पर्खी ! एकछिन् कता डोर्याउँछस् कलम
अनि मेरा भावना र कल्पना प्रष्टसँग
छताछुल्ल,पर्दाफास गर्न अविरल दौडिरहेको
लक्ष्य बिहीन यात्रा कहाँ टुङ्गाउने हो ।
म आफै अन्योल छु ।
जन्मेर हुर्की बडेको ठाउँ छाडेर जाँदैछु
मनमा केबल सबैको माया बाडेर जाँदैछु
सकिन झेल्न दु:खको भारी बसेर गाउँमा
त्यसैले कम्मर कसेर हिँड्ने बिरानु ठाउँमा
देऊ बिदा आमा लगाई टिका हँसिलो मुखले
फर्केर आई राख्नेछु सदा तिमीलाई सुखले
नदुखाऊ मन यस्तै नै रैछ गारिबी चोला यो
सुक्लानी हेरौ बुझाऊ मन दु:खको खोल यो
म हरेक बिहान उही शब्दको खोजीमा
प्रत्येक झुपडी चहारी रहेको छु,
सोध्न खोज्छु एक बुदी आमा आँसुको
समुद्र थुन्दै भन्छिन्,
खोज तिमी मेरो अन्तिम चितासम्म पनि पर्खिरहने छु ;
मेरा पाईला थाकिसकेका छन्
आफू उक्लेपछि भरेंग भाच्नेहरू
तल झर्ने कुराले तर्सन्छन र झन उक्लन खोज्छ
उक्लेपछि त झर्नुपर्छ तर बिर्सन खोज्छ
यो बिर्साईको पीडा सद्धाम र गद्दाफिको हुन् सक्छ
श्यालहरू कराउँछ एकहरो
एकतमासले हिड्छ समय नपर्खी
अफशोच म पुतली हुन्थे
फुरफुर फुरफुर यता उता उडथेँ
जँहा मन लाग्यो, जता चाह्यो
निर्धक्क त्यहीँ पुग्थे
अफशोच म पुतली हुन्थे
कमसेकम यो भागदौडको दुनियाबाट कतै
स्वतन्त्रताको अनुभूति गर्न त पाउथे
अफशोच म पुतली हुन्थे