास र अनुभव

लहडको बालपन त्यहीँ बित्यो माटोसँगै रमाई
प्रकृतिसँगै खेल्दै लुकामारी किशोरवय बिताई
सप्त सिन्धु कयौं योजन पारी कर्मले डोर्‍यायो
गन्ध मिठो थ्यो आफ्नै भूमिको भाग्यले छुटायो

सुखमा भुले नि सबै त्यागे पनि झनझनै पर पर
प्रवासमा जिउनेलाई सोध है देश माटाको प्यार
दुख्दछ कति कति पीडा हुन्छ झनै प्रवासीलाई
थाकेको बेला खोज्दा काहाँ पाउँछ प्रियसीलाई

कसरी याद नआउला है प्यार आफ्नी आमाको ?
कसरी याद नआउला आफ्नो यो जन्मभूमिको ?
गन्ध त्यो सुगन्ध माटाको नै को बिर्सन सक्छ र ?
दुःखमा कस्ले दिन्छ प्रवासमा माया आमा सरह

२०७७/०३/३ गते

सानेको सानो व्यापार छ है

गाह्रो साह्रो उधारो चलेको चलन छ है रीति
पालो पैँचो मिलेमतो छ गज्जबको संस्कृति
भावनामा साने दिवास्वप्नमा रमेको छ अति
सानेको सानो व्यापार छ है त्यसैमा समृद्धि

जो जसलाई जे जे चाहियो उधारोमा लग्यो
मस्तको व्यापार छ साने समृद्धि अब जाग्यो
टन्नै खान पुग्दछ भन्छ गर्न मनोरञ्जन पनि
सानेको सानो व्यापार छ है उ खुसीसुखी नि

जम्मै पार्दछ थरी थरीका सामान नौला नौलो
देख्छ साने भविष्यमा उस्को व्यापार सुनौलो
ढाक्रे लगाउँदछ बोक्न सामान खोजी खोजी
सानेको सानो व्यापार छ है मस्तको जिन्दगी

२०७७/०३/३ गते

प्रिया

बोल्ने इच्छा झटपट भयो, साथ खोज्छु म तिम्रो
किन एक्लोपन हुन गयो, दिक्क लाग्दैछ कस्तो
कोरोनाको कहर बढ्यो बढ्दै त्रासमैं मानिस छन्
सारा हाँस्दा खै अभयसित पोल्छ छाती झन झन

टिलपिल भो आँखामा अश्रु याद आयो सतायो
प्रिया तिम्रो नजिक हुन खै! कस्तो बार लगायो
प्रिया कैल्यै छटपटी नहोस्,शान्ति छाओस् तिमीमा
आशा गर्छु मुसुमुसु खुसी, कान्ति छाओस् तिमीमा

धैर्यता राखेर मनभरी हृदयमा खुसी अपार भर
कर्मै भोग्दैछौं यस्तो जे लेखिएको छ भोग्दै गर
साथी हाँस्छन् खितखित सधैँ साथ मिल्ने सबैको
प्रिया समिप नहुँदा किन यो स्वाद खल्लो भएको

प्रिया झट्टै सब बुझ तिमी, हुन्न सोचेर मात्रै

गाँस खोसिएकाको पीडा

जब गाँस खोसिएकाहरुले शीर उठाउने छन्
तब गाँस काट्नेहरुको शीर निहुरिने छन् ।१।

जब इमान्दारहरु सम्मान खोज्न थाल्ने छन्,
तब नैतिकता गुमाएकाहरु बेइमान कहलाउने छन् ।२।

जब बहानाका पोकाहरु हलुका बन्ने छन्,
तब आफ्नैको तौल खोज्नु पर्ने बाध्यता आउने छन् ।३।

जब सत्यवादीहरु जुर्मुराएर बोल्न थाल्ने छन्,
तब बजारमा तिम्रा झुठा आदर्शहरुको निलामी हुनेछन् ।४।

जब बेइज्जत गरिएकाहरु छाती फुकाएर सम्मान खोज्ने छन्,
तब बेइज्जत गर्ने ‘नायकहरु नालायकको संज्ञा पाउने छन् ।५।

जब इज्जत भएकाहरुलाई इज्जतको चिन्ता हुन थाल्नेछ,
तब इज्जत गुमाउन बाध्य पारिएकाहरुको पीडा थाहा पाउनेछन् ।६।

श्रम र जीवन

श्रम मेरो अथक मूल्य तोक्दछ अर्कैले यहाँ
कर्म मेरो भाग्य उस्तै अर्कैको खुल्दछ यहाँ
न पाए श्रमको मूल्य न बुझ्दछ श्रम महिमा
न जाग्यो उर्जा श्रमजिवीमा न आयो चेतना

श्रम गर फलको आशा नगर भन्दै हुर्कियौं
श्रमै लाग्छ मिठो श्रमका मिठा फल खायौं
श्रमको मर्म महत्व ठुलो बुझ्ने खै मालिक
श्रमै हो उर्जा जगाउने उजेलो सूर्यकै सरह

कोही भन्छन् कर्म गर फलको आस त्याग
कोही भन्छन् छोड सबै कर्मको नै पान गर
श्रम दुःख होइन यस्को मूल्य महिमा छ ठुलो
श्रम के हो खै ? श्रम गर्नु भनेको कर्मै गर्नु हो

कर्म गर्नु दुःख हो भने श्रमको अर्थ दुःख हो ?
सार्थक गर्दा कर्म श्रमले उचाई पाउँदछ त्यो

आफ्नै लाग्दैछ प्यारो

कोही छैनन् मर्म बुझ्ने कतै कतै आफ्नै भन्ने त कतै
कोही छैनन् कर्म बुझ्ने कतै आज खान भन्ने त यतै
मेरो देशको सद्भाव करुणा सामिप्यता जो थियो
आफ्नै लाग्दैछ प्यारो हिम चुचुरा नभन्नु है बिर्सियो

फक्रदै फुल्छ हराभरा मनमा लालित्यको जिन्दगी
निस्की हिम पहाडबाट सिंचित गर्छिन् सरिता बगी
आएरै यतैछु प्रदेशमा कर्म थलो यहीँ नै बन्यो मेरो
आफ्नै लाग्दैछ प्यारो फाँट हरिया नभन्नु है बिर्सियो

समथल छ मधेश फाँट हरिया पहाडका वनजङ्गल
हिम चुचुरा छन् उत्तरैबाट बग्दछिन् सरिता कलकल
रसिलो त्यो जल सम्झे सम्झन्छु बालपन जो बित्यो
आफ्नै लाग्दैछ प्यारो साह्रै समाज नभन्नु है बिर्सियो

नेपाल नौलो भयो

भाषा भेषभुषा समस्त जगमा संस्कार भिन्नै सुने
खोजे अन्त कतै मिलेन समता हाम्रा यि जस्तै हुने
मान्छेको मनमा छरेर ममता सम्बन्ध गाँस्दै लयो
जाती वर्ण अनेक धर्म रहने नेपाल नौलो भयो

पूराना मठ मूर्ति अद्भुत बने पाइन्न अर्को नयाँ
गुम्बा मन्दिरले पुरै छ भरिलो यो सिद्ध संसारमा
मेरो देश विशाल भूचित्र भित्रै आकार सानो छयो
शिल्पी हात कुँदेर विश्व चिनियो नेपाल नौलो भयो

हावामा मिसिँदा खुला प्रकृतिको वास्ना र उन्मादता
चुम्ने डाह गरी उडेर भमरा चाहार्छ कान्ला गरा
फिर्दा मास रुपै बदल्छ ऋतुले साया लुकाई गयो
सारा सृष्टि समष्टि संगम थलो नेपाल नौलो भयो

रोप्दा धान किसान खेत तलको भाका झिकी गाउँदै

janardan

झुसिल्किरा

छन्दः बालाेरी
**************
ठूला ठूला नाङ्लाभरी
के ल्यायौ हातमा ?
हेर्न जाँदा झुसिल्किरा
किम्बूका पातमा ।।

किन ल्यायौ झुसिल्किरा
किम्बुका पातमा ?
छोयो भने नराम्ररी
झुस बिझ्छ हातमा

जुनी फेरी पुतली भई
उड्न थाल्छ झुसिले
रेसम किरा भएर
नाच्न थाल्छ खुशीले

किम्बुको पात खाँदै
झुसिल्किरा बढ्यो
हेर्दा हेर्दैं खोलभित्र
लुक्न पो थाल्यो ।

कोरोना छायो औँशी ल्यायो

कोरोना छायो औँशी ल्यायो पुर्ने कहिले छाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

हाँस्ने चाह छ सबैको, रुने कसलाई मन छ र
मुटु नै मिची छातीमै थिची हाँस्नु पर्यो तर
कोरोना आयो आँसु ल्यायो हाँसो कहिले पाउने हो
आयो शिशिर प्रकृतिमा वसन्त कहिले आउने हो

हावा

संसार हावामा अडेको छ
आजका मानिसहरू
हावामै आश्रित भएको देख्दा
हैन कसरी भन्न सकिन्छ र ।

जिन्दगीलाई थामेको छ, उडाएको छ हावाले
कसैलाई माथि पुर्याएर, कसैलाई पर पुर्याएर
मानिसका कर्म अनुसार
कहिले सुगन्धको, कहिले दुर्गन्धको

यात्रा कालि(महाकाली )को तीर

भाडाभरिका सपनाहरू
सत्यतामाथी लागेको दागहरुको बिपना
शितको आशीर्वाद सङ्गैको बिहानि झुल्को
पारी डाडामा डुब्न लागेको सुर्यको रातो प्रकाश
जस्ले तातोपनाको आड भन्दापनि रातका
ती अनगिन्ती सपनाहरूको संत्रास फालिरहेकोछ।
हिजो र आज अनि भोलि सपना फरक भएपनि
ती दाग मेटाउने भावना अनिद्राको साथ भैरहेकोछ।

खण्डखण्ड परेको दार्जुला जहाँ म
कालि(महाकाली )को पुर्बी मुहानमा बसि सुकेको आत भिजाउन चाहान्छु।
व्यास मन्दिरमा दर्शन गरि
कालापानीको शिरमा बसि मन लाग्ने गित गुनगुनाउन चाहान्छु।
लिपु भञ्ज्याङ् मा स्वतन्त्र भै बास्ना छरिरहेका ती अन्जान फुलहरुसङ्ग मितेरी लगाउन चाहान्छु।

यहाँ मज्जा नै मज्जा छ

चलचित्रको अधबैंशे नायकलाई मस्किदै दाइ भन
पल्लाघरे ठिटौले दाइलाई ठुस्किदै अंकल भन
मज्जा नै बेग्लै छ हे उरन्ठेउला तरुनीहरू हो !
नजिकको तीर्थलाई हेला गर
बिरबले खिचडीमा आँखा तरी मर

त्रिशुलीको तिरैतिर…

प्रकृतिको अनुपम उपहारको रुपमा,
दूर कतै हिमखण्डबाट झरेकी,
कलकल गर्दै कञ्चन रुपमा बगेकी,
सयौं कथा र व्यथा बोकेर,
अविरल चिर्दै पर्वतको छाती,
अघि बढिरहेकी पवित्र ती त्रिशुली,

लेखक, कृषक र चिकित्सकहरु

मैले कविता लेखेको
आज दुई चार वर्ष भयो
मानौ,
होलान सायद, त्यसमा
हजारभन्दा ज्यादा असरदार कविताहरू
कलम विचारहरुको सर्वोत्तम हतियार हो
त्यस्तै
सञ्चार माध्यम, सूचना समचार

VideoCapture_20190713-091220

डुबानको अनुभव

वर्षा बर्सन्छ झरझर यो मनमा चिसो पस्दछ
डुब्दछ कि यो कर्मथलो रौतहट त्रासै जाग्दछ
डुबेको भोगेको छु दुःख, जलमग्न देखेको छु
कर्मको आशा भत्केको पीडा कष्ट भेटेको छु

न नाघेर जान सकिने न फड्केरै तर्न सकिने
कस्तो भाग्य विचित्र न टारेर पर सार्न सकेने
प्रवाह जलको मन्द मन्द सतह बढ्दै गएपछि
डुब्यो डुब्ने भो बसेथे जन शिरमै हात राखी

असार मास हर्षले किसान खुसी हुने समय हो
डुबानको साह्रो कहरले सातो लान्छ रौतहटको
डुब्छ घर एक तला डुब्छ सारा सामान जे छन्
डुबान भो भाग्य पिडा वर्षपिच्छे वर्षातमा झन

सारा डुब्दछ बोट वृक्ष बुट्यान सरी नै लाग्दछ
सिन्धुझैं जलमग्न देखेर सातोपुत्लो नै भाग्दछ

विजय हाँसिल गर्नु छ

जितको खोजिमा छ मानिस खोज्दै सारा बचाउन
विकल्प खोजिमा छ मानिस खुलोस् है लकडाउन
सहेरै बसे निर्माताहरू बेकाम भोकै भई घर घरमा
ठप्प हुँदा व्यापार उद्योग छ शून्यता साह्रो सहरमा

राज्यकै आशा गर्छन् निर्माता कामको खोजीमा छन्
खल्ती रित्तो रित्तो भयो जनता स्रोतको खोजीमा छन्
सहज छैन जनमा बन्दाबन्दीको बिकल्प खोजौं अब
पीडा छ नागरिकमा कसरी भोक सहेर बस्दछन् सब

राहत माग्न छाडे भन्दैछन् कर्मशील वातावरण देऊ
भन्दैछन् तिर्छु कर राजश्व उद्यमशिलता बढाइ देऊ
कर्मवीरका पाखुरी खियाउने कर्मशाला बनाइ देऊ
दायित्व राज्यको अभिभावकत्व संरक्षकत्वको लेऊ

नागरिक अधिकार कुण्ठित नगरि देऊ है सुशासन