Skip to content


पुस माघको चिसो सिरेटो
सूर्यास्त त्यतिकै छिटो अनि
सूर्योदय ढिलो हुने,
यसमा पनि
प्रात कालीन समय
घरको आँगन पनि नदेखिने
ढसमस्स कुहिरो भित्र
सूर्य निसासिरहेको वेला
म भने,
शिरकभित्रको न्यनो तातोमा
गुटुमुटु परेर देशमा
विसंगति र विकृतिले
डाँडो काटेको,शान्तिको द्वीप
प्रज्वलित भएको,
देश कुर्सी प्रधान नभई
कृषि प्रधान भएको,
करोडौँको गाडीमाभन्दा
पाखा पखेरोप्रति सबैको
मोह जागेको,
काम र मामका लागि
कोही नेपाली परदेश नगएको,
सबै वर्ग र जातिको
उचित सम्मान भएको,
स्वार्थकोभन्दा विकासको
राजनीति भएको,
आदि आदि रङ्गीन
सपना देखिरहेको थिएँ।

यतिकैमा मेरी सानी छोरीको
चिसो र नरम हातको स्पर्शले
म झल्याँस्स व्यूँझिए।
जाडोलाई चुनौती दिँदै
मैले आफ्नो नित्यकर्म
विद्युत वेगमै सँके।

घर नजिकै रहेको
अम्बाको बोटको पातबाट
शीतका थोपाहरू
तपतप झरिरहेका थिए।
जाडोको क्रुर यातना
सहन नसकेर मानौँ
ती रोइरहेझैँ लाग्थ्यो।

अनि म
आफ्नी जीवन सँगिनीले
बनाएको तातो र मीठो
चियाको स्वादमा
मेरो सपना विपना बनोस्,
सबैमा वन्धुवान्धवको भाव जागोस्,
जुन देशको सुन्दर भविष्य
बन्न ‍सकोस् ।
हामी सबै
यसैमा रमाउन सकौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *