Skip to content

कविता

लकडाउन

महामारीबाट सुरक्षित हुन लकडाउन
प्रत्येक्ष युद्धमा विजय हुन लकडाउन
अदृश्य शत्रुबाट जोगिन लकडाउन
अँध्यारोबाट प्रकाशमा आउन लकडाउन

मजदुरको रोजीरोटी खायो लकडाउन
भोकभोकै बाँच्न बाँध्य बनायो लकडाउन
बाटोघाटो सुनसान बनायो लकडाउन
स्कुल कलेज बन्द गरायो लकडाउन

मान्छे

मन्दिरको देउतालाई ठम्याउन नसकेर
घाटमा मसान खोज्दै हिंड्छ मान्छे ।
धूरी आकर्षक बनाउँन खोजेर
जग मक्काएको पत्तो पाउँदैन मान्छे ।।

आफ्नो अन्र्तमनको भाव बुझ्न नसकेर
पीडित भई तड्पदै बाँचिरहन्छ मान्छे ।
आफूभित्र भएको खुसी पहिल्याउन नसकेर
वेदनामा छटपटिन बाध्य हुन्छ मान्छे ।।

वीर म

प्राण वायू हुँ म वीर पुत्र मनोहर यो देशको
उन्नति पथमा सदा लाग्ने मेरो ठुलो जमर्को
लाग्छु म सेवामा यही देशको सदा उन्नति गर्न
बनाउछु छाति ढाल म यस्को सदा रक्षा गर्न

प्यारो लाग्छ प्राणभन्दा यही मेरो देश नेपाल
यही देशमा सुनिन्छ मधुर नदीको कलकल
वीर हुँ म एक नेपाली सपूत सच्चा राष्ट्र भक्त
लोभ लालच जे जति दिएपनि हुन्न है आशक्त

मेरै देश सुन्दर राम्रो अति मेरै जन्मभूमी
उन्नति गर्न यही बनाउँछु विकासको रणभूमी
सौभाग्य पाए म जन्मी नेपाल माताको कोखमा
वीर हुँ म एक राष्ट्र भक्त शोक बदल्छु शक्तिमा

मेरो नेपाल रहेसम्म रहन्छ मेरो यो ढुकढुकी
यही देश नरहे हुन्छ बढो ठुलो दुर्गति

वसन्त

हरियाली हरियाली वसन्तमा सबतिर देखियो
मरो मन मन्दिरमा वसन्तको संरचना लेखियो
राम्रो कति भयो अधिक सुन्दर त्यो मोहक प्रकृति
आयो पालुवा वृक्ष वृक्षमा छायो नविन जागृति

ल्यायो मेरो मनभरी वसन्तले आनन्द नै आनन्द
कुहुकुहु कोहिली भाकाले पार्छ त्यो वनै पवित्र
चारैतिरबाट वसन्तले मेरै गर्छ सदा स्वागत
अहो अहो वसन्तको कस्तो रम्य सुन्दर सजावट

दुलहीँझैं सिँगारिएर वसन्तले गर्छ मेरो स्वागत
डाँफे मूनाल नाचेर गर्छन् वसन्तको बोलावट
प्रकृतिले जादु देखायो मनोहर वसन्त यो ल्याएर
पाखा पखेरा सबतिर हरियाली कन्दरा बनाएर

कस्तो मोहकारी रुप आयो धर्तीमा यो मृदुल
कान्तिमय कला प्रकृतिको कति वक्ष छ शितल

भोको इज्जत

भोको पेट बिहान गोरु जसरी जोत्जोत् भनी भन्दछौ
बाँझो खेत म जोत्न सक्दिन भनी भोकै छु के गम्दछौ ।
को मर्यो किन हो भनेर दुनियाँ बुझ्दैन साँचो पनि
मान्छेको अवमूल्यनै किन भयो कामै त प्यारो छ नि ।। १ ।।

आहारा घरको जुटेन कसरी बाँच्ने म सोच्ने गर
अन्नै छैन भनी म माग्न कसरी जाऊँ त कस्को घर
भन्नेले तँ ठूलो भनेर मुखले सम्मान गर्छन् तर
बाटामा बटुको लिएर कसरी बस्ने म भन्ने डर ।। २।।

हाम्रो नाँच

हामी नाँच्नुमा सिपालु छौँ,
हामी मादले गीतमा नाँच्छौ,
मारुनी भएर पनि नाँच्छौ,
तामाङ सेलोदेखि लिएर
खैँजडी र च्याब्रुङको तालमा पनि नाँच्छौ,
नाँच्न हामीलाई सिकाउनु पर्दैन
हामी जन्मजात नाँच्ने जाति हौँ।

म त फूल नै बिझेको मान्छे

जन्मेपछि मारिन्छ भन्छन् नि
जन्म र मृत्युको यात्रामा
कयौ पटक मृत्युवरण गरेको मान्छे

गल्तीमा सजाय हर कोहीले पाउँछन्
अनायसमै सजाय भोगेको मान्छे

भूमीको पुकार

भूमीको पुकार – झ्याउरे छन्द
******************************

कालीको शीर एक्लो भै रून्छ लिपुको त्यो लेक ,
रूदैछ भूमि नबन तिमी अबुझ अदेख ।।
देशका भक्त, जागेर उठ लिएर अठोट
कसैले किन यो भूमीलाई पुर्यायो कि चोट ? ।।१ ।।

पछाडिबाट धस्दैछ दाह्रा, शत्रुले आएर
भाइ हु तिम्रो भनेर खुबै बखान लाएर
जोगाउ दाजु, जोगाउ भाइ, यो भूमी तिम्रै हो
पुकार्छ माटो जोगाउनु छ कर्तब्य हाम्रै हो ।।२।।

मिचियो देश, चिरियो छाती पीडा भो मनमा
नेताले बोले नेताकै बोली म परें रनमा
कस्तो हो हाम्रो यो स्वाभिमान कसरी जोगाउ ?
सीमाको खम्बा ताकत शक्ति रक्षार्थ खटाउ ।।३।।

जन्मेनन् क्याहो अमरसिंह, यो देश भित्रमा ?

अलङ्कारहरु

१ अन्त्यानुप्रासः
हज्जारौं फूल देखिन्छन् बगैँचा डुलियो भने
सिङ्गो संसार देखिन्छ फूलैमा भुलियो भने ।।

२ वृत्यनुप्रास
पुष्प पाषाण के हुन्थ्यो त्यो हुन्छ प्राण झैं प्रिय
पुष्पको प्रेयता प्राप्त नगर्ने हुन्छ निष्कृय ।।

सौम्य दृश्य

यतिखेर प्रत्येक मन
फसेका छन् चक्रव्यूहमा
हेरिरहेछौँ शून्यता महाशून्यता
खोइ कसरी पो फुकाऔँ ?
यी दुर्घटित साङ्ग्लाहरू

समयले कोरोना ओकलिरहेको छ
केवल आँखा चिम्लिरहेकाछन् मन्दिर, मस्जिद र
स्तूपहरू
तिमी नै भन कसको आराधनामा
धूपबत्ती सल्काऔँ ?

PrajjwalPrasai

अपरिहार्य छ है उपकारी किसान

खान हैन खुवाउन, बाँच्न हैन बचाउन
निस्वार्थ भावलिई सधैभ खटिरहन्छ किसान
भोक प्यास नभनी दिनभर खट्दछ घाममा
अनि आफ्नो भोको पेट टार्दछ रातको एक छाकमा
दिन होस् या रात, ऊ खटिरहन्छ
चाहदैन उसको शरीरले एकैछिन विश्राम
आफ्नो भर नभएनी जनताको पेट भर्न
सधैभ तत्पर रहन्छ र त्यो मात्र हो किसान ।

बेआवाज आवाजहरू

समानताको लागि चित्कर
स्वतन्त्रताको लागि ललकार
द्वन्द प्रतिद्वन्द बीचको टकरार
पीडा र चित्कार भित्रको आक्रोस
मानवताको लागि चिच्याहट
एकताको लागि पुकार
निर्बल आत्माको गुहार

सरूवा

सरूवा हुनु पनि चक्र हो जुन नियमै छ चल
कर्म क्षेत्र फेरियो अब लौ बस्न नगर्नु है बल
छाडी आफ्नो कर्म कृति जो भए है समर्पित
बस्दा जे भो तितो नमिठो त्यागेर है जान्छु सब

जे गरे गरे राम्रोसँगै पूरा है दायित्व आफ्नो सब
कर्मशील बने बनिरहे सेवा गर्न हरेक पल पल
नपहिले भेटिएको न कतै अघि देखिएको झट्ट
बस्दा जे भो मित्रजन हो संगाली है जान्छु सब

दायित्वबाट नपन्छिए सदा रहे कर्ममा निर्भीक
छर्न खोजे खोजिरहे चेतना मित्र हो सबै सिक
चक्का हो समयको घुमिरहन्छ है निरन्तर बुझ
बस्दा जे भो अनुभव त्यो लिएरै है जान्छु सब

दुखेसो गुनासो जे छ प्रकट गर्नु है जे छ स्पष्ट

भोकभोकै मर्न थाले जनता

भोकभोकै सडकमा मर्न थाले जनता ।
केही गर सरकार छाडेर अन्य धन्दा ।।

देशमा जारी छ अझै कोरोनाको कहर।
बन्द गर सरकार तिम्रो सबैखाले विषयान्तरको रहर ।।

प्रेम गर्दा भयो जनसंहार ।
दलितमाथि अब रोक सबैखाले अत्याचार।।

शृंखलाबद्ध गल्तीको अब हुन्न ढाकछोप।
बन्द गर तिम्रो सबैखाले अमानवीय कोप।।

मधेसीमाथि घृणा फैलाउने कार्य भयो अति ।
तत्काल यी कुकृत्य नरोकिए हुन सक्छ देशलाई क्षति ।।

(कलंकी काठमाडौं ।२०७७ जेठ १५)

गणतन्त्र

कविता: #गणतन्त्र

म मौन छु आज
गणतन्त्रको शुभकामना
भनिरहदाँ मन नियास्रो पारेर
सोचिरहेछु त्यो अतीत
लागिरहेछ हामीले
बर्बाद गर्यौ एउटा सिङ्गो
त्यो कालखण्ड
समय खेर फाल्यौं
खुट्टा तानिरह्यौँ
हामी,नेपाली
एक अर्काका सधैं
जुझिरह्यौं!

ती सपनाहरू,
आशा र आश्वासनहरु,
बाचा र प्रतिबद्धताहरु,
खै आज कता हराएर गए!
मेरो देशले देखेको सपना,
अनि पलाएको मुना,
चुडिएर गएको छ आज!

कसै-कसैका लागि
अझै भनौं,जो आफू गणतन्त्रका
मालिक हौं झै गरेर
व्यवहार देखाउछन,
हो तिमिहरुले ल्याको गणतन्त्र होइन यो,
यहाँ त हजारौं हजारले बलिदानी दिएका छन
खै त, त्यो बलिदानी को सम्मान !

किन किन यो

कोराना जित्दैछन् मान्छे किन किन यो जोश जाँगरै हराछ
कोराना जित्दैछन् मान्छे किन किन यो कहरै बर्सी राछ
कोराना जित्दैछन् मान्छे किन किन यो दुनिँया तर्सी राछ
कोराना जित्दैछन् मान्छे किन किन यो मानिस लगी राछ

निक्कै लाग्दो छ डर नै किन किन यो मानिस बुझ्दै बुझ्दैनन्
निक्कै लाग्दो छ भर नै किन किन यो निको नै हुँदै हुँदैनन्
निक्कै लाग्दो छ त्रास नै किन किन यो निकास देख्दै देखिन्नन्
निक्कै लाग्दो छ कर नै किन किन यो नियम मान्दै मान्दैनन्

साह्रै जाग्दो छ कहर किन किन यो संक्रमण छायो झन
साह्रै जाग्दो खै चेतना किन किन यो समाजमा फैलिएनन्
साह्रै जाग्दो छ समय किन किन यो ओखती नै भेटिएनन्

त्यस्को भाले

त्यसले बोलेथ्यो,
भाले नवासी बिहान हुदैन,
सपाट कालो ओढने उघ्राएर ,
बिहान सदाझै हासेको हुन्थ्यो,
अनि ऊ जोड जोड्ले चिच्यौथ्यो ,
देखिस् ! भाले नवासी बिहान हुदैन,
अनि म प्रयत्न गरिरहे, यहि सम्झाउन ” बिहान त आफै हुने हो नित्य ”

ऊ अट्टहास गर्थ्यो भन्दै
-” तेरो अपरम्परात्मक धारणा,
परम्परा लाई लत्याउने कोशिस गरि त के पाउछस ?
यसरी पुर्खादेखि चली आएको नियमलाई त किन चलाउछस ”

म मुस्कुराउँछु अनि भन्छु
-” जसले नया परम्परा बसाउने ताकत राखछ,
ऊ पुराना परम्परा जोगाइराख्न बाध्य छैन,
सुधार गरि पुराना ति कमजोरीहरू फेरी नया सुरुवात गर्छ ”

ऊ अझै मेरो कुरा बुझ्दैन,

हाम्रो पीडा,अरुको रमिता

हामी तल्लो जाती भएकै कारण,माथिल्लो जाती बनाउदाहरुले हाम्रा थुप्रै दाजु भाइलाई मारे,
दिदिबहिनी र चेलीको अस्मिता लुटे,
अनि सपरिवारलाई अपमान र अपहेलना मात्र गरे,
तर मेरो सरकारले अपराधी देखेर पनि हेरि मात्र रह्यो।

हाम्रो हिड्ने बाटो छेकियो,
हाम्रो खाने पानी रोकियो,
हाम्रो खाने रोटि खोसियो,
हाम्रो बस्ने बाँस खोसियो,
तर मेरो सरकार अपराधि देखेर पनि हेरि मात्र रह्यो।।

हाम्रो अधिकार हनन भयो
न त मैले माया गर्न पाए
न त मैले बिबाह नै गर्न पाए।
न त मैले बोल्न नै पाए,
न त हामी कसैलाइ आवज उठाउन नै दिइयो
तर मेरो सरकार अपराधि देखेर पनि हेरि मात्र रह्यो।।