Skip to content

कविता

नूतन वर्षको प्रतीक्षामा

एउटै हाम्रो संसार जस्तो नापोको कागज,
वर्षीय पात्रो फाटियो हाम्रो समय घर्कियो ।
महिना पनि वर्षको जस्तो वितेको हा ! क्षण,
एघार पन्ना धुजाका धुजा मक्किई च्यातियो ।

बोकेको भारी बोझीलो ज्यादै कुप्रियो शरीर,
पात्रोमा हेर्दा पन्ना नि छैन मौलायो कोरोना ।
माछाको कीरा टल्केको हेर जाली छ बाह्रको,
आशाको नयाँ लिएर पन्ना बैशाख आउँला ।

कोरोनाको डरले (बालकविता)

घरै बस्यो सानो भाइ
घरमै बसे ठुला दाइ
बाआमाको करले
कोरोनाको डरले

बाहिर गई आउँदा
हातमा मैलो लाउँदा
स्यानिटाइजर मागे है
आफ्नो ख्याल राखे है !

श्रीमती ओभर-स्मार्ट हुँदैछिन्

रंग उप्किसकेको थोत्रो मोबाइलमै
भर परेको देखेर
तिनको जन्म दिवसमा पोहोर साल
एउटा ठुलो स्मार्ट फोन किनेर
उपहार स्वरुप दिएको थिएँ,
त्यही मोबाइलमा हिजोआज उनी
धेरै व्यस्त देखिन्छिन्,
किनभने उनी धेरै स्मार्ट हुँदैछिन्।

अन्तिम युद्ध

अन्तिम युद्ध

आमा तिमीले जन्माएका कुपुत्रहरुसंग
फेरी अर्को यूद्द लड्न मन छ
आफ्नै आमालाई सारेआम बलत्कार गरेर
दिउसै रात पार्न खोज्ने बुख्यांचाहरुलाई
उत्तर र दक्षिण दिशा फर्काएर
तिम्रै पवित्र मन्त्रहरू पाठ गर्दै
चण्डी रणचण्डि र उग्रचण्डी जगाएर
खुलेयाम शिरोच्छेदन गर्न मन छ
तिम्रा कहिल्यै नझुक्ने स्निग्ध सफा सेता
हिमालका ती टाकुराहरूलाई निहुराउनेहरूसित
माॅ कस्सम बीर अमरशिह, भिमसेन थापा र
बलभद्र कुँवरको कसम खाएर
काली, महाकाली र भद्रकालीको मन्त्र जप्दै
टुडिखेलमा झुण्याएर मार्न मन छ
पुर्खाले आफ्नो रगत र पसिना बगाएर

कोरोना आतंक

त्यो घनघोर बिश्मयकारी बनेर आयो
आशाध्यै प्रलय तर अदृश्य भएर आयो
जल,थल,आकाश मार्ग हुँदै
पृथ्वीको चारै दिशा घेरेर आयो
मानव अश्तित्वलाइनै मेटाउन
उत्पात हुण्डरी बनेर आयो

20200406_083950

कोरोना कहर

करोना कहर (१)

आधा लाखको हाराहारी मान्छे मारिसक्यो ।
कोरोनाले विश्वभरि सङ्कट पारिसक्यो ।।
नियन्त्रणका प्रयासहरू नभएका हैनन् ।
अझै पनि मानिसहरू ढुक्क भने छैनन् ।।

लकडाउन छ थुप्रै देशमा बढिरह्यो त्रास ।
गरिब दु: खी मानिसले कसको गर्नू आश ?
थुप्रै देशलाई ऋणको भारी बोकाएको किन ?
हजारौं जन खाइसक्दा नि भोकाएको किन ??

भ्याक्सिन बनाई यसलाई तह लगाउन पाए ।
रमाउथ्यो मन छिट्टै यसलाई भगाउन पाए ।।
कोरोनाको कहरबाट मुक्ति देऊ प्रभू ।
त्यसलाई नष्ट गर्न सही जुक्ति देऊ प्रभू ।।

लकडाउन

देशमा लकडाउन लागिरहेछ।
ज्यान जोगाउनको लागि
आज म एउटा बन्द कोठालाई आफ्नो संसार मानिरहेछु।
घरपरिवारको सम्झना मात्र यो
हात्केलामा भएको मोबाइलले पूरा गरिदिएको छ।
मामको लागि कामको खाचो पर्ने यो शहरमा
काम नहुदा पेटले पनि माम नखोजिदिए हुन्थ्यो जस्तो लाग्छ।

शहर शान्त छ आमा ,बिल्कुलै गाउँ जस्तै
तर यो मनमा अशान्तिको दियो बलिरहेकोछ।
पैसाले सबथोक किन्न नसकिने भएपनी
आज मलाई अलिकति मानवता किन्न मन छ।
तर आमा मेरो आवाज त भाडा,नगद,गरिब सुन्दैमा मथ्थर
हुन्छ ।
सकभर नहिड्नु
बाहिर हिड्दा माक्स लगाउनु भन्छन्,
तर के गर्नु!
एक किलो चामल बराबरको पैसा दुईदिन माक्स लगाउदा जाने रैछ ।
कपडाको मास्क बाडेका थिए धन्न त्यो पाएको छु।
यताको चिन्ता धेरै नगर दुखम सुखम पालिने कोशिस गर्नेछु।

साँझ बिहान
खरानिको मस्को लगाउन कसौंडी समातेकि मेरो आमाले
फोनमा
बाबु ग्यास छ छैन?
सरकारले आधी सिलिन्डर ग्यास बितरण गर्छ रे बेलैमा बुझ है भन्छिन्।
आफू फुफु गर्दै आगो बाल्ने मेरि आमा रेडियोबाट भनेका खबरको ख्याल गर्छिन ।
बारीमा साग उम्रेकाछन , कान्लाको सिप्लिगान पलाएको छ।
गुन्द्रुक र ढिडो खाएर भएपनी यताको जीवन त कट्छ बाबु तलाई पो गारो हुने भो भन्छिन् ।
बिहान अनि साझको गाँस भन्दा उनलाई मेरो चिन्ता छ।
बुबाले; पिर नगर जानेबुझेको छ ,आफ्नो ख्याल गर्छ भनी आमालाई सम्झाउनु हुन्छ छेउबाट।
मोबाइलमा पैसा हाल्ने कार्ड पाइएको छैन।
ल राखे है!
फोन गर्दै गरेस।
आफ्नो ख्याल गर्नु है भनी हर बिहान अनि साझ भन्ने गर्छिन।

साइँलोले पनि फोन गरेको थियो ।
यहाँ हरकोहि क्वारेन्टाइन भन्छन्,
आफ्नो देश फर्किने भन्छन् ।
मलिन अनुहारको जमातमा
आमा! तिम्रो छोरो जस्तै यहाँ सयौ आमाका छोराहरु
मातृभुमी आइ क्वारेन्टाइनमा बस्न पाए ,
टाइममा खाना खान त पाइदो हो भन्दै आफुले तिरेको रेमिटेन्सको कुरा गर्छन् ।
देश सम्झिन्छन गाउँठाँउ अनि बाध्यता
चाहाना देश फर्कने नै छ तर
अब आशामात्र बाकी छ भन्दै थियो।
कान्छो बोर्डर पारीबाट “बाध्यता थियो नि यहाँ आउने
तर अब गाउँमा जाने एउटा रहर बुन्दापनि
आउने बाटो पाइएको छैन।
पारी पट्टी देखिएको गाउँलाई हेरेर मन भारी हुन्छ ।
आफ्नो देशको दशगजालाई नियालिरहेकोछु ।
गाउँमा आए त ठेट्ना मकै खाएर भएपनी गुजारा चलाइन्थ्यो।
यहाँ चाउचाउ र चिउरा पाउन पनि मुस्किल छ।
खै चेकजाँच गर्ने कुरा छ आमा गरेसी आउन देलान् नि भन्छ।

हरदिन आमाको बोली बाबु खाना खाइसबाट
आफ्नो ख्याल गर ,बाटो खुलेपछि आइज है भैरहेको हुन्छ।
समाचारसङ्गै मनमा आउने त्रासले
हरकोहिको मन त बहकाउन सक्छ
तर खै मानवताको मुल्यसुची बन्छ बन्दैन ।
पिँजडामा थुनिएको छ मानवजाती ,
हर मठ,मन्दिर,मस्जिद ,चर्च अनि गुम्बाहरु आज शान्त छ ।
तर मनको अशान्ति
हिजो बित्यो आज सकिन लाग्यो साँझको सुर्यास्त र भोलिको सुर्योदयसंगै त्यो भिडभाड सडकको दायाँबायाँ ठक्कर खाई
हिड्ने बाताबरण चाडै आउनेछ।
कलंकीबाट ओरालो लागेको बसमा झ्यालबाट पुष्टकारिको मोलमोलाइ गरि अनगिन्ती यादहरुको भारी,
र खुसी बोकि अवस्य आउनेछु आमा!

(* तिमि शब्दको प्रयोग भावना र आशयसङ्ग जोडिएको )

*स्वस्थ रहौँ, सुरक्षित रहौँ र सजग बनौँ।

GaneshSharma

चाहिँदैन मलाई

बघिनीको सिकारमा रमाउने हुइयाँहरू
रगत चुसेर बाँच्ने जुकाहरू
जो गर्दैनन् आफै शिकार
र बुझ्दैनन् श्रमको मूल्य
संवेदनामा विवेक गुमाउनेहरू
हुँदैनन् कहिल्यै मानवताका पुजारी
तिमी जतिसुकै उदार या एकलव्य बन

मन बदलिन्छ कि त

प्रिय ! एक अञ्जान…
बन्द कोठाको एकान्तबाट,
तिम्रो गहिरो यादको- ताजगी
यथार्थले-सतारहेको बेला !
कति गर्छौ माया थाहा छैन ?
चैत्रको घामले पोलिरहेको बेला ?
महामारीले मरिन्छ कि भन्ने चिन्ता ?

क‍ोरोनाको उपचार

को-हो त्यो शक्ति अदृष्य, विश्व थर्काउने लुकी।
रो- क्ने छ दीर्घ स्वासैले, प्राणायाम गरौँ बसी ।

ना- गरिक सवै हामी, एकान्त वासमा बसी ।
को- श पंच सदा राखौँ, सकृय योग नै गरी ।

कोरोनाले जलिरहेको आत्मा

मानव सभ्यता,
बेकसुरमै जिउँदो लास भई ढलिरहेछ
कैयौं पटक अज्ञानताले आत्मा जलिरहेछ
भैपरी आएको यात अकाल
कसरी भनुँ म,
अञ्जानमा निम्त्याएका हाहाकार
अन्य रोगभन्दा पनि फरक महामार
अहँ, यो कसैलाई थाहा छैन ।

कोरोना, करप्सन र किसान-मजदुर

रातारात भ्रष्टचार गरेर
कुनै नेता
सञ्चारमा माध्यममा हिट भएदेखि,
र ब्यापारी
कालो बजारि गरेर रङ्गिन भएपछि
कोरोना भाइरस आएदेखि,
अनि करप्सन र भ्रष्टाचारी भाइरस मौलाएदेखि
र यो सिङ्गो देश लकडाउन सर्टेज भएर,
ज्यालदरको प्याकेज हराएदेखि

कोरोना कहर

हे ! श्रेष्ठ जीव मानव तिमी चुक्यौ कि चुकिनौ
मृत्युको डङ्क बजेको हेर चाख्यौ कि चाखिनौ
तिम्रो त्यो दर्द कत्तिको हुन्छ मलाई थाहा छ
मेरो त्यो पीडा जत्ति नै भए तिमीले बुझिनौ

फुलले भन्थे नटिप अब मलाई दुख्दछ
बोटले पनि त्यसैनै भन्थे भोअब नकाट
देवको नाम लिएर तिमी आतङ्क फैलायौ
बलि र भोग भनेर तिमी सुगन्ध मनायौ

सुश्री कोरोना

सुश्री कोरोना!
तिम्रो नाम जति सुन्दर छ
काम त्यति नै कुरुप रहेछ
तिम्रो आकार जति सूक्ष्म छ
बिनाश त्यति नै विशाल रहेछ
तिमी समरकी कप्टी रिपु रहिछौ
अदृश्य बनी दुरबाट तीर ताक्ने

चिकित्सकहरुको युद्ध

हेर्छु शरीरबाट बगेको खलखल पसिना उनको
हेर्छु मनबाट बगेको लगनशीलताको धारा उनको
हेर्छु धड्कनबाट बगेको धैर्यको सागर उनको
हेर्छु सबलाई जीवनदान दिएर आएको मुस्कान उनको

आत्मगौरव – ७

अर्काको धनमा र चेलीतिर नै आँखा सधैं लाउनु
अर्काकै गुन गाउँदै दिनदिनै आराम फर्माउनु
झुप्रो यो चुहिएर झन् ढलिरहोस् व्यर्थै कता छाउनु
त्यस्ताले घर सम्झिएर अहिले फर्केर के आउनु ?।।१२।।

ताक्छन् बाबु मुढो कुपुत्र किन हो घूँडो सधैं ताक्तछ
आमाको पसिना चुहेर घरमा थोरै ढिँडो पाक्तछ
धेरै काम गरी उता तिर भने जूठो पुरो चाख्तछ
केही काम बिनै यता तिर भने आलस्यले थाक्तछ ।।१३।।

र फेरि सुन्दर संसार बसाउनु छ

बिहानी झिसमिसेमै मलाई व्यूताउने
मेरो अलाराम !
आजकल छूट्टीमा छ ।
बुढा ऊठ्नु दूकानमा ग्राहक आइसके भन्दै
एका बिहानै कचकच गर्ने ऊनको मुख बन्द भा’छ ।
स्कुल बन्द छन्
सानी छोरीका तनावहरू चूपचाप छन् ।