Skip to content

कविता

सेवा निवृत

कर्मै गरियो सेवा प्रवाह दिन् दिनै देश जनताको
उर्जाशीलै समय बितेर गयो भन्छन् पेन्सन पाको
प्रवेश गर्दा सेवा नियुक्ति नयाँ लिँदा त्यो बखतमा
धैर्यता एकै छिन् नराखी लाग्दथे सदा सदा सेवामा

आफ्ना सिप ज्ञान क्षमता जति सबै लगाइ कर्ममा
सेवा नै धर्म हो भन्दै भए तत्पर जनताको सेवामा
सेवा प्रवाह नदीसरी अति सफा कञ्चन भएर गरें
नगरें स्वार्थ पूर्ती कुनै सबै सबै पारदर्शी भई गरें

काम गर्ने जोस जाँगर् नव युवा पीढिमा बढी हुने
उर्जा त्यो जोश खेर जान नदिइ लौ सेवामै रमाउने
हो जागिर यो गाँस बास कपास लौ भोकै मेटाउने
पक्कै हो कर्म मोर्चा बलियो चट्टान पहाड फुटाउने

कोराना अनुभूति

गम्भीरै छ अवस्था मुलुकको आम जनता दुःखमा छन्
प्रवाहै सेवा विकास निर्माणको गति निरासाजनक झन्
बढ्दो छ संशय लिएर भविष्यको खोजे मार्ग देखिन्दैन
चिन्ता व्यक्त गरेर कर्म नगरी जन जिविका त चल्दैन

खाँचो छ सुधारको अनुभूति आभास त्यो गहिरो नै छ
साँचो नै निकाल चुनौती हटाउने देशको मुहार फेर्नुछ
बोल्नु पर्दछ सबै कर्ममा ओठको भाका सबैका हातले
हुँदै गर्नुछ अझै घनिभूत विकास देशको उठेरै साथले

ग्रस्तै छ अर्थतन्त्र कमजोर राजश्व घट्दो छ महामारीले
चुनौती छन् समस्या आम् मानिसको मनोवल बढाउने
पारेको छ प्रभाव जताततै छन् कर्म सबै ठप्प छ सारा
आएको छ कस्तो निर्मूल नहुने यो कोराना रोग गाढा

ताल पोखरा

जून पोखिएको धुलाम्मे बाटोमा
मन पोखियो

सोचें-
किन वर्षौं देखि यो जूनको प्रतिच्छाया
धुलै धुलोमा खस्न विवश छ ?

किन
यो समय लेखिरहन्छ –
धुलोको कविता ?

सुगन्ध बास्ना

फूलेको फूल नराम्रो लाग्ने को छ र जन यहाँ
गालेको सून नलाइ जाने को भेट्छौ जन यहाँ
कोमलै हुन्छ कोपिला फूलको नटिप्ने को छ र ?
किशोर शिर् युवती फूलै नलगाउने को छ र ?

शान्ति

म वेला वेलामा सोच्ने गर्थेँ
शान्तिको साँचो कसले लिएको छ?
अनि म मनमनै भन्ने गर्थेँ
यिनै राजनैतिक दलले!
यिनीहरू मिल्ने बित्तिकै
घर छोडेर हिँडेकी शान्ति

photo1

भोक

बन्द भयो आम्दानी के खाने होला
सताइरह्यो महङ्गीले बाँच्ने कसोरी होला ।
सह्यौँ हाम्ले भूकम्प सह्यौँ नाकाबन्दी
कोरोनाले बनायो हाम्लाई घरमा नै बन्दी ।।

छोराछोरी भन्छन् हाम्लाई लाग्यो भोक
रोजगार छैन कही चारैतिर शोक ।
जग्गा जमिन केही छैन उत्पादन कहाँ गर्ने
बन्द भयो मजदुरी कसरी पेट भर्ने ।।

उद्योगधन्दा बन्द भए रोजगारी गयो
विदेशका छोराछोरी पनि फर्की घर आए ।
रोगलेभन्दा पनि हाम्लाई भोकले मार्ने भयो
खेतीयोग्य जमिन सबै कङ्क्रिटमय भए ।।

न बिउ छ यहाँ न त मल पाइने
पेट भरी खाने दिन कहिले आउने ।
कति ठाउँको उत्पादन त्यसै खेर गए
मर्थ्यो होला भोक बरु खान त्यही पाए ।।

व्यर्थ भो

कुदेको कुद्दैछ कुद्दै झन् यो मानवै
चिनेको चिन्दैछ चिन्दै झन् यो समाजै
रोएका रुदैछन् रुदै झन् यो पलमै
भोगेको भोग्दैछ भोग्दै झन् यो धरामै

पसेको पस्दैछन् पस्दै झन् यो जीवमै
डुबेका डुब्दैछन् डुब्दै झन् यो शोकमै
छाडेका छाड्दैछ छाड्दै झन् यो लोकनै
पारेको पार्दैछन् पार्दै झन् यो घातनै

फिरेको फिर्दैछन् फिर्दै झन् यो घरमै
मोडेको मोड्दैछ मोड्दै झन् यो क्षणमै
छिरेका छिर्दैछन् छिर्दै झन् यो देशमै
बढेका बढ्दैछन् बढ्दै झन् यो त्रास नै

लागेको लाग्दैछ लाग्दै झन् यो कर्ममै
गरेका गर्दैछन् गर्दै झन् यो खोज नै
खोजेका खोज्दैछ खोज्दै झन् यो खोप पो
भेटेका भेट्दैनन् भेटेनन् यो व्यर्थ भो

DileepDhakal

धुवाँ भरिएका काला बेलुनहरू

१.
हामी
अनवरत बगिरहने तरल नदीहरू
हामीलाई सिकाइएको छ
निरन्तर बग्नुपर्छ समुद्रतर्फ
रोकिनु हुन्न श्वमशान बगरहरूमा
हामीलाई थाहा छैन
के हुन्छ समुद्रमा पसेपछि
के हुन्छ नदी समुद्रमा समाधिस्त भएपछि

श्रम महिमा

थुप्रै खेत छन् बारी उर्वर अति पाइन खान भन्छ उहीँ
खाली राख्दछ जमिन बाँझो सधै कर्मै नगरी बस्छ उहीँ
उर्बर देख्दैन आफ्नो कहिल्यै माटोमा बिउबिज छर्दैन
आफै मेहनत गर्न छाड्यो आलस्य छ उसको पेट भर्दैन

सुखको गाँस भन्दछ मिठास श्रम पसिना छैन बगेको
सुखै खोज्दछ सधैं उसले छैन दुःख सास्ती कतै सहेको
न मेहनत नै गर्यो कहिल्यै श्रमको न मूल्य बुझेको छ
बल छ बलियो बनाउने व्यर्थै अलकापुरी बसेको छ

न चैतन्य चेतना जगाउँछ न जाग्न लोकलाई भन्दछ
न नेतृत्व प्रदान गर्दै समाज जागा बनाउन उठ्दछ
हुन्छ आफ्नै मेहनत गतिलो रसदार मिठो अन्त्यसम्म
सिँचेर पसिना बगाए कर्मै धरामा बढ्नेछ झन् उमङ्ग

photo1

प्रेम के हो

पवित्रताको प्रतिक प्रेम
अनुभूतिको माध्यम हो ।
जन्मको मूलस्रोत प्रेम
जिवन जिउने आधार हो ।।

जीवनको अभिन्न अंग प्रेम
भावनाको मिलन हो ।
दुख र पिडा भुलाउने प्रेम
सुखदुखको साथी हो ।

इमान्दारिता र विश्वासरुपि प्रेम
प्राणी मात्रको कला हो ।
न बाँध्न न जाँच्न सकिने प्रेम
सबैप्रतिको माया र सत्कार हो ।।

कसैलाई कष्ठ नदिने प्रेम
एक प्राकृतिक शक्ति हो ।
क्षणिक आकर्षण होइन प्रेम
एक विश्वासिलो आधार हो ।।

निश्वार्थ हुन्छ प्रेम
अजर अमर हो ।
पूर्ण स्वतन्त्र हुन्छ प्रेम
खोक्रो आदर्शभन्दा भिन्न हो ।।

न बेच्न न किन्न सकिने प्रेम
पाउनु मात्र होइन गुमाउनु पनि हो ।

मेरो जन्मदिनमा

म अवश्वै खुसी छु
आज मेरो जन्म दिन
लाग्छ म पक्कै खुसी पनि हुनुपर्छ
भन्छन् सबै यस नि कोही दुखी हुन्छ र ?
तर म आज शत प्रतिसत त होइन
अलि खल्लो अनुभूतिको आभाष
मनको महलमा
गर्दैछु एउटा नमिठो
कस्तो टर्रो अनि तितो तितो !!

एउटा जागिरे जिवन
भौगोलिकताको सिमाङ्कन
अनि कोसौंको दूरी र दूरता
छिच्छोल्न नसकेर होला
भेट्न पाइएन
ममताको खानी बोकेर
सन्तानको लागि
तन छिनाउने मन कुडाउने
मेरो लागि त्याग र तपस्या गर्ने
मेरी आमालाई भेट्न नपाउँदा
आज कस्तो कस्तो नमिठो लाछ
फोन हुनु एउटा कुरा
साक्षात्कारको बेग्लै मज्जा छ!!!

आज मेरो खुसीको दिनमा
यो कोलाहलपूर्ण सहरबाट
सम्झदैछु
उनले गरेका दुःख

एकहाते राक्षस

हजुरबाले दन्त्यकथामा भन्नुभएको
एकहाते राक्षस
पृथ्वीमा आज फेरि
प्रकट भएर
हातहातै नदेखिने गरी
संसार डुलेको छ
डराउने र आत्तिनेलाई
निहुँ बनाएर निलेको छ ।

मदारीहरुको डमरु

काठमाडौंको सिंहदरबारतिर मदारीहरुको डम डम डमरु,
अमेरिकी अविस्कार संजालतिर बेतालमै नाच्दै सबै बिना घुंघरु ।१।

माहिर छन् तिनीहरू बजाउन बेमौसमी डम्फू,
बेसुराहरू खै किन छन् त्यसमा बेस्सरी कमर मर्काउन उतारु ।२।

LaxmiPrasadKhatiwada

प्रकृति तिमी

अलौकिक शक्तिको धनी तिमी
तिम्रै वशमा छौं आज हामी ।
तिम्रै शान्त वातावरण पाएर
चुस्त, फुर्तिलो भएका छौं हामी ।

तिम्रो सुन्दर र अनुपम स्वरुपमा
खेल्दै, रमाउन पाएका छौं ।
तिम्रै काखमा लडिबुडि गर्दै
अथाह ज्ञान सिक्न पाएका छौं ।।

तिमी भएर पो के भो र ?

तिमी जाऊ
झिमिक्कै साँझ परिसक्यो
अब त जानेवेला भो
तिमी सदाको निम्ति जाऊ

तिमीले समयसँग मजाक गर्यौ
उनीहरूसँग गहिरो संगतनै गरेनौ
तिमी भएर पनि के भोर
नभए पनि के नै हुन्छ र !

छिमेकी

नेताहरुमा हुनुपर्छ देश जोगाउने मिसन,
सबै नेपालीमा हुनुपर्छ,देश जोगाउने भिजन।

हिजो मेरो दुई हात जग्गा मिचिडा,म चुप रहे
चित्त बुझाएर कि,मर्दा पर्दा चाहिने त उ नै हो नि,
आखिर छिमेकी त पर्यो।

अनि फेरि मेरो चार हात जग्गा मिचिडा नि ,म चुप नै रहे,
चित्त बुझाएर कि,ऐचो पैचो गर्दा चाहिने त उ नै हो नि,
आखिर छिमेकी न पर्यो।

तर आज मेरो जन्मभूमिको जमिन मिचिडा नि ,म चुप नै रहे,
मेरो आवाज कसैले नसुन्ने मनासायले,
तर अब त अत्ति भयो,मेरो सहनसिलताले सिमा नाग्यो, अब म चुप लाग्ने वाला छैन,
कदापी चुप लाग्ने वाला छैन।

मेरो सुन्दररुपि जन्मभुमिलाई हड्पने ती दुष्ट छिमेकीलाई म छोड्दिन,

अनागरिक भएं

मेरा खुट्टा लम्कदा
लाहुर अर्थात् परदेश
त्यो सपनाको संसारमा
म कमाउन जाँदा
कमाएर पठाउछ भनी
रेमिट्यान्सको आशामा
अपार खुसीको सागर
मनमटुमा सजाउने मेरो देश
आज अनाकन्टार ठाउँमा
अोडारमा पाइने
हजुर आमाले सुनाउनु भएको
दन्त्यकथाको राक्षस जस्तो भएको छ
यस्तो आभास गरिरहदा
मन बिछिप्त भएको छ
आफ्नै मुलुक आउने
ढोकामा बार लगाइदियो
बिरानो मुलुकको नागरिक जसरी
पवित्र मातृभूमिमा
आफ्ना पाइला टेक्न नपाई
माटोको स्निग्ध सुगन्ध
बास्न लिन नपाई
फर्किएर जा भन्दै
मेरालागि सीमा खुलेन
न खुल्यो हृदय
न खुल्यो ममता
न त देखियो मानवता
न त मलाई म नागरिक भएको
आभाष दिलाइयो

म भित्रको म

पहिले-पहिले त म नमस्कार पनि एक हातले फर्काउँथे,
कसैले नमस्कार गरेन यदी भने खुबै सित रिसाउँथे ।
पहिले-पहिले त म सल्लाह लिनपनी खुवैसित डराउँथे,
होइन्छ कि आफू सानो भनी “जान्दछु म” भनी कराउँथे ।

पहिले-पहिले त म कुकुरले मालिकको आडमा बसी भुकेको देख्दा,
कुकूरको मालिक सम्झी खुबैसित डराउँथे,चिच्चाएरै कराउँथे,
तर आज म त्यो कुकूरको मालिकभन्दा पनि ठूलो मेरो मालिक चिन्ने भएको छु ।आखिर सच्चा मालिक मेरो पछिबसी रक्षा गरेको चाल पाउने भएको छु।

हुर्किएछ क्यारे म भित्रको म

पहिले-पहिले बाँदरले घर भत्काउन खोज्दा बाँदर लघार्न तम्सन्थेँ म अहिले बाँदर छाडी आफ्नो घर बलियो पार्नतिर दौडिदैछु ।

मेरो प्यारो गल्कोट

मेरो प्यारो गल्कोट

घोडाबाने अनि- रगेनी पनि- घससा ओरालो,
रमाउँदै फेरी- नरेठाँटी झर्दा- हट्दथ्यो पिरालो ।

नरेठाँटी बस्दा- चिया र नास्ता- घरतिर लागिन्थ्यो,
हटिया जाने- साथिलाई फेरी- गूड बाई भनिन्थ्यो ।

हेर्नलाई मिल्ने- घससा बाट- घुम्टे र गाजालाई,
बसमा कोची- लान्छन नी आज- ती मुन्छे राजालाई ।

गौँदी र दरम- ती दिदी-बहिनी- कसरी सुसाउँथे,
नछुने आफू- भएका दिन त- सबैलाई ब्युँझाउँथे ।

अहिले त देख्छु- दुबैलाई रोगी- धम्की नै लाएको,
छ सुस्त-सुस्त -उनको बोली- जरो नि आएको ।

गाउँका राम्रा- घर-बारी छोडी- बजार पो झरेछन्,
मलिलो खेतको- बीचमा हेर्छु -महल पो खडा छन् ।

उदाहरण

केही अतिशयोक्ति अलङ्कारका उदाहरणः
आगोको रुपका सूर्य अहिले हिउँ पो भए
उनी पश्चिमको बाटो गरेर आज झुल्किए ।।

यमराज धराभित्र देखिएको छ झल्झल
रोकेर रोक्न के सक्नु मान्छेका आँसुको भल ।।

चलेर आँसुको भेल पारेर अति दुर्बल
मान्छेलाई बगाएर पुर्याएछ रसालत ।

अस्ति नै पानीको घैला बोकेर इन्द्र अल्पिए
त्यो तिम्रो चेहरापुन्जीबाट इन्द्र कता गए ।

गोरु हुन् मर्दका जात अथवा हुन् ती काउसो
घरबाहिर डुक्रन्छन् घरमा बन्दछन् मुसो ।।