माया गरे तिमीलाई,पाउछु मैले भनेर !
शुन्य भयो आज हात, न त पाए साथ् !!
बिश्वास गरे तिमीलाई पाउछु मैले भनेर !
पिडित भयो आज म गरयो तिमीले घात !!
दुईटा मुटु एउटा भयो, पाउछु मैले भनेर !
देउरालीलाई साक्षी राखी, सम्झी रहन्छु अन्तिम सास !!
सुम्पे मैले तिमीलाई, पाउछु मैले भनेर !
बाचा कसम तोडी गयो, मलाई छैन आस !!
तिम्रो लागि कति रोए,पाउछु मैले भनेर !
सफलता होस् तिम्रो जीवन, गर्दै जानु सामना !!
थाकी सके आज म, पाउछु मैले भनेर !
के नै दिना सक्छु मैले,मात्र तिमीलाई सुभ – कामना !!
चन्द्र ब.गुरुङ
दाउन्ने देवी – २ सूर्यानगर, नवलपरसी
हाल – मनाई कर्पोरेशन, दोहा – कतार
k6_chandra@yahoo.com.au
