Skip to content

कविता

खडेरी

मनसुनका समयमा
खडेरी असम्भव होला
के भन्न सकिन्छ र खै
तर यता भावनामा
खडेरी पर्न सक्छ ।
तरङ्गित मनमा उत्ताल वेगहरू
छालसरी एकपछि अर्को गर्दै
सधैं आउँछन् भन्ने के छ ?

साँढेजात्रा

विश्वभ्रमणमा हिँडेका अदृश्य विषाणुहरू
उन्मत्त साँढे बनेर
चोकचोकमा डुक्रँदै–गर्जदै
उग्राइरहेछन् ।

ब्रह्माण्डको भाले बनेर
अहङ्कारमा मच्चिएको मान्छे
घरघरमा थच्चिएर

सरकार, कुर्सी र राष्ट्रियता (गाइजात्रे प्रहार)

विकास गर्छुभन्दा भन्दै दशौ दशक बितायौ,
सबै नेपाली जनतालाई त थाग्नामै सुतायौ।
कति सहनु हामी,
सराकारी कर्मचारी को दुख दिने नीति,
अनि मन्त्रीको भ्रष्टाचार गर्ने राजनीति।
कति दिन्छौ पीडा सरकार, कति दिन्छौ पीडा?

वैरीलाई भगाउनेछन्

अज्ञानको छ निद्रा निद्रा टुटाउने छन्
हाम्रा युवाहरूले देशै उठाउने छन् ।।

बाँझो भयो धरा यो आई यतै जुटेमा
हज्जार पाखुराले बाँझो फुटाउनेछन् ।।

बहुतन्त्र

सर्वभक्षी हन्तकालीले
हाँग्राले पाँग्रा हसुरे झैं
दन्ते कथाको राक्षसले
फलामे चिउरा चपाए झैं
भेटे जति हसुरिरहेको छ
पाए जति पिइरहेको छ
लुकेर होइन, दिनदहाडै

प्रकृति

जगतभर रहेको जैविक र अजैविक तत्व नै हो प्रकृति
छन् सारा प्राणी, रुख, वृक्ष अनि वनस्पति
उपलब्ध छन् यहाँ अपार जलस्रोत, वनजङ्गल, हिमशृङ्खला आदि
तसर्थ यस जगतको सौन्दर्य हो प्रकृति ।।

विवश ममता


टन्न स्तनपान गराएर
न्यानो कपडाले बेरेर
रुन्दै तिमीहरुले भेट्ने गरी
बाकसमा सुरक्षित राखिदिएको
ममता नजागेर होला?
ए मान्छेहरू हो!
बिचरीको विवशतालाई पनि बुझिदेऊ

ढुकढुकी

भनिदेऊ न तिम्रो पनि बढ्छ ढुकढुकी
मेरै जस्तो राग छ कि छैन प्रीति रती

तिमी हाँसे हिमाल झैं मन मेरो हाँस्छ
दुख पीडा मनका सारा तिमी देखे भाग्छ
नयाँ लहर नयाँ जोश नयाँ जाँगर फल्छ
निभ्दो बत्ती चम्किएर आभा नयाँ दिन्छ

बचौँ, बचौँ आफू

बचौँ, बचौँ आफू नि बचौँ कोरोनाबाट बचौँ
बचाऔँ अरुलाई नि कोरोनाबाट बचाऔँ

हात राम्ररी नधोए जानौँ कोरोना सर्छ है
राम्ररी पकाई खाए बुझौँ कोरोना मर्छ है

कोराना महामारी

तहल्का छ कोराना को
विश्व भरि आज भोलि
मानौ उसले पड्काई रा’छ
भाइरस रुपि बम गोली

भयाभह छ चारैतिर
अन्योलमा छ परिस्थिति
सारा विश्व उजाड पार्ने
देखाउदै छ मनस्थिति

एउटा अनौठो कैदीडाँका र लुटेराविरुद्ध युद्ध

असङ्ख्य हत्या-हिंसा लुटपाट
अनि जघन्य अपराधको अवियोगमा
एउटा गुन्डालाई जेलचलान गरियो
र थुनियो जन्मकैद कारागारमा !

कविहरूले के के लेख्छन्

फूलबारी देख्दा फूलकै
नदी देख्दा नदीकै
चियाबारी देख्दा चियाबारीकै
मदिरा देख्दा मदिराकै
तरुणी देख्दा तरुणीकै
केही देख्नै हुँदैन् त्यसैको बारेमा
सबै कुरा लेखिहाल्छन् ।

देशको भावना (पञ्चचामर छन्द)

बनेर भाव देशको तरक्क आँशु भेलझै
विहानी फुल्छ कोपिला सजाइ राख्नु दीलमै

चिरेर खान्छ देश ऊ थिचेर जाल प्राणकै
चुसेर रम्छ शीरमा अनेक दाउ सम्झदै

गोरखा जाने बस

यति खेर
म गोरखा जाने बसभित्र छु।

यो बस पार्कको प्रस्थान बिन्दुमा
मेरो मातृबसको हर्न बज्छ,
अनि
म सम्झन्छु –
धुन तुरुरुँ, धुन तुरुरुँ शैलीमा बजिरहने
लाटो दमाईंको नरसिंहा ।

पर्दा पछाडिको संसार

पर्दा पछाडि छोपिएका अदृश्य सर्जकहरू
लय र शब्दको गुच्छा गुँथेर संगीताञ्जली अर्पिन्छन्
मृदुल झङ्कारहरू सांगीतिक नाङ्लोमा निफन्दै
ब्यथितका वेदनाहरुमा मलमपट्टी गर्छन्
पर्दा पछाडि लुकेका कर्मठ बादकहरू
मधुरता मथेर मोहिनी अत्तर छर्किन्छन्

पानी (बालकविता)

जस्तो पनि बन्न सक्ने कस्तो आनी-बानी
कहिले हिउँ, कहिले बाफ कहिले तरल पानी

पौडी खेल्न नुहाउन र तिर्खा लाग्दा पिउन
पानी नभई सम्भव छैन जीवन त्यसै जिउन
यही पानीले पोल्छ कहिले, कहिले शीतल हुन्छ
यही पानीले फोहोर ल्याउँछ यही पानीले धुन्छ

तिमी

तिमी को थियौ र को हुने छौ त, मलाई थाहा छैन
मलाई यति थाहा छ तिम्रो सुनौलो वर्तमान छ

नदी झै निश्चल
हिमाल झै शालिन
अनि अति नै प्रफुल्ल
एउटा सुन्दर उदाहरण हौ तिमी
तिम्रो विश्राम समाजलाई घातक हुन सक्छ …

देशभक्ति

देश दुखेको कुरा
माटोको माया लागेको कुरा
देशभक्ति र आदर्शका कुरा
आन्दोलन र विद्रोहका कुरा
जति नै पटक गरे पनि
माटोले माया नपाउने रहेछ
मेरो देशले माया नपाउने रहेछ ।