Skip to content

गद्य कविता

आवर्तित समय बिम्बहरु

शुष्क मनका धाँजाहरूमा
भरिइरहेछन् –
आवर्तित समय विम्वहरू ।
अतीतका
कुइनेटाहरूमा अलपत्र
स्मृतिपटको सग्लो अक्षर
जिन्दगी उपहास लेखिरहेछ ।

उज्यालो साहित्यलाई समर्थन गरौं

जीवनमा अँध्यारा पक्षहरू हुन्छन्
उज्याला पक्षहरू हुन्छन्
रातमा उज्यालोको आवश्यकता पर्दछ
अँध्यारोमा उज्यालोको आवश्यकता पर्दछ
साहित्यले त्यो बत्ती बाल्न सक्नु पर्दछ

वर्गमित्रको पक्षमा

हो तिनै हुन् वर्गमित्र
हो तिनै हुन् असल मित्र
रगतलाई पसिना बनाएर छाक टार्नेहरू
फाटेको टालेको कमसल लुगा लगाउनेहरू
हिलो र माटोसँग नाता गाँस्नेहरू
कठोर परिश्रममा पनि हाँस्नेहरू

क्यान्भासभित्र मेरो देश

चरीको व्यथाको तानसँगै
उषाको लालीमा
समय शित भएर तप्केपछि
स्वर्णिम बिहानी घामका पर्दाहरू उघारेर
सगरमाथाको टुप्पोबाट
कलाकारको
कलारुपी क्यान्भास
म र मेरो देश

महाकवि विरुद्ध उभिँदा

  • by

(१)

कविजी !
सुन्दर, शान्त, विशाल
त्यत्तिखेरको तिमो आँखाको नेपाल
र, आज छटपटाइरहेको
हाम्रो आँखाको वास्तविक नेपाल
तुलना गर्ने हिम्मत गर्दै छु,
कविजीका विरुद्ध उभिँदै छु ।

आज फेरि देश दुख्छ

देश दुखेको बेला
अलिकति खुसी समेट्न खोजिदै गर्दा
मेची भक्कानिएर डाको छाड्दै रुदोछ
महाकालीको पीरहरू हृदयभित्र उकुस मुकुस हुन्छ
कसले रोपिदियो सन्तानको गिदीमा
जात र धर्मको निको नहुने घाउ

मेरो बारेमा नसोची

मेरो बारेमा नसोची एक पल्ट फेरि सोची हेर न
मनमा भएका प्रश्न एक पल्ट फेरि खोजी हेर न

म त छदै छु तिम्रो छेउ
तिम्रो सपनाको राजकुमारमा बाहेक
अरु कोही पनि रोजी हेर न

नसुनिएका धुनहरू

चाहेका खुसीहरू सस्तो हुदैन
त्यो विस्वासका इट्टाहरू पोलेर
जोडिएको घर जस्तै हो जहाँ
रहरहरू बग्रेल्ती डंगुर लाग्छन
प्रत्यक पटक हार्दै अनि बल्ल जीतको स्वाद
मुटुसम्म पुग्छ र भन्छ खुसी आयो ?

प्रेमबाट जन्मन्छ सबथोक !

प्रतिकूल परिस्थितिमा
हिम्मत सहास र वीरता,
हारहरूमा प्रेरणा र आशा,
मान्छेको मनमा मान्छेकै निम्ति आत्मीयता,
यी सुरुवात कहीँबाट हुन्छ भने ?
म त भन्छु,
प्रेमबाट जन्मन्छ सबथोक !

मर्यादाका लक्ष्मणरेखा

कोरिदिन्छ लक्ष्मन रेखा मान्छेहरू कोर्नलाई
गजधम्म पल्टन्छ र निदाएको स्वाँग रच्छन
किनकि उस्ले नै तोड्नुछ कोरिएका सीमा
मर्यादाका पर्खाल ढाल्नेहरू रेखा हेर्दैन
अतिक्रमणका फसलहरूमा मलजल गरे भो
असभ्य भन्नेहरू संग स्वच्छन्दताको ससभ्यता छदैछ

पराजित प्रेमी!

जुधाई नजर पिलायौ अधर
भरोसा गरे मिलायौ जहर
जवानी तिम्रो अन्धो छ संसार
सजिलै गुलाम बनायौ शहर

डराउनु सट्टा म हासे किन
पत्थर कै अघी उठायौ पत्थर
बलुवा सही साथीत्व छाड्यौ
गुनासो छैन गरायौ बगर

बिझेको काँडा झिक्दैथे म त
दुनियाँ भन्छन झुकाए नजर
जुधाई नजर पिलायौ अधर
भरोसा गरे मिलायौ जहर