सासै फेर्न गार्हो भयो चारैतिर जहर छ
फेरि पनि बाचेको छु यही ठुलो खबर छ
मन बाट हटायौ बस्तीदेखि खेद्दै छौ रे
चाहे जति गरे हुन्छ तिम्रै सिंगो शहर छ
तिमी त खुशी छौ रे महलमा रमाउँदा
मेरो त आशुमा डुबेको हर प्रहर छ
नचाहेरै उस्को मन दु:खाए भन्यौ रे
मन भन्नु पहिरो खसी पुरिएको डहर छ
सपनाहरू पारी छन म चै यता वारी
तर्नलाई पुल छैन बिच म एउटा नहर छ
सासै फेर्न गार्हो भो चारैतिर जहर छ
फेरि पनि बाँचेको छु यही ठुलो खबर छ!!
