Skip to content

कविता

जसले तिमीसँग

जसले तिमीसँग अरुको कुरा काट्छ
उसले अरुसँग तिम्रो नि कुरा काट्छ

चिल्लो लगाउँदै मीठा मीठा कुरा गर्ने
कामले होइन, सधैँ गफैले पूरा गर्ने
जसले तिमीसँग अरुको नाक काट्छ
उसले अरुसँग तिम्रो नि नाक काट्छ

मेरो गाउँको भानु जयन्ती

ठुला ठुला शहरहरूमा
ठुला बडा साहित्कारहरूको जमघटमा मनाइने
भानु जयन्तीभन्दा
गाउँ घरमा श्रद्धाको दियो बालेर,
आशीर्वादको टीको लगाई
गाउँलेहरूकै उपस्थितिमा मनाइने
मेरो गाउँको भानु जन्ती मलाई राम्रो लाग्छ,

मुसादरवार

घर सरेको पहिलो दिनदेखि नै
उसले मलाई मेरो घर
मेरो हुनुको आभास हुन दिएन
दिबार अनि छिँडी
मेरो हुनुको आभास हुन दिएन
एक उन्मत्त हूलसहित
हातेमालो गर्दै
घरमा धावा बोलिरह्यो

शुखी रहुन् सवै जन

शुखी रहुन् सवै जन
@@@@@@@@

रवि शशि हेर्दै पद्म, चौरासी वर्ष लाग्दछ ।
पाउ अष्ट चिरन्जिवी, दण्डवत् पनि गर्दछ ।।

वेद मन्त्र गरी पाठ, योगादि ध्यान गर्दछ ।
शुख शान्ति विश्वको, कामना आज गर्दछ ।।

पवन जल आकाश, संयुक्त थल तेज छ ।
निर्मित तन हाम्रो यो, पक्कै त्यस्तैज हुन्छ त ।।

रवि शशि दिउन् राम्रो, उच्च प्रकाश सर्वदा ।
सरस्वती दिउन् ज्ञान, हरुन् सवै अज्ञानता ।।

गणेश लेखनी राम्रो, दिउन् अक्षर लेख्न नै ।
याज्ञबल्क्य आदेश, कसै हुदैन बिर्सनै ।।

अष्ट चीरीन्जिवीसित, आशिष मागीकन ।
छ आशीर्वाद बान्धव, सम्पूर्ण बन्धुमा मन ।।

विश्व मानवको शान्ति , कामना दीर्घजीवन ।

गुरु पूर्णिमा

दमौलीको नदी मादी, पारि जान परासर,
डुँगामा चढ्न लागेका, जान्छु भनी सरासर !

डुँगा थियो चलाएकी, माझी पुत्री त यौवना,
थियो आईरहेको नी, सुगन्ध मत्स्य बासना ।

BabitaKarki

भ्रष्टाचार

सर्वत्र संकटको कालो बादल छाएको बेला
कोही पैसाले मात्तिएको छ
गरीबका चुलामा आगो बलेको छैन
तर पनि
माहोल तात्तिएको छ
युवाहरू एक भई जुटेका छन्
आज क्वारेन्टाइनमै मर्न पर्ने अवस्था आयो
त १० अर्ब खै ?

हाँडी (बालकविता)

पहिले पनि काली अहिले पनि काली
मकै भुट्ने हाँडी ल्याइयो यसैपालि

चक्र घुमाएर माटो राखेपछि
गिलो-गिलो बन्यो पानी चाखेपछि
कुमालेले जब यसमा सीप दियो
गोलो आरीजस्तै आकार पनि लियो

अनमनाट

भोक लाग्या वाला भोका जसा नाइथिन?
खायाका वाला भोका जसा छन् ?
उनीला जसा निकाइ छन, सियाका वाला उङ्दा छन्
होइ रयो केइ नाइ पुइ लै क्याइ होइरैहो हड भरी झन्झनाट?
याँ के होइरैछ? कसो होइरैछ ? सुदोइ लै आँखा अनमनाट

फरक मत

मिति गुज्रिएको औषधि
जुन खाए पनि
छिटो छिटो
मात्र पल्किन्छ काल
रोग हुन्न निको।
हरिया देखिने पातहरु
उहिलै झरिसके
हरियाली त कृतिम हो,
त्यसैमा पनि
कति लठ्ठै परिसके।

म त भन्छु,
भ्रममा नपर्नुस
आफैं केही गर्नुस
नदीमा फसेका हामीलाई
उद्दार गर्न
दुबै किनारामा
तरबार लिएर
कसाही बसेका छ्न।
मौसमी राष्ट्रवादको छाता भित्र
कुशासन र भ्रष्ट आचारले
बदनाम साँडेहरु
मैमत्त भएर
बुर्कुसी मारिरहेका छ्न।
जुका र लाम्खुट्टेले जस्तै
हामीलाई चुसिरहेका छ्न।
अर्को किनारामा,
दलालहरुको झुण्ड
सर्बाङ्ग नाँङ्गै
सबै गौरव गाथाहरुलाई
टुकुचामा बगाएर
जीवनको भिक माग्दै
सत्ता भोगको

Roshan

सम्बन्धका नवीन डोवहरू !

हाम्रो भेट मात्र भेट थिएन्
त्यो त एउटा अपूर्व संयोग थियो
तर कुनै प्रेमी प्रेमिकाले गर्ने
प्रेमको शुभारम्भ थिएन् त्यो भेट
तर पनि
प्रत्येकचोटी तिमीसँग भेट हुँदा
तिम्रा सङ्घर्षका कथाले मेरो मन छुने गर्छ
तिम्रा वेदनाका आँशुले मेरो मन पनि
तिम्रो मन झैँ द्रवित हुने गर्छ
तर तिम्रो हौसला र इमान्दारी देख्दा
गर्वबोध हुने गर्छ
अनि जाग्छ तिमीप्रति प्रेमाभाव पनि
एउटा यस्तो प्रेम / विशुद्द मनको प्रेम
कामवासनारहित प्रेम
न त मैले न त तिमीले एकापसमा स्वार्थवश भेट गर्ने गरेको हो
मेरो पनि आग्रह अनि

SureshChhetri

आमाको सम्झना

संसारभरि खोज्दा पनि भेट्नै गाह्रो पर्छ
एकै छिन सम्झिँदा नि मेरो आँसु झर्छ
तिमी कतै यतै छ्यौ कि देखेजस्तै लाग्छ
मनभित्र नियाल्दा नि दुःख सबै भाग्छ ।

हाँस्थ्यौ तिमी दुःख लुकाई पीर निलिदिन्थ्यौ
असीमित इच्छा तिम्रो मुठीभित्र लिन्थ्यौ
महान हौ प्यारी आमा सन्तान भए धेर
जति सन्तान हुँदा पनि फालिनौ है खेर ।

SangeetaPriyambadaLuitel

प्रकृति

विश्वको सुन्दर सपना बोक्ने हामी ती आत्मा हौँ
जागेर हामी विश्वलाई नै आश्चर्य पारिदिऊँ
मङ्गल गीत गाउँ न हामी सबैका हितमा
निरोगी बाँचुन् जीवात्मा सब सबैका प्रीतमा ।

कसैले पनि नपाउन् दुःख पृथ्वी भरिमा
सुखले बाँचुन् यो जगतभित्र यसमै छ गरिमा
कल्याण गरौँ सक्दो सबको नगरौँ तिरस्कार
नत्र नन्म हुने छ हाम्रो त्यसै नै बेक्कार ।

कस्तो हुन्छ भनेर (बाल कविता)

कस्तो हुन्छ भनेर
बाको टोपी लगाएँ
आँखा जम्मै छोपियो
अँध्यारो भो, डराएँ

कस्तो हुन्छ भनेर
बाको चस्मा लगाएँ
फननन्न रिँगायो
आत्तिएँ र कराएँ

मान्छेको मन

मान्छेको मन
नियम र विधिले कहाँ बाँधिन्छ र ?
पातपातै हाँगाहाँगै निस्फिक्री भएर
रनबन चाहार्दै डुलिहिँड्छ ।
संसारको कुनाकुना अनुभुत गराइदिन्छ
देखे सुने जति सबै सबैको
मान्छेलाई धकेलिदिन्छ त्यतैतिर
जहाँ मन परेको हुन्छ, मनले इशारा गरेको हुन्छ ।

स्पेस

म कहिलेकाहीँ सोच्ने गर्दछु
यदि, यो पृथ्वीमा मान्छेभन्दा पनि धेरै
बस्तुहरू हुने भने यी मान्छेहरू
कहाँ जान्थे होला?

र यो आकाश धेरै नै तल खस्नु भने
सास फेर्न कति गाह्रो हुन्थ्यो होला?

सञ्जीवनी बुटी

आज म बिहे गर्दै छु
हो, आज म भित्र्याउँदै छु जीवनसङ्गिनी
एउटी हैन, एकै पटक, एउटै लगनमा
तीन, तीनवटी बेहुलीहरू
जग्गेमा मेरा वरिपरि हुन्छन् उनीहरू
सरस्वती, लक्ष्मी र दुर्गा

BharatKumarSaud

अल्पजूनी

किर्नाहरुको कुनै विचार हुँदैन
किर्नाहरुको कुनै सिद्धान्त हुँदैन
बूढो गोरुको टाङमुनि टासिएर
घिन लाग्दो झुण्ड बनाउनुबाहेक
किर्नाहरुको कुनै आदर्श हुँदैन

किर्नाहरू आफैँ उफ्रन सक्दैनन्
उनीहरू आर्फैँ बाटो पहिल्याउन सक्दैनन्
आफ्नै आँखा हुँदैनन् किर्नाहरुका

मेरो देश

हिमालको सुशोभना, छ अन्त खै कहिँ कतै
पहाडको तारुण्यता छ विश्वमा कहिं कतै
अर्पूव छ स्वदेश यो जहाँ तहाँ जता ततै
तिमी मभित्र नै यतै लुकेकोछौ जहाँ जतैं ।। १।।

जन परिश्रमी सदा छ उर्वरा मधेशको
र मोहनी, छटा, मनै हुरुक्क विश्वकाे
सबै पवित्र सन्तति यो देशका सबै मणिऽ
उठौं जुरुक्क भै सबै विकासको छ यो घडिऽ ।।२।।

मैले पिएको बेला

जति मदिरा पिउँदै जान्छु
उति नै पेटभित्रका कुराहरू
एक एक गरेर बाहिर निस्कन थाल्छन्,
ती मध्ये केही राम्रा हुन्छन्,
केही नराम्रा पनि हुन्छन्,
ती मध्ये केही रमाइलो,
केही विरक्तलाग्दो हुन्छन्,