Skip to content

कति मान्छे बाँच्छन् यहाँ

  • by


कति मान्छे बाँच्छन् यहाँ आफूभित्र मरीमरी
तिनै मान्छे किन यहाँ बुद्ध बन्छन् घरिघरि

चढ्न भन्छन्. मान्छे भेट्न भीरैभीर मनको डाँडा
मलम भन्दै राखेका छन्. मनकै छेउमा काँडैकाँडा,
छ्याप्छन् हिलो अरूतिर नयाँ ठाउँ सरीसरी
तिनै मान्छे फेरि यहाँ बुद्ध बन्छन् घरिघरि ।

सारा गल्ती छिपाएर झूटो व्रत बस्नेसित
केको इमान बच्न सक्ला मनकै छुरा धस्नेसित,
भन्छन् घुमाऊँ सबैलाई आˆनै स्वार्थ वरिपरि
तिनै मान्छे फेरि यहाँ बुद्ध बन्छन्. घरिघरि ।

-मरन्ठाना-८, प्यूठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *